लापरबाहीले निम्त्यायो दुर्घटना, पोखरीमै गयो दुई बालकको ज्यान
धनकुटा । श्रीमानले साथ छोडेपनि आफुले दुःख गरेर हुर्काएको एक्लो छोरा १४ औं बर्ष प्रवेश गरेको दिन शनिवार धनकुटाकी रुपकला राई निकै उत्साहित थिइन् । तर, उनको त्यो उत्साह लामो समय टिकेन । साथीहरूसँग आफ्नो जन्मदिन मनाउँन गएका छोरा उदय घर फर्किएनन् । जन्म दिनमै उनी कहिल्यै नफर्किने गरी बिदा भए ।
उदयसँगै उनका साथी स्वर्णिम राईले पनि ज्यान गुमाए । धनकुटा नगरपालिका–६ स्थित पात्लेखोला नजिक निर्माण गरिएको ...































