संगालोखबर

विराटनगर । मलेसियाको थुनुवा केन्द्र (डिपोर्टटेशन सेन्टर) मा राखिएका नेपाली श्रमिकमाथि शोषण बढेको एक अध्ययन प्रतिवेदनले औंल्याएको छ । हालै गरिएको एक अध्ययनपछि जारी प्रतिवेदनले शोषण बढेको देखाएको हो ।

Advertisement

प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी) र सेन्टर फर दी स्टडी अफ लेबर एण्ड मोबिलिटी (सेस्लाम) ले गरेको अध्ययन प्रतिवेदन आइतबार सार्वजनिक गरिएको हो । प्रतिवेदनले डिपोर्टटेसन सेन्टरको अनुगमन र स्थानीय अधिकारीहरुसँग समन्वय बढाउन मलेसियास्थित नेपाली दूतावासलाई सुझाव दिएको छ ।

मलेसियाको डिपोर्टटेसन सेन्टरमा बसेर नेपाल फर्केका ७५८ जना नेपाली श्रमिकहरुको अध्ययन गरिएको ती संस्थाले जनाएका छन् । प्रतिवेदनमा नेपाली दूतावासले कारागार र थुनुवा केन्द्रमा नेपाली श्रमिकको अनुगमन र नियन्त्रण गर्न स्थानीय निकायसँग समन्वय गर्नुपर्ने पनि औंल्याएको छ ।

जेल र डिपोर्टटेसन सेन्टरमा रहेका नेपालीले समयमा कानुनी प्रतिरक्षा समेत नपाएको जनाइएको छ । प्रतिवेदनमा भनिएको छ, ‘मलेसियामा नेपाली श्रमिकका लागि कानुनी चुनौतीहरू सम्बोधन गराउनको लागि वकिल राख्दा उच्च लागत लाग्ने गरेको छ । समयमा वकिल नियुक्त गर्न नसक्दा मुद्दाको सुनुवाईमा ढिलाइ हुँदा श्रमिक र उनीहरूका परिवारलाई तनाव दिन्छ ।’

मलेसियामा सबैभन्दा बढी ६१ प्रतिशत कम्पनी छाडेर हिँड्दा जेल पर्ने गरेका छन्। ८ प्रतिशत सहकर्मी वा रोजगारदातासँग झगडा र ३ प्रतिशत हत्या, चोरी, अवैध लागूऔषध सेवन र बिक्री, नक्कली मदिराको बिक्री, जुवा र अपहरण गर्ने मुद्दामा जेलमा पर्ने गरेको जनाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!