मोहन ढकाल/संगालोखबर

विराटनगर । घाम लाग्दा धुलाम्मे हुने विराटनगरको गणेशचोकदेखि केशलिया खोलासम्मको सडक अहिले हिलाम्मे छ ।

Advertisement

करिब तीन किलोमिटर सडकले दशकदेखि पूर्णता नपाउँदा स्थानीय जनजीवन नराम्ररी प्रभावित भएको छ ।


सडकमा भएका खाल्डामा पानी भरिँदा दिनहुँ दुर्घटना भइरहेका छन् भने आवत–जावत पनि नराम्ररी प्रभावित भएको छ ।

विराटनगर महानगरपालिका–४ र ५ को सिमानामा रहेको हुलाकी सडकखण्ड निर्माणले गति लिन नसक्दा स्थानीय बासिन्दा समस्यामा परिरहेका छन् ।

नाला निर्माण नगर्दा डुबानको समस्या त छँदैछ, सडकका खाल्डाले थप समस्या निम्त्याएको स्थानीय बताउँछन् ।


सडक निर्माण गर्न दबाब दिँदै विगतमा स्थानीयले सडक बन्द गर्ने तथा नेता बहिष्कार अभियान समेत चलाउँदै आएका छन् । महानगरको पश्चिमी क्षेत्रलाई विकासबाट पछि पारिएको उनीहरूको गुनासो छ ।

 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!