‘मलेसियाको थुनुवा केन्द्रमा नेपाली श्रमिकको शोषण’

‘मलेसियाको थुनुवा केन्द्रमा नेपाली श्रमिकको शोषण’

विराटनगर । मलेसियाको थुनुवा केन्द्र (डिपोर्टटेशन सेन्टर) मा राखिएका नेपाली श्रमिकमाथि शोषण बढेको एक अध्ययन प्रतिवेदनले औंल्याएको छ । हालै गरिएको एक अध्ययनपछि जारी प्रतिवेदनले शोषण बढेको देखाएको हो । प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी) र सेन्टर फर दी स्टडी अफ लेबर एण्ड मोबिलिटी (सेस्लाम) ले गरेको अध्ययन प्रतिवेदन आइतबार सार्वजनिक गरिएको हो । प्रतिवेदनले डिपोर्टटेसन सेन्टरको अनुगमन र स्थानीय अ...
कोशी प्रदेशका ४ सहित रुस-युक्रेन युद्धमा मारिने नेपालीको संख्या ३५

कोशी प्रदेशका ४ सहित रुस-युक्रेन युद्धमा मारिने नेपालीको संख्या ३५

विराटनगर । रुसी सेनामा भर्ना भएर युक्रेनसँगको युद्धमा मारिने नेपालीको संख्या ३५ पुगेको छ । पछिल्लो तथ्यांकअनुसार थप १० जनाको ज्यान गएसँगै मृत्यु हुनेको संख्या ३५ पुगेको हो । मृत्यु हुनेमा कोशी प्रदेशका चारजना छन् । धनकुटाका खगेन्द्र राइकामगर, इलामका गंगाराज मोक्तान, झापाका गंगाराज अधिकारी, र संखुवासभाका वीरबल राईले रुस–युक्रेन युद्धका क्रममा ज्यान गुमाएका हुन् । परराष्ट्र मन्त्रालयको असार १० गत...
पर्यटन ‘हब’ बन्दै धनकुटा, पूर्वाधारमा लगानी बढाउँदै प्रदेश सरकार

पर्यटन ‘हब’ बन्दै धनकुटा, पूर्वाधारमा लगानी बढाउँदै प्रदेश सरकार

धनकुटा । पूर्वको मनोरम पर्यटकीय गन्तव्य हो– धनकुटाको भेडेटार । यहाँ दैनिक पर्यटकको आवतजावत चलिरहने भएकाले दर्जनौँ होटल व्यवसाय सञ्चालन हुँदै आएका छन् । आन्तरिक तथा बाह्य पर्यटकहरूले भेडेटार दैनिकजसो भरिभराउ हुने गर्दछ । भेडेटारमा पर्यटकलाई आकर्षित गर्न वार्षिक रूपमा खाना महोत्सवको आयोजना समेत गरिँदै आइएको छ । विशेषतः यस क्षेत्रमा भारतीय पर्यटकहरू आउने क्रम बढेको छ । साँगुरीगढी गाउँपालिका–६, स्थ...
नागरिकको स्वास्थ्यसँग जोडिँदै प्रदेश सरकार

नागरिकको स्वास्थ्यसँग जोडिँदै प्रदेश सरकार

धनकुटा । धनकुटा जिल्ला अस्पतालको प्रशासनिक भवन नजिक अर्को ‘भव्य’ भवन बन्दैछ । ४० करोड खर्च गरेर बनाइदै गरेको पाँच तले भवन जिल्ला अस्पतालकै हो । कृषि ज्ञान केन्द्रको २५ रोपनी जग्गालाई जिल्ला अस्पताल मातहत ल्याएर धमाधम अस्पताल भवन निर्माण भइरहेको छ । १५ शय्याको धनकुटा जिल्ला अस्पताललाई १०० शय्यामा स्तरोन्नति गर्ने कोशी प्रदेश सरकारको योजना अनुसार अस्पताल स्तरोन्नतिको प्रकृया अघि बढेको हो । झापाको...
प्रविधियुक्त बनेसँगै इलामका सरकारी विद्यालयमा विद्यार्थीको चाप

प्रविधियुक्त बनेसँगै इलामका सरकारी विद्यालयमा विद्यार्थीको चाप

इलाम । इलाम नगरपालिका–५ बिब्ल्याँटेकी चेसुुङ जवेगु सदरमुकामका नाम चलेका बोर्डिङ स्कुल छाडेर गाउँकै सरकारी स्कुलमा जान थालिन् । कक्षा ७ सम्म बिब्ल्याँटेको माउन्टमेरी स्कुलमा अध्ययन गरेकी जवेगुुलाई थप अध्ययनका लाागि थुुप्रै विद्यालयहरु विकल्पमा थिए । अहिले कक्षा ९ मा अध्ययनरत उनी गाउँको अमर कल्याण मावि रोज्नुको मुख्य कारण मान्छिन्, त्यहाँको प्रविधिमैत्री अध्ययन अध्यापन गर्ने शैली । कम्युुटर इन्जि...
भगवान इन्द्रलाई खुसी पार्न तराई क्षेत्रमा मनाइन्छ ‘जाट जटिन’

भगवान इन्द्रलाई खुसी पार्न तराई क्षेत्रमा मनाइन्छ ‘जाट जटिन’

विराटनगर । सांस्कृतिक विविधताले भरिपूर्ण नेपालमा ठाउँअनुसार आ–आफ्नै संस्कृति छन् । त्यही मध्येको एउटा संस्कृति हो ‘जाट जटिन’ लोक नाटक । यो तराईका जिल्ला, अझ भन्ने हो भने मिथिला क्षेत्रका समुदायले मनाउने विशेष संस्कृतिमा पर्दछ । यसले धेरै कुराहरूलाई जोडेको पाइन्छ । इन्द्र भगवानलाई खुसी पार्न मनाइने सांस्कृतिक कार्यक्रमका रूपमा ‘जाट जटिन’ चर्चित छ । परम्पराकालदेखि चल्दै आएको यो संस्कृति पछिल्लो स...
कार्गो रेल सेवाले निरन्तरता नपाउँदा औद्योगिक क्षेत्रले फाइदा लिन सकेन

कार्गो रेल सेवाले निरन्तरता नपाउँदा औद्योगिक क्षेत्रले फाइदा लिन सकेन

विराटनगर । मोरङको बुधनगरस्थित एकीकृत भन्सार जाँच चौकीमा भारतबाट आउने कार्गो रेल नियमित हुन सकेको छैन । गत वर्ष जेठ १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीले उद्घाटन गरेका बेला भारतको बथनाहादेखि कच्चापदार्थ बोकेर रेल आएको थियो । त्यसयता भने कार्गो रेलले निरन्तरता पाउन सकेको छैन । भारतको कोलकाता बन्दरगाहबाट आउने चार प्रकारको सामान मात्र कार्गो रेलबाट ल्याउन अनुमति भएकाल...
छैन महानगरमा सार्वजनिक शौचालयः ‘शौचले च्यापिहाले होटल पस्नुपर्छ’

छैन महानगरमा सार्वजनिक शौचालयः ‘शौचले च्यापिहाले होटल पस्नुपर्छ’

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले स्थानीय तह निर्वाचनताका घोषणापत्रमा अन्य विषयजस्तै सार्वजनिक शौचालयलाई पनि प्राथमिकता दिएका थिए । अन्य समस्या जस्तै विराटनगरको मुख्य समस्या सार्वजनिक शौचालय पनि हो । त्यसैले प्राथमिकता दिनैपर्ने थियो । तर घोषणापत्रमा मात्रै सीमित बनेको प्राथमिकताले व्यावहारिक रुपमा आकार लिन सकेको छैन । महानगरबासीले नयाँ सार्वजनिक शौचालय देख्न पाएका छैनन् । ...
विराटनगरको गणेशचोक–केशलिया सडकले दिएको सास्ती (फोटो फिचर)

विराटनगरको गणेशचोक–केशलिया सडकले दिएको सास्ती (फोटो फिचर)

विराटनगर । घाम लाग्दा धुलाम्मे हुने विराटनगरको गणेशचोकदेखि केशलिया खोलासम्मको सडक अहिले हिलाम्मे छ । करिब तीन किलोमिटर सडकले दशकदेखि पूर्णता नपाउँदा स्थानीय जनजीवन नराम्ररी प्रभावित भएको छ । सडकमा भएका खाल्डामा पानी भरिँदा दिनहुँ दुर्घटना भइरहेका छन् भने आवत–जावत पनि नराम्ररी प्रभावित भएको छ । विराटनगर महानगरपालिका–४ र ५ को सिमानामा रहेको हुलाकी सडकखण्ड निर्माणले गति लिन नसक्दा स्थानीय बासि...
जेठ महिनामा ७२ हजारभन्दा बढी नेपाली रोजगारी खोज्दै विदेशिए

जेठ महिनामा ७२ हजारभन्दा बढी नेपाली रोजगारी खोज्दै विदेशिए

विराटनगर । यो वर्षको जेठ महिनामा ७२ हजारभन्दा बढी नेपाली रोजगारी र अवसरको खोजीमा विदेश गएका छन् । चालु आर्थिक वर्षका अरु महिनामा भन्दा यो संख्या बढी हो । वैदेशिक रोजगार विभागका अनुसार जेठमा ७२ हजार ८ सय ६१ जना वैदेशिक रोजगारीमा गएका हुन् । चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म वैदेशिक रोजगारीमा जानेको संख्या ६ लाख ८२ हजार ३ सय ८६ छ । गत साउनमा ५५ हजार ५ सय ७५, भदौमा ५० हजार ८ सय ८४, असोजमा ५६ हज...
विराटनगरको उत्तरी स्वागतद्वार डिजाइनमै सीमित

विराटनगरको उत्तरी स्वागतद्वार डिजाइनमै सीमित

विराटनगर । विराटनगर महानगरपालिकाले महानगर प्रवेश गर्ने उत्तरी क्षेत्रमा बनाउने भनिएको स्वागतद्वारको डिजाइन सार्वजनिक गरेको लामो समय भइसकेको छ । अहिलेसम्म यसको निर्माण कार्य अघि बढ्न भने सकेको छैन । ६ लेन सडक बिस्तार भएसँगै अहिले भएको स्वागतद्वार साँघुरो भएपछि नयाँ बनाउने जनाइएको थियो । बाटो फराकिलो भएपनि स्वागतद्वार साँघुरो हुँदा दुर्घटनाको जोखिम पनि छ । महागनरपालिकाले २०७७ पुसमा स्वागतद्वारको ...
तनाव खप्न नसकेर मृत्यु रोजेका धनकुटाका शिक्षक खड्काको परिवार न्याय खोज्दै

तनाव खप्न नसकेर मृत्यु रोजेका धनकुटाका शिक्षक खड्काको परिवार न्याय खोज्दै

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–८ नेता चोकका डिल्लीराम खड्का गत जेठ २२ गते मृत अवस्थामा फेला परे । जनता माध्यमिक विद्यालय निगालेमा शिक्षक रहेका उनी रुखमा झुण्डिएको अवस्थामा फेला परेका थिए । तनावमा रहेको थाहा पाए पनि परिवारले तत्काल उनले त्यसो गर्नुको मुख्य कारण थाहा पाएन । पछि उनको पर्समा फेला परेको ‘सुसाइड नोट’ र डायरीमा लेखिएको विवरणले गाउँकै एकजना व्यक्तिबाट लगातार प्रताडित हुनु परेपछ...
विराटनगरको फोहोर व्यवस्थापनमा अझै चुनौती

विराटनगरको फोहोर व्यवस्थापनमा अझै चुनौती

विराटनगर । सफा सडक अनि सडक पेटी । फोहोरको कुनै नाम निसान छैन । यस्तो सफा अनि स्वच्छ सहर कहाँको हो ? सोच्नुहोस् त । ‘यो पक्कै पनि विराटनगर महानगरपालिकाको हो’ भन्ने दिन कहिले आउने होला ? महानगरपालिका, महानगरबासी र फोहोर व्यवस्थापन गर्दै आएका संस्थाहरूले सक्रिय भएर आ–आफ्नो कर्तव्य पूरा गर्ने हो भने पक्कै पनि यस्तो अवस्था आउन धेरै समय लाग्दैन । अहिलेको अवस्था नियाल्दा आफ्नो कर्तव्य पालना गर्न सबै ...
विराटनगरको अव्यवस्थित डम्पिङ साइटः दुर्गन्धले निसास्सिन्छन् स्थानीय

विराटनगरको अव्यवस्थित डम्पिङ साइटः दुर्गन्धले निसास्सिन्छन् स्थानीय

विराटनगर । अचाक्ली गर्मी, सडकमा उड्ने धुलो अनि ‘डम्पिङ साइट’ बाट फैलिने दुर्गन्धले बृहस्पति शर्माको दैनिकीमा नराम्ररी असर पारेको छ । उनले वर्षौँदेखि यही समस्या खेप्दै आएका छन् । मौसम फेरिन्छ, सडकमा उड्ने धुलो कम होला तर अव्यवस्थित डम्पिङ साइटले निम्त्याएको समस्या बाह्रैमास उस्तै हुने गरेको उनी सुनाउँछन् । यो समस्या विराटनगर महानगरपालिकाको हो । विराटनगर कोशी प्रदेशको एकमात्र महानगरपालिका हो । त्...
मोरङको ग्रामथानमा ऐलानी जग्गामा निर्देशनविपरीत सामुदायिक भवनको शिलान्यास

मोरङको ग्रामथानमा ऐलानी जग्गामा निर्देशनविपरीत सामुदायिक भवनको शिलान्यास

विराटनगर । मोरङको ग्रामथान–४ स्थित महेन्द्र माध्यमिक विद्यालयद्वारा संरक्षित ऐलानी जग्गामा सामुदायिक भवन निर्माण गर्ने विषय विवादमा परेको छ । कोशी प्रदेशसभा सदस्य ललिता चौधरीले गत आइतबार शिलान्यास गरेको सामुदायिक भवन निर्माण विवादमा परेको हो । वर्षैंदेखि विद्यालयले संरक्षण गरिरहेको ऐलानी जग्गामा वडा कार्यालय आफैँले भवन निर्माणको तयारी गरेपछि विवाद उत्पन्न भएको हो । विद्यालयले भवन निमाँणको तयारी...
यी सावधानी अपनाए चट्याङबाट हुने क्षति कम गर्न सकिन्छ

यी सावधानी अपनाए चट्याङबाट हुने क्षति कम गर्न सकिन्छ

विराटनगर । वर्षायाम सुरु हुँदैछ । मनसुनको मुख्य अवधि सुरु हुनुभन्दा पहिले हाल ‘प्रि–मनसुन’ को अवस्था छ । यस बेला विभिन्न स्थानमा वर्षा भइरहेको छ । वर्षासँगै हावाहुरी र चट्याङ पनि पर्ने गर्छ । चट्याङले हरेक वर्ष धनजनको क्षति हुने गरेको छ । निश्चित कुराहरु पालना गर्न सके चट्याङबाट हुने क्षति न्यूनीकरण गर्न सकिन्छ । यसका लागि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले सूचनामूलक सन्देश जारी गरेको छ । ...
विराटनगरको ‘नमुना सडक’ : धुलो र हिलोले स्थानीय आजित

विराटनगरको ‘नमुना सडक’ : धुलो र हिलोले स्थानीय आजित

विराटनगर । विराटनगर–४ र ५ स्थित गणेश चोकदेखि केसलिया खोलासम्मको हुलाकी सडकखण्ड बेला–बेलामा चर्चामा आउने गर्छ । सडक निर्माण कार्य सुस्त हुँदा स्थानीयले चाँडो काम सक्न दबाब दिँदै नेता बहिष्कार अभियानदेखि सवारीसाधन आवागमन ठप्प पार्दै आएका छन् । दशक अवधिमा पनि करिब ३ किलोमिटर सडकले पूर्णता पाउन सकेको छैन । जसका कारण सो क्षेत्रका बासिन्दा, व्यवसायीलगायत अनेक खाले सास्ती खेप्न बाध्य छन् । पछिल्लो सम...
डेढ दशकसम्म विराटनगरको पशु वधशाला अधुरै

डेढ दशकसम्म विराटनगरको पशु वधशाला अधुरै

विराटनगर । विराटनगर महानगरपालिकाले केही दिनअघि माछामासु पसलको अनुगमन गरेको थियो । अनुगमनका क्रममा कुहिएको मासु भेटियो । उक्त मासु अनुगमनको टोलीले जफत गरी नष्ट गर्यो । यो एउटा प्रतिनिधि घटनामात्र हो । नियमित र प्रभावकारी अनुगमन नहुँदा महानगरबासीले स्वस्थकर माछामासु बिरलै मात्र खान पाउँछन् भन्ने यो घटनाले पुष्टि गर्छ । महानगरमा मापदण्डविपरीत सञ्चालित धेरै माछामासु पसल छन् । मापदण्ड पूरा गरेर सञ्च...
हिक्मतकुमार कार्की: विद्यार्थी राजनीतिदेखि तेस्रो पटक मुख्यमन्त्रीसम्म

हिक्मतकुमार कार्की: विद्यार्थी राजनीतिदेखि तेस्रो पटक मुख्यमन्त्रीसम्म

विराटनगर । झापा क्षेत्र नम्बर ५ (क) बाट प्रदेशसभा सदस्य निर्वाचित हिक्मतकुमार कार्की कोशी प्रदेशको तेस्रो पटक मुख्यमन्त्री बन्न सफल भएका छन् । आजै प्रदेश प्रमुख पर्शुराम खापुङबाट नियुक्त उनले पद तथा गोपनीयताको शपथ ग्रहण पनि गरिसकेका छन् । यसअघि पनि दुई पटक मुख्यमन्त्री बनेका कार्कीले सत्ता राजनीतिमा देखिएको फेरबदल र दलीय गठबन्धन परिवर्तनका कारण पूरा अवधि काम गर्न भने पाएनन् । आज मुख्यमन्त्रीको...
वर्षायाम नजिकिएसँगै विराटनगरबासीलाई डुबानको चिन्ता

वर्षायाम नजिकिएसँगै विराटनगरबासीलाई डुबानको चिन्ता

विराटनगर । विराटनगर महानगरपालिकाको विभिन्न क्षेत्र हरेक वर्ष बाढी र डुबानको चपेटामा पर्छ । धेरै घरपरिवारको बिचल्ली हुन्छ । महानगरले राहत बाँड्छ, अनि ‘अर्काे वर्षबाट डुबानबाट पीडित हुननपर्ने’ भन्दै आश्वासन दिन्छ । वर्षौंदेखि यो क्रम चलिरहेको छ । महानगरले प्रत्येक वर्ष आश्वासन दिनुबाहेक बाढी तथा डुबान नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सकेको छैन । महानगरलाई पूर्व तयारीका विषयमा सोध्यो भने आउने...
कोशी प्रदेश सरकार अब के हुन्छ ?

कोशी प्रदेश सरकार अब के हुन्छ ?

विराटनगर । कोशी प्रदेश सरकार अहिलेकै कायम रहन्छ वा अर्को सरकार बन्छ भन्ने अझै यकिन छैन । सरकारको अन्योल कायमै रहँदा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुको आ–आफ्नै अडान र धारणाहरु सार्वजनिक भइरहेका छन् । प्रदेशसभाले संकल्प प्रस्तावमार्फत् मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत लिन वा राजीनामा दिन दिएको समयसीमा आज मंगलबार सकिँदैछ । मुख्यमन्त्री कार्कीले भने विश्वासको मत नलिने र राजीनामा पनि नद...
कृषकका पीडा सधैँ उस्तै, स्थानीय सरकारको पनि बेवास्ता

कृषकका पीडा सधैँ उस्तै, स्थानीय सरकारको पनि बेवास्ता

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–१ का कमलानन्द मेहता कुनै समय सरकारी नोकरी गर्थे । २०४६ सालमा नेपाल प्रहरीमा प्रवेश गरेका मेहतालाई दशकपछि भने जागिर छाडौँछाडौँ लाग्यो । प्रहरी हबल्दार भइसकेका उनले २०५९ सालमा जागिर छाड्ने निधो गरे । जागिर छाडेर के गर्ने भन्ने योजना पहिले नै बनाइसकेका थिए । त्यसकारण जागिर छाडेपछि के गर्ने भन्ने अन्योल भएन । उनले जागिर छाडेर पुर्खौली पेशा कृषिलाई निरन्त...
मोरङका पाँच पालिकाले बुझाएनन् १७ करोड विद्युत महशुल

मोरङका पाँच पालिकाले बुझाएनन् १७ करोड विद्युत महशुल

विराटनगर । विराटनगर महानगरपालिकासहित मोरङका पाँच पालिकाहरूले सडक बत्ती बाले बापतको विद्युत महशुल तिर्न आनाकानी गरिरहेका छन् । विभिन्न कारण देखाउँदै महशुल नतिर्दा नेपाल विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रले लाइन काट्न थालेको छ । विद्युत् प्राधिकरणले बारम्बार महशुल तिर्न ध्यानाकर्षण गराएपनि स्थानीय तहहरू विभिन्न कारण देखाउँदै पन्छिँदै आएका छन् । विराटनगर महानगरपालिकाले मात्रै चैत मसान्त सम...
चर्को गर्मी अनि झ्याप्प-झ्याप्प जाने बिजुली, विराटनगरका उपभोक्ता हैरान

चर्को गर्मी अनि झ्याप्प-झ्याप्प जाने बिजुली, विराटनगरका उपभोक्ता हैरान

विराटनगर । पछिल्लो समय विराटनगरमा छिनछिनमा विद्युत् कटौती हुने गरेकाले सर्वसाधारणले दुःख पाएका छन् । अचाक्ली गर्मीको समयमा पटक–पटक विद्युत् कटौती हुँदा सास्ती भोग्नु परेको छ । दिनदिनै बढ्दै गएको गर्मीले सताइरहेका बेला बिजुली आपूर्ति छिनछिनमा बन्द हुँदा निसास्सिने गरेको उपभोक्ता बताउँछन् । ‘बाहिर निस्किसक्नु छैन, घरभित्र बस्दा बिजुली नभएर पंखा चलाउन पाइँदैन’ विराटनगर–४ की कविता गुरागाईंले भनिन्,...
कहिले चढ्न पाइन्छ विराटनगरमा नगर बस ?

कहिले चढ्न पाइन्छ विराटनगरमा नगर बस ?

विराटनगर । नगर बस सञ्चालनका लागि विराटनगर महानगरपालिकाले रुट परीक्षण गरेको एक वर्षभन्दा बढी भयो । निजी क्षेत्र र लगानी बोर्डसँगको साझेदारीमा तत्काल नगर बस सञ्चालन गर्ने भन्दै निकै प्रचार भएको थियो । प्रचार गरिएअनुसार काम भने भएन । सम्भाव्यता अध्ययन नै नगरी निर्णय गरेको महानगरले प्रारम्भिक चरणमा १९ वटा नगर बस सञ्चालन गर्ने जनाएको थियो । कार्यपालिका बैठकले निर्णय गरेपछि महानगरको सडकअनुसार कति क्...
‘एक दिन कार्यक्रम गरेर मजदुरको समस्या समाधान हुँदैन’

‘एक दिन कार्यक्रम गरेर मजदुरको समस्या समाधान हुँदैन’

विराटनगर । सुनसरीको बर्जु गाउँपालिका–६ का किशोरानन्द चौधरीे ६० वर्ष पुगे । उनले दैनिक ज्याला मजदुरीको काम गर्न थालेको ४० वर्ष भयो । प्रत्येक दिन उनी विराटनगरको बरगाछी चोकमा भेटिन्छन् । आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका दिन बिहान ८ बजे सदाझैँ उनी बरगाछी चोकमै भेटिए । बिहान ७ बजे बरगाछी आइपुगेका चौधरी कोही कामको लागि लिन आउँछ भन्ने आशमा तातो घाममा कुरेर बसिरहे । ९ बजेसम्म पनि कोही नआएपछि नि...
कहिले बन्ला विराटनगरको रानी नाकामा स्वागतद्वार ?

कहिले बन्ला विराटनगरको रानी नाकामा स्वागतद्वार ?

विराटनगर । रानी नाकामा स्वागतद्वार निर्माणको काम अलपत्र अवस्थामा छ । नेपाल प्रवेश गर्ने पर्यटकलाई लक्षित गरेर निर्माण गर्न लागिएको स्वागतद्वार लामो समयदेखि अलपत्र अवस्थामा परेको हो । २०७७ जेठ २७ गते सहरी विकास तथा भवन निर्माण कार्यालयले झापाको ह्याविडेट आशिषदीप जेवीसँग २०७९ असार १४ मा स्वागतद्वार निर्माणको काम सक्नेगरी सम्झौता गरेको थियो । तर त्यसयता निर्माणले गति लिन सकेन । विवादका कारण स्वाग...
इलाम-२ उपनिर्वाचन : सर्वाधिक चर्चामा चार उम्मेद्वार, कसले मार्ला बाजी ?

इलाम-२ उपनिर्वाचन : सर्वाधिक चर्चामा चार उम्मेद्वार, कसले मार्ला बाजी ?

इलाम । वैशाख १५ गते हुने इलाम–२ प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको प्रचारप्रसार उत्कर्षमा पुगेको छ । साना–ठूला सभा, घरदैलो, कार्यकर्ता भेला जस्ता कार्यक्रमलाई तीव्र पारेका दल र स्वतन्त्र उम्मेदवारहरु मत आफ्ना पक्षमा पार्न अन्तिम कसरत गरिरहेका छन् । प्रतिनिधिसभा सदस्य बन्नका लागि विभिन्न दलका १२ र स्वतन्त्र रुपमा ७ जना गरी १९ उम्मेदवार चुनावी मैदानमा छन् । नेकपा एमालेको गढ एवं नेपाली कांग्रेसको पनि...
जारको पानीमा मरेको किरा र भातको सिता

जारको पानीमा मरेको किरा र भातको सिता

धनकुटा । धनकुटामा जारको पानीमा किरा र भातको सिता फेला परेको छ । सुनसरीको इटहरी–१० स्थित हिमधारा कम्पनीले उत्पादन गरेको उपहार नामक जारको पानीको ‘सिलप्याक’ भाँडोभित्र पखेटासहितको मरेको किरा र भातको सात वटा सिता फेला परेको हो । धनकुटाको हुलाकटोलस्थित सनोज किराना पसलबाट खरिद गरेर कर्मचारी सञ्चयकोषको सेवा केन्द्रमा लगिएको जारको पानीमा अखाद्य बस्तु फेला परेको हो । सञ्चयकोषका कर्मचारीले आइतबार चार वटा...
पूर्वी पहाडमा तराइका पेट्रोल पम्पको अवैध धन्दा

पूर्वी पहाडमा तराइका पेट्रोल पम्पको अवैध धन्दा

धनकुटा । तराई क्षेत्रका पेट्रोल पम्पहरूले धनकुटासहित पूर्वी पहाडी जिल्लामा अवैध रुपमा ट्याङ्करबाटै पेट्रोलियम पदार्थ बिक्री गर्ने गरेको पाइएको छ । नेपाल आयल निगमको पेट्रोलियम पदार्थ बिक्रेता नियमावलीको प्रावधान विपरित पम्पहरूले निर्माण आयोजनाहरूमा ‘सेटिङ्ग’ मा ट्याङ्करबाटै तेल बेच्ने गरेको पाइएको हो । उनीहरूले आयल निगमबाट नभई भारतबाट सिधै खरिद गरेर कर छली गरी पेट्रोलियम पदार्थ ल्याएर अवैध रुपमा ...
अत्यावश्यक सेवामा विराटनगरका पेट्रोल पम्प सञ्चालकको हेलचेक्र्याइँ

अत्यावश्यक सेवामा विराटनगरका पेट्रोल पम्प सञ्चालकको हेलचेक्र्याइँ

विराटनगर । पेट्रोलियम पदार्थको पैठारी, ढुवानी, भण्डारण तथा वितरण सम्बन्धी सेवालाई सरकारले अत्यावश्यक सेवामा राखेको छ । अत्यावश्यक सेवामा हड्ताल गर्नसमेत निषेध छ । तर, विराटनगर महानगर क्षेत्रका पेट्रोल पम्प सञ्चालकहरूले होलीको दिन मंगलबार अर्थपूर्ण कारण बिनानै सबै पेट्रोल पम्प एकैपटक बन्द गरेर अत्यावश्यक सेवामा हेलचेक्र्याइँ गरेका छन् । जसका कारण गाडीमा तेल हाल्न नपाउँदा सर्वसाधारणले सास्ती मात्...
error: Content is protected !!