संगालोखबर

इलाम । इलाम नगरपालिका–५ बिब्ल्याँटेकी चेसुुङ जवेगु सदरमुकामका नाम चलेका बोर्डिङ स्कुल छाडेर गाउँकै सरकारी स्कुलमा जान थालिन् । कक्षा ७ सम्म बिब्ल्याँटेको माउन्टमेरी स्कुलमा अध्ययन गरेकी जवेगुुलाई थप अध्ययनका लाागि थुुप्रै विद्यालयहरु विकल्पमा थिए । अहिले कक्षा ९ मा अध्ययनरत उनी गाउँको अमर कल्याण मावि रोज्नुको मुख्य कारण मान्छिन्, त्यहाँको प्रविधिमैत्री अध्ययन अध्यापन गर्ने शैली ।

Advertisement

कम्युुटर इन्जिनियरिङकी विद्यार्थी जवेगुु आफूूले चाहेको विषयको प्रयोगात्मक सिकार्ई अनि सबै कक्षा प्रविधियुक्त भएपछि मन तानिएको बताउँछिन् । उनका साथीहरु स्वस्तिका दुलाल र आइशा घिमिरेको पनि सरकारी विद्यालयप्रतिको आकर्षण बढ्नुका कारण उस्तै छन् । अंग्रेजी विषयको पढाई गर्ने आइशाको बुुझाईमा विषय सम्बन्धित प्रविधिमैत्री कक्षा हुने भएकाले सिकाई प्रक्रियामा सहज छ । तीन जनाले बोर्र्डिङको विकल्पमा आफ्नै गाउँको सरकारी विद्यालय रोजेका हुन् ।

उनीहरु जस्तै यो विद्यालयमा अध्ययन गर्ने धेरै विद्यार्थीको आर्कषणको केन्द्र वनेको विद्यालयको विषेशता नै प्रविधिमैत्री सिकाई प्रक्रिया हो । कक्षा नर्सरीदेखि १२ सम्म पढाई हुने यस विद्यालयमा ९ सय विद्यार्थी छन् । सरकारी विद्यालयमा विद्यार्थीको आकर्षण कम भएको अवस्थामा पनि यो विद्यालयमा क्षमताभन्दा धेरै विद्यार्थी आउने गरेका छन् ।

त्यसै पनि पहाडी जिल्लाका हरेक विद्यालयमा विद्यार्थीको संख्या पातलिँदै गएको छ । त्यसमा पनि बोर्डिङ स्कुलसँगको प्रतिस्पर्धाले सरकारी विद्यालयको अवस्था कमजोर बन्दा यो विद्यालय उदाहरणका रुपमा स्थापित हुँदै जानु यस क्षेत्रका हरेक अभिभावकका लागि खुसीको विषय बनेको छ ।

विद्यालयको उक्सँदो साखमा सघाएको हो प्रदेश सरकारमार्फत् विद्यालयलाई प्रविधिमैत्री बनाउँदै लैजाने रणनीतिले । ‘हरेक कक्षामा विषयवस्तु अनुसार कम्युुटरदेखि डिजिटल डिस्प्ले र विज्ञान प्रयोगशालाको भरपूर प्रयोग गरिएको छ,’ प्रधानाध्यापक सोमनाथ निरौलाले भने, ‘कतिपय विद्यालयमा जडान भएका यस्ता सामग्रीले काम गर्न छाडेको गुुनासो आएपनि हाम्रो विद्यालयमा अपटुडेट राखेका छौं ।’

यो विद्यालयलाई आर्थिक वर्ष २०७७–०७८ मा कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय मार्फत् १० लाख रुपैयाँको सहयोग प्राप्त भएको थियो । त्यही रकमबाट विज्ञान प्रयोगशालासहित आवश्यक आइसिटीको प्रवन्ध गरियो । विद्यालयमा स्थापित कम्युुटर ल्याबमा ४६ वटा कम्युुटर दुुरुस्त अवस्थामा राखिएका छन् ।

‘विषय अनुुसार हरेक विद्यार्थीले ल्याबको प्रयोगमा अवसर पाउँछन्,’ कम्प्यूूटर शिक्षक नवीन खतिवडाले भने । विद्यालयमा इ–एजुुकेशनमार्फत स्मार्टबोर्डको व्यवस्था गरिएको छ । यस विद्यालयमा अध्यापन गराउने सबै ५३ जना शिक्षक कम्युुटरमा दक्ष छन् । जसका कारण अध्यापन गराउन थप सहज भएको प्रधानाध्यापक निरौलाको भनाई छ ।

यसैगरी वौद्धिक अपाङ्गता भएका विद्यार्थीको पनि आवासीय कक्षाको व्यवस्था यहाँ गरिएको छ । प्रदेश सरकारको सहयोगमा भवन मर्मतदेखि उनीहरुका लागि लत्ताकपडा, फर्निचर, शौचालयको व्यवस्था र खेलकुदका लागि आवश्यक प्रवन्ध मिलाइएको विद्यालयले जनाएको छ ।

‘अझै पनि वौद्धिक अपाङ्गता भएका विद्यार्थीहरुका लागि व्यवस्थित भवनको अभाव छ,’ निरौलाले भने, ‘फरक क्षमताका विद्यार्थी भएकाले उनीहरुका गतिविधि पनि भिन्न हुुँदा व्यवस्थित र खुल्ला क्षेत्र र भवनको आवश्यकता छ ।’ पहिलेजस्तै यसका लागि पनि प्रदेश सरकारले आगामी दिनमा सहयोग गर्ने विश्वास उनले व्यक्त गरे ।

यो कक्षामा साबिक मेची अञ्चल इलाम, झापा, पाँचथर र ताप्लेजङका २५ जना विद्यार्थी अध्ययनरत छन् । सदरमुकामदेखि ६ किलोमिटर उत्तरमा रहेको यो विद्यालयमा मुख्यगरी ग्रामीण क्षेत्रका विद्यार्थीहरुको आर्कषण धेरै छ ।

यसअघि सदरमुकामका नाम चलेका विद्यालयमा विद्यार्थी लाने प्रक्रिया टुुट्दै गएको छ । उत्तरी सन्दकपुर गाउँपालिका, इलाम नगरपालिकाका केही वडा तथा अन्य क्षेत्रबाट आसपासमा डेरा लिएरै विद्यार्थी पढाउने अभिभावक टन्नै भेटिन्छन् । ‘नानीहरु पढाउनकै लागि डेरा लिएरै बसेको छुु,’ सन्दकपुर–५ जमुनाकी अभिभावक रितु गुुरुङले भनिन् ।

विद्यालयमा ९ देखि १२ कक्षासम्म मात्र ५ सय विद्यार्थी अध्ययनरत छन् । ११ र १२ मा २ सय विद्यार्थी छन् । नियमित अतिरिक्त कृयाकलापले प्रविधिमैत्री सिकाईमा व्यस्त विद्यार्थीलाई थप सहज भएको छ । चालुु आर्थिक वर्षमा पनि प्रदेश सरकारले विद्यालयलाई २ लाख रुपैयाँ सहयोग गरेको छ ।

कोशी प्रदेश सरकारले विद्यालयको भौतिक पूर्वाधार निर्माणदेखि आइसिटी, नमूना विद्यालय, बालमैत्री वातावरण निर्माण, पिउने पानीको व्यवस्था लगायतमा सहयोग पुर्यायो । जसका कारण विद्यालयको पूर्वाधार विकाससँगै गुणस्तरीय शिक्षा प्रदान गर्न पनि सहयोग मिलेको अनुुभूति मिलेको छ ।

दक्षिणी इलामको माङ्सेवुुङ गाउँपालिका–५ मा रहेको सरस्वती माध्यमिक विद्यालय जिल्लाकै विकट क्षेत्रमा रहेको शैक्षिक केन्द्र हो । किराँत धार्मिक स्थल लारुम्वामा रहेको यो विद्यालय त्यस क्षेत्रको एक मात्र विकल्प हो । यो विद्यालयको विकल्पमा विद्यार्थीले अध्ययनका लागि झापाको दमक पुुग्नु पर्छ या उत्तिकै दूरीमा रहेको पाँचथर सीमावर्ती पञ्चमी वजार ।

त्यहाँका बासिन्दाको मूूख्य शैक्षिक केन्द्रको रुपमा रहेकाले यसको भौतिकदेखि शैक्षिक गुणस्तर विकास गर्नु बाहेक अरु विकल्प थिएन । यही अवस्थामा गएको आर्थिक वर्षमा कोशी प्रदेश सरकारले प्रदेश नमूना विद्यालय विकास कार्यक्रम प्रदान गर्यो । त्यसयता विद्यालयले काँचुुली फेर्ने क्रम सुुरु भएको छ ।

आर्थिक वर्ष ०७९–८० मा कार्यक्रम अन्तर्गत विद्यालयमा ४२ लाख ५० हजार प्राप्त भयो । सो रकमबाट ४ कोठे भवन, ३ थान प्रोजेक्टर, ३ थान स्मार्टबोर्ड, २६ थान सिसी क्यामेरा सेट, २५ सेट डेस्क बेन्च, खानीपानीको फिल्टर जडान, स्काउट ड्रेस र भवनमा अत्यावश्यक मर्मत गर्ने काम समेत सम्पन्न भयो ।

‘पूर्वाधार विकाससँगै आवश्यक शैक्षिक सामग्रीको अभावमा निर्वाहमुखी पठनपाठन भइरहेको अवस्थामा कोशी प्रदेश सरकारको यो सहयोग हाम्रा लागि अत्यन्तै महत्वपूर्ण रहयो,’ सरस्वती माविका प्रधानाध्यापक हरिप्रसाद आङदेम्वेले भने, ‘अहिले विद्यार्थीलाई गुुणस्तरीय शिक्षा दिन पनि सहज भएको छ ।’

विद्यालयमा २ थान स्मार्टबोर्ड, २ थान प्रोजेक्टर, छ थान सिसी क्यामेरा जडान, ३३ सेट डेस्क बेन्चकोे व्यवस्था गरिएको छ । विद्यालयमा नर्सरीदेखि १० सम्म ४ सय ५७ जना, ११ मा ४८ र कक्षा १२ मा ४९ जना अध्ययनरत् छन् ।

यो विद्यालयमा ९ देखि १२ कक्षासम्म बाली विज्ञान पढाई हुन्छ । यसका लागि केन्द्र सरकारले सहयोग गरेको भए पनि प्रयोगशाला लगायत अत्यावश्यक शैक्षिक व्यवस्थापनका लागि थप सहयोगको अपेक्षा विद्यालयको छ । विद्यालयमा २ निजी सहित ३१ जना शिक्षक र कर्मचारी छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!