मोहन ढकाल/संगालोखबर

विराटनगर । कोशी प्रदेशमा आर्थिक वर्ष २०८०/८१ को अवधिमा सवारी दुर्घटनामा परी ३९७ जना मानिसले ज्यान गुमाएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको तथ्याङ्क अनुसार ३ हजार ५६३ दुर्घटनामा ३९७ जनाको मृत्यु भएको हो ।

Advertisement

दुर्घटनाहरूमा ६ हजार ७६ जना घाइते भएका छन् । आर्थिक वर्ष २०७९/८० मा भएका ३ हजार ५१० दुर्घटनामा ४१२ जनाको मृत्यु भएको थियो । यसैगरी २०८०/८१ मा २ लाख ५५ हजार ९१२ सवारी साधन कारबाहीमा परेका थिए भने १७ करोड ३१ लख १५ हजार ९ सय राजश्व सङ्कलन भएको छ । 

आव २०७९/८० भन्दा राजश्व सङ्कलन ३ करोडले घटेको छ । ५ हजार ९९७ सवारी साधन मापसे (मादक पदार्थ सेवन गरी चलाएको) कारबाहीमा पर्दा ६० लाख ११ हजार राजश्व सङ्कलन भएको छ ।  यसैगरी, सिट बेल्ट नबाँधेका १ हजार ४११ वटा सवारी साधनबाट कारबाहीस्वरूप ८ लाख १९ हजार, मोबाइल फोन प्रयोग गर्दै सवारी चलाउने ३७१ माथि कारबाहीबाट २ लाख ३ हजार राजश्व सङ्कलन भएको तथ्याङ्क छ ।

यस्तै, लेन अनुशासन पालना नगर्ने २ हजार ३९४ सवारीबाट १३ लाख १४ हजार ५ सय र तीव्र गतिमा सवारी चलाउने १ हजार ८ ५९ सवारी कारबाहीबाट १६ लाख १२ हजार ५ सय राजश्व सङ्कलन भएको ट्राफिक कार्यालय इटहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!