संगालोखबर

विराटनगर । यो वर्षको जेठ महिनामा ७२ हजारभन्दा बढी नेपाली रोजगारी र अवसरको खोजीमा विदेश गएका छन् । चालु आर्थिक वर्षका अरु महिनामा भन्दा यो संख्या बढी हो ।

Advertisement

वैदेशिक रोजगार विभागका अनुसार जेठमा ७२ हजार ८ सय ६१ जना वैदेशिक रोजगारीमा गएका हुन् । चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म वैदेशिक रोजगारीमा जानेको संख्या ६ लाख ८२ हजार ३ सय ८६ छ ।

गत साउनमा ५५ हजार ५ सय ७५, भदौमा ५० हजार ८ सय ८४, असोजमा ५६ हजार २ सय ३५, कात्तिकमा ४३ हजार ६ सय २२, मंसिरमा ६८ हजार २ सय १ जना रोजगारीका लागि विदेश गएको तथ्यांक छ ।

यसैगरी, पुसमा ६५ हजार ८ सय १३, माघमा ६२ हजार १ सय ४७, फागुनमा ६५ हजार ६ सय ५८, चैतमा ७० हजार ९ सय ३३ र वैशाखमा ७० हजार ६ सय ३७ जना वैदेशिक रोजगारीमा गएको विभागले जनाएको छ ।

विभागका अनुसार वैदेशिक रोजगारीमा दक्ष भएर जाने नेपाली श्रमिकको संख्या पछिल्लो समय बढेको छ । गत वर्ष जेठमा दक्ष भएर जानेको संख्या ६४ प्रतिशत रहेकोमा यस वर्षको जेठमा ७१ प्रतिशत पुगेको जनाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!