मोहन ढकाल/संगालोखबर

विराटनगर । हरेक वर्ष ट्राफिक सप्ताह मनाइन्छ । यस वर्ष पनि कोशी प्रदेशमा हालै ‘दुर्घटनामुक्त समाजको चाहना, ट्राफिक प्रहरीको कामना’ भन्ने नारासहित धुमधामसाथ ट्राफिक सप्ताह मनाइएको थियो ।

Advertisement

ट्राफिक सप्ताहमा मुख्यमन्त्रीदेखि विभिन्न मन्त्रालयका मन्त्री, डिआइजी र सरोकारवाला लगायतको उपस्थिति थियो । दुर्घटना न्यूनीकरणका विषयमा बृहत् कार्यक्रम भयो । तर त्यसको प्रतिफल भने शून्य छ । सडकमा प्रभावकारी रूपमा दुर्घटना न्यूनीकरणका लागि काम भएको पाइँदैन ।

हुन त ट्राफिक प्रहरी एक्लैले मात्रै पनि काम गरेर दुर्घटना न्यूनीकरण हुन असम्भव छ । यसमा सबै सचेत हुन आवश्यक छ । सम्बन्धित निकायले आवश्यक स्रोत साधनको उपलब्धता गराउन आवश्यक छ । कोशी प्रदेशको राजधानी विराटनगरमा सवारी दुर्घटना न्यूनीकरणका लागि प्रभावकारी काम भएको पाइँदैन । ६ लेन सडक खण्ड अन्तरगत दुवैतर्फको एक–एक लेनमा अव्यवस्थित सवारी पार्किङ गरिएको पाइन्छ । यो विगत लामो समयदेखिको अवस्था हो ।

पैदलयात्री सहज रूपमा हिँड्डुल गर्न निर्माण गरिएका सडकपेटी पनि व्यवसाय र पार्किङले ढाकिएको पाइन्छ । यसको नियन्त्रणका लागि विभिन्न समयमा कुरा उठे पनि लागू भने हुन सकेको छैन ।

यतिमात्र हैन, सवारी चालकले पनि बीच सडकमा गाडी रोकेर यात्रु चढाउने र ओराल्ने गरेका छन् । यसरी बीच सडकमा सवारी रोकेर यात्रु चढाउने र ओराल्ने गर्दा ट्राफिक प्रहरी देखेर पनि नदेखे जस्तै गर्छन् । जसका कारण सवारी चालकले मनपरी गर्ने गरेका छन् । सिटी सफारी चालकले पनि लापरबाहीपूर्वक सफारी चलाइरहेका हुन्छन् ।

यसरी हेर्दा ट्राफिक सप्ताहले सवारी दुर्घटना न्यूनीकरण र चालकलाई लेन अनुशासन पालना गराउन भूमिका खेलेको पाइँदैन । यस विषयमा सम्बन्धित निकायले चासो दिन आवश्यक छ ।

एक वर्षभित्र कोशीमा भएका गाडी दुर्घटनामा ३९७ जनाको मृत्यु

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!