उदयपुरमा चट्याङ लागेर बालकको मृत्यु

उदयपुरमा चट्याङ लागेर बालकको मृत्यु

उदयपुर । उदयपुरको कटारी नगरपालिका–१२ स्थित चिलाउनेमा चट्याङ लागेर आज एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय निमा तामाङका १२ वर्षीय छोरा खड्गबहादुर छन्‌ । तामाङ दिउँसो गोठमा बसिरहेको अवस्थामा वर्षासँगै चट्याङ परेको थियो । चट्याङ लाग्दा घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
नगरस्तरीय परीक्षामा प्रथम हुने विद्यालयलाई दुई लाख पुरस्कार दिइने

नगरस्तरीय परीक्षामा प्रथम हुने विद्यालयलाई दुई लाख पुरस्कार दिइने

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले सञ्चालन गरेको नगर स्तरीय वार्षिक परीक्षामा प्रथम हुने विद्यालयलाई नगद दुई लाख पुरस्कार प्रदान गर्ने भएको छ । गत चैत ९ गतेदेखि १६ गतेसम्म सञ्चालन भएको शैक्षिक सत्र २०७९ को वार्षिक परीक्षामा पहिलो, दोस्रो, तेस्रो हुने विद्यालय र कक्षा प्रथम हुने विद्यार्थीलाई नगरपालिकाले नगद पुरस्कार प्रदान गर्न लागेको हो ।  कक्षा ६ देखि ९ सम्मका समग्र विद्यार्थीको नतिजाक...
विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

विराटनगर । विराटनगर महानगरपालिका–७ स्थित पिपल चौकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कटहरी गाँउपालिका–२ का २७ वर्षीय सागर भगत छन् । आइतबार राती करिव साढे ११ बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा. ७६ प ७८४६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई स्थानीय दयाराम सिलवालको घरको कम्पाउण्ड वालमा ठोक्किएको थियो । दुर्घटनामा भगत घाइते भएका थिए । उनलाई उपचारका लागि विराटनगरस्थि...
माइत जाने क्रममा टेम्पु पल्टिँदा धनकुटाकी धनमायाको मृत्यु, श्रीमान र छोरा घाइते

माइत जाने क्रममा टेम्पु पल्टिँदा धनकुटाकी धनमायाको मृत्यु, श्रीमान र छोरा घाइते

धनकुटा । माइती घर जाने क्रममा टेम्पु पल्टिँदा धनकुटा नगरपालिका–१ हिलेकी धनमायाँ तामाङको मृत्यु भएको छ । श्रीमान र छोरा घाइते भएका छन् । हिलेबाट भोजपुर नगरपालिका–९ स्थित माइती जाने क्रममा तामाङको परिवार सवार को २ ह ७४८५ नम्बरको टेम्पु गएराती करिब ११ः३० बजे अरुण गाउँपालिका–६ जरायोटारमा दुर्घटना भएको हो । टेम्पु पल्टिँदा ३९ बर्षीया धनमायाँको टाउकोमा गम्भीर चोट लागेको थियो । उपचारका लागि धरानस्थित ...
हरिराज खेवा स्मृति प्रतिष्ठानको अध्यक्षमा श्रेष्ठ निर्वाचित

हरिराज खेवा स्मृति प्रतिष्ठानको अध्यक्षमा श्रेष्ठ निर्वाचित

धनकुटा । हरिराज खेवा स्मृति प्रतिष्ठानको अध्यक्षमा कुसुमकुमारी श्रेष्ठ निर्वाचित भएकी छन् । प्रतिष्ठानको चौथो साधारणसभाले माओवादी नेतृ श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा खगेन्द्र विष्ट र नगेन्द्र गहतराज, महासचिवमा विष्णुमाया कन्दङ्वा, सचिवमा दुर्गा खजुम सुब्बा र कोषाध्यक्षमा भीम खेवा निर्वाचित भएका छन् । सदस्यहरूमा रोम बाजिम्पाक, ...
तमोर भ्यालीद्वारा सांसद पराजुलीलाई सम्मान

तमोर भ्यालीद्वारा सांसद पराजुलीलाई सम्मान

धनकुटा । धनकुटा नगरपालिका–७ स्थित तमोर भ्याली सेकेण्डरी बोडिङ्ग स्कुलले कोशी प्रदेश सभा सदस्य इन्द्रमणि पराजुलीलाई सम्मान गरेको छ । विद्यालयको ३० औं अभिभावक दिवस तथा फडिन्द्रप्रसाद लुइटेलको १३ औं स्मृति दिवसको अवसरमा शनिवार आयोजित कार्यक्रममा सांसद पराजुलीलाई सम्मान गरिएको हो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिन्तामणि लुइटेल र विद्यालयका प्रिन्सिपल दुर्गाप्रसाद लुइटेलले सांसद प...
इटहरीमा बैंककै कर्मचारीले चोरे बचतकर्ताको डेढ करोड रकम

इटहरीमा बैंककै कर्मचारीले चोरे बचतकर्ताको डेढ करोड रकम

सुनसरी । बचतकर्ताहरूले एभरेष्ट बैंकको इटहरी शाखामा जम्मा गरेको डेढ करोड भन्दा बढी रकम बैंककै कर्मचारीको मिलेमतोमा चोरी भएको छ । ३३ जना बचतकर्ताको बैंक खाताबाट १ करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ चोरी भएको हो । चोरीमा संलग्न भएको आरोपमा प्रहरीले बैंकका शाखा प्रबन्धकसहित नौं जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने सात जना बैंककै कर्मचारी हुन् भने दुई जना पैसा निकाल्न सघाउने व्यक्ति छन् । शाखा प्रबन्ध...
धनकुटाको साँगुरीगढीमा साकेला, केलाङ उँभौली सांस्कृतिक महोत्सव (फोटो फिचरसहित)

धनकुटाको साँगुरीगढीमा साकेला, केलाङ उँभौली सांस्कृतिक महोत्सव (फोटो फिचरसहित)

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–१ स्थित लेउतीमा शुक्रबार साकेला, केलाङ उँभौली सांस्कृतिक महोत्सव आयोजना गरिएको छ । लेउती जलाधार प्रकृति सांस्कृतिक प्रवर्द्धन समितिले सिंहदेवी सिंहशिला, साकेला केलाङ्ग पार्कमा एक दिने महोत्सव आयोजना गरेको हो । साकेला, केलाङ, उँभौली पूजाको अवसर पारेर आयोजना गरिएको महोत्सवको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले रिबन काटेर उद्घाटन गरे । म...
बर्खामा मासिक ५० र हिउँदमा ३० युनिट खपत गर्नेलाई विद्युत शुल्क नलिने घोषणा

बर्खामा मासिक ५० र हिउँदमा ३० युनिट खपत गर्नेलाई विद्युत शुल्क नलिने घोषणा

काठमाडौं । बर्खायाममा मासिक ५० युनिट र हिउँदमा मासिक ३० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताहरूलाई निःशुल्क विद्युत उपलब्ध गराइने भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम मार्फत विद्युत सहुलियतको घोषणा गरेको हो । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् । त्यस्तै, विपन्न बर्गलाई विद्युत मिटर निःशुल्क दिइने भएको छ । ...
ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । गएराती खाम्लुङको दोभान बजारदेखि ढुङ्गे साँघुतर्फ जाँदै गरेको को २ त ७८७७ नम्बरको ट्याक्टर आठराई त्रिवेणी गाउँपालिका र मैवाखोला गाउँपालिकाको सिमाना सुन्तले नजिक देवीखोल्सामा दुर्घटना भएको हो । दुर्घटनामा परी ट्याक्टरका सहचालक फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिम सिँवाका २० वर्षीय सन्दीप तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रह...
विराटनगरमा एक युवामाथि छुरा प्रहार

विराटनगरमा एक युवामाथि छुरा प्रहार

विराटनगर । विराटनगरको ट्राफिक चोकमा एक युवामाथि छुरा प्रहार भएको छ । आज दिउँसो करिब ३ः२० बजे विराटनगर–१५ का ३२ वर्षीय राहुल कुमार साहमाथि छुरा प्रहार भएको हो । विराटनगर–१२ का २८ वर्षीय दिपेन्द्र कामतले साहमाथि छुरा प्रहार गरेको मोरङका प्रहरी प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले संगालोखबरलाई जानकारी दिए । छुरा प्रहारबाट शाहको हातमा गम्भीर चोट लागेको छ । उनलाई उपचारका लागि कोशी अस्पताल लगिएको थियो...
इटहरीको यातायात कार्यालयमा प्रहरीको छापा, २२ जना पक्राउ

इटहरीको यातायात कार्यालयमा प्रहरीको छापा, २२ जना पक्राउ

सुनसरी । इटहरीको हलगढास्थित यातायात व्यवस्था कार्यालय कोशीमा प्रहरीले बुधबार छापा मारेर २२ जनालाई पक्राउ गरेको छ । सेवाग्राही ठगेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा कार्यालयमा कार्यरत एक करार कर्मचारीसहित कार्यालय परिसरमा सञ्चालित लेखापढी सेन्टरका व्यक्तिहरू छन् । बजाज, होन्डा, यमाहा, भेस्वा लगायत ब्रान्डका मोटरसाइकल कम्पनीका कर्मचारी पनि समातिएका छन् । यातायात कार्या...
धनकुटामा सुरु भयो भ्रष्टाचार विरुद्धको अभियान

धनकुटामा सुरु भयो भ्रष्टाचार विरुद्धको अभियान

धनकुटा । धनकुटामा पनि भ्रष्टाचार विरुद्धको अभियान थालिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा विशिष्ट व्यक्तिहरू पक्राउ परिरहेका बेला जिल्लामा पनि भ्रष्टाचार विरुद्धको अभियान सुरु गरिएको हो । मानव अधिकार एलाइन्सले अगुवाइ गरेको अभियानमा अन्य सङ्घसंस्थाले पनि ऐक्यवद्धता जनाएका छन् । अभियान अन्तर्गत बुधबार धनकुटामा भ्रष्टाचार विरुद्धको नागरिक र्‍याली गरिएको छ । भ्रष्टाचारको विरोध गर्दै कालो ब्यानर...
मदन भण्डारीको सालिकमा माल्यार्पण

मदन भण्डारीको सालिकमा माल्यार्पण

धनकुटा । नेकपा एमालेका नेता, कार्यकर्ताले धनकुटाको मदनचोकमा रहेको मदन भण्डारीको सालिकमा बुधबार बिहान माल्यार्पण गरेका छन् । ३० औं मदन आश्रित स्मृति दिवसको अवसर पारेर एमाले धनकुटा र मदन भण्डारी फाउण्डेसनले कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा एमाले जिल्ला अध्यक्ष इन्द्रमणी पराजुलीसहित नेताहरू निरन राई, शिव आङ्ला, निरेन तामाङ, तारा तितुङ लगायतले सालिकमा माल्यार्पण गरे । एमाले नेता कार्यकर्ताले...
प्लानिङ ब्वाइजलाई भीमनारायण गोल्डकपको उपाधि

प्लानिङ ब्वाइजलाई भीमनारायण गोल्डकपको उपाधि

धनकुटा । प्लानिङ ब्वाइज क्लब काठमाडौँले धनकुटामा सञ्चालित १५ औं भीमनारायण गोल्डकपको उपाधि जितेको छ । धनकुटाको टुँडिखेलमा आज भएको फाइनल खेलमा वीरगञ्ज युनाइटेडलाई ४-० गोलले पराजित गर्दै प्लानिङ ब्वाइजले उपाधिमाथि कब्जा जमाएको हो । खेलको ४५ औं मिनेटमा प्लानिङ ब्वाइजका जर्सी नं.२० का यो नेपोलियनले गोल गर्दै टिमको खाता खोलेका थिए । दोस्रो हाफको २५ औं मिनेटमा जर्सी नं.१३ का विशाल दर्जीले गोल थप्दै प्...
इन्धनको मूल्य घट्यो

इन्धनको मूल्य घट्यो

काठमाडौं । डिजेल र मट्टीतेलको मूल्य घटेको छ । नेपाल आयल निगमले डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँका दरले मूल्य घटाएको हो । भारतीय आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि निगम सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको हो । मूल्य घटेपछि अब डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५५ रुपैयाँ कायम भएको छ । यसअघि डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ थियो । घटेको मूल्य मंगलबार राति १२ बजेब...
अनाथ विद्यार्थीलाई अनेरास्ववियुले दियो शैक्षिक सामग्री

अनाथ विद्यार्थीलाई अनेरास्ववियुले दियो शैक्षिक सामग्री

धनकुटा । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले अनाथ विद्यार्थीहरूलाई शैक्षिक सामग्री प्रदान गरेको छ । अनेरास्ववियुको ५९ औं स्थापना दिवसको अवसर पारेर धनकुटाको श्रीपञ्चमी पार्कस्थित बालआश्रममा रहेका विद्यार्थीहरूलाई शैक्षिक सामग्री प्रदान गरिएको हो । अनेरास्ववियुका जिल्ला अध्यक्ष प्रकाश गिरी, धनकुटा बहुमुखी क्याम्पसका स्ववियु सभापति सन्तोष बुढाथोकी, उप-सभापति युवा ति...
भीमनारायण गोल्डकपको फाइनल खेल स्थगित

भीमनारायण गोल्डकपको फाइनल खेल स्थगित

धनकुटा । धनकुटामा जारी भीमनारायण गोल्डकपको आज हुने भनिएको फाइनल खेल वर्षाका कारण स्थगित भएको छ । पानी परेर खेल खेलाउन नसकिने अवस्था भएकाले आजका लागि निर्धारण गरिएको फाइनल खेल भोलि खेलाइने आयोजकले जनाएको छ । अब, भोलि दिउँसो २ बजे प्रतियोगिताको फाइनल खेल हुने प्रचारप्रसार समिति संयोजक विदुर खवासले जानकारी दिए । ‘पानी परेर खेल मैदान हिलाम्मे भएको छ, अहिलेसम्म पानी रोकिएको छैन,’ खवासले संगालोखबरसँग...
उपाधिका लागि वीरगञ्ज र प्लानिङ ब्वाइज भिड्दै

उपाधिका लागि वीरगञ्ज र प्लानिङ ब्वाइज भिड्दै

धनकुटा । धनकुटामा जारी भीमनारायण गोल्डकपको उपाधिका लागि आज प्लानिङ ब्वाइज क्लब काठमाडौं र वीरगञ्ज युनाइटेड भिड्दैछन् । धनकुटा टुँडिखेलमा दिउँसो ३ः४५ बजे हुने प्रतियोगिताको फाइनल खेलमा प्लानिङ ब्वाइज र वीरगञ्ज युनाइटेड आम्नेसाम्ने हुन लागेका हुन् । सेमिफाइनलमा झापा फुटबल क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै वीरगञ्ज फाइनल पुगेको हो । उसले क्वाटरफाइनलमा साविक विजेता सशस्त्र प्रहरीको एपीएफलाई ट्राइ...
धनकुटामा राष्ट्रिय युवा संघद्वारा बिरामीलाई फलफूल वितरण

धनकुटामा राष्ट्रिय युवा संघद्वारा बिरामीलाई फलफूल वितरण

धनकुटा । नेकपा एमाले निकट राष्ट्रिय युवा संघको ३४ औं स्थापना दिवसको अवसरमा सोमबार जिल्ला अस्पताल धनकुटाका बिरामीलाई फलफूल वितरण गरिएको छ । स्थापना दिवसको अवसर पारेर राष्ट्रिय युवा संघ धनकुटाले फलफूल वितरण कार्यक्रम गरेको हो । अस्पतालको इमर्जेन्सी र वार्डमा रहेका बिरामीहरूलाई फलफूल प्रदान गरिएको थियो । नेकपा एमालेका अध्यक्ष इन्द्रमणी पराजुली, प्रदेश कमिटी सदस्य बलदीप राई, जिल्ला उपसचिव शिव आङ्ला...
वीरगञ्ज पुग्यो भीमनारायण गोल्डकपको उपाधि नजिक

वीरगञ्ज पुग्यो भीमनारायण गोल्डकपको उपाधि नजिक

धनकुटा । वीरगञ्ज युनाइटेड धनकुटामा जारी भीमनारायण गोल्डकपको फाइनल प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा झापा फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै वीरगञ्ज उपाधि नजिक पुगेको हो । खेलको २५ औं मिनेटमा क्याप्टेन जर्सी नं.११ का अमर डङ्गोलले गरेको एकमात्र गोल नै वीरगञ्जलाई फाइनल प्रवेश गराउँन पर्याप्त बन्यो । झापाले खेलमा निकै दवाव बढाएपनि गोल गर्न नसक्दा सेमिफाइनलबाट बाहिरिएको छ । वी...
जग्गाको तत्काल मुआब्जा दिइयोस्ः सांसद शर्मा

जग्गाको तत्काल मुआब्जा दिइयोस्ः सांसद शर्मा

काठमाडौं । प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले इनरुवादेखि काँकडभिट्टासम्म रेलमार्ग निर्माणका लागि वर्षौ अघिदेखि रोक्का गरेर राखिएको जग्गाको तत्काल मुआब्जा उपलब्ध गराउँन सरकारसँग माग गरेका छन् । सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद शर्माले पीडितहरूलाई तत्काल जग्गाको मुआब्जा दिन वा जग्गा फुकुवा गर्न माग गरेका हुन् । २०६८ असार १ गते बसेको मन्त्रिपरिषद् बैठकले सुनसरीको इनरुवादेखि झ...
टोपबहादुर रायमाझी पक्राउ

टोपबहादुर रायमाझी पक्राउ

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ परेका छन् । काठमाडौँको बुढानिलकण्ठबाट आज साँझ रायमाझीलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोप लागेका रायमाझी केही दिनयता फरार थिए । उनीविरुद्ध जिल्ला अदालत काठमाडौँले वैशाख २० गते पक्राउ पुर्जी जारी गरेको थियो ।
प्लानिङ ब्वाइज क्लब फाइनल प्रवेश

प्लानिङ ब्वाइज क्लब फाइनल प्रवेश

धनकुटा । प्लानिङ ब्वाइज क्लब काठमाडौं धनकुटामा जारी भीमनारायण गोल्डकपको फाइनल प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा पेमा युवा क्लब विराटनगरलाई ट्राइबेकरमार्फत ५-४ गोल अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइज क्लब उपाधि नजिक पुगेको हो । निर्धारित ९० मिनेटको खेलमा दुबै तर्फबाट कुनै गोल हुन नसकेपछि खेल ट्राइबेकरमा गएको थियो । ट्राइब्रेकरमा प्लानिङ ब्वाइजका जर्सी नम्बर ४ का रिसभ अधिकारी, जर्सी ...
धनकुटामा चितुवाले आक्रमण गर्दा तीन जना घाइते

धनकुटामा चितुवाले आक्रमण गर्दा तीन जना घाइते

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–५ बोधेमा चितुवाले आक्रमण गर्दा तीन जना घाइते भएका छन् । जङ्गल गएका बेला चितुवाले आक्रमण गर्दा स्थानीय सविन याख्खा, भुवन याख्खा  र मुकेश याख्खा घाइते भएका हुन् । शनिवार दिउँसो करिब ३ बजे सुँगुरका लागि चारो खोज्न मौनाखोला मुत्तेदह नजिक जङ्गलमा गएका बेला उनीहरूलाई चितुवाले आक्रमण गरेको प्रहरीले जनाएको छ । घाइते भुवन र मुशेकलाई उपचारका लागि धरानस्थित बीपी कोइराल...
एपीएफलाई ट्राइबेकरमा हराउँदै वीरगञ्ज सेमिफाइनलमा

एपीएफलाई ट्राइबेकरमा हराउँदै वीरगञ्ज सेमिफाइनलमा

धनकुटा । साविक विजेता एपीएफ काठमाडौँलाई ट्राइबेकरमा पराजित गर्दै वीरगञ्ज युनाइटेड धनकुटामा जारी सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । टुँडिखेलमा आज भएको चौथो तथा अन्तिम क्वाटरफाइनल खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ट्राइबेकरमा ४-१ गोल अन्तरले पराजित गर्दै वीरगञ्जले सेमिफाइनलको यात्रा तय गरेको हो । निर्धारित ९० मिनेटको खेलमा दुई-दुई गोलको बराबरी भएपछि खेल ट्राइ...
नोबेलमा बन्यो नर्सिङ संघको भवन

नोबेलमा बन्यो नर्सिङ संघको भवन

विराटनगर । नेपाल नर्सिङ संघ मोरङको नवनिर्मित भवन उद्घाटन गरिएको छ । विराटनगर महानगरपालिका–४ कञ्चनवारीस्थित नोबेल मेडिकल कलेज परिसरमा निर्माण गरिएको भवन अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसर पारेर उद्घाटन गरिएको हो । जग्गादाता होमादेवी न्यौपानेले शिलालेखको पर्दा उघारेर भवन उद्घाटन गरिन् । कार्यक्रममा बोल्दै जग्गादाता न्यौपानेले नर्सहरुलाई बिरामीको राम्रो सेवा गर्न सुझाव दिदै नर्सिङ सङ्घलाई आफ्नो भू...
धनकुटामा हालसम्मकै धेरै गाँजा बरामद

धनकुटामा हालसम्मकै धेरै गाँजा बरामद

धनकुटा । धनकुटामा हालसम्मकै ठूलो परिमाणमा गाँजा बरामद भएको छ । धनकुटा नगरपालिका-९ मूलघाटबाट एकैपटक पाँच सय किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ । को १ ख ३३६७ नम्बरको मिनी ट्रकमा राखेर तराईतर्फ लैजाँदै गरेको अवस्थामा शुक्रबार बिहान गाँजा फेला परेको धनकुटाका प्रहरी निरीक्षक मानबहादुर श्रेष्ठले जानकारी दिए । प्लाष्टिकले प्याक गरेर १७ वटा बोरामा राखिएको अवस्थामा ट्रकमा गाँजा फेला परेको हो । गाड...
उद्योग संगठन मोरङको अध्यक्षमा सुराना निर्वाचित

उद्योग संगठन मोरङको अध्यक्षमा सुराना निर्वाचित

विराटनगर । उद्योग संगठन मोरङको अध्यक्षमा राकेश सुराना निर्वाचित भएका छन् । संगठनको आज सम्पन्न निर्वाचनले सुरानाको अध्यक्षतामा १४ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । नव निर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा नन्दकिशोर राठी, उपाध्यक्ष (वित्तिय क्षेत्र) मा राजकुमार गोल्छा, उपाध्यक्ष (कृषि/उर्जा/जलश्रोत) मा भोलेश्वर दुलाल, उपाध्यक्ष (रोजगारदाता) मा बिपिन कावरा र कोषाध्यक्षमा सुवोध ...
सर्पले टोक्दा १० महिने नाबालिकाको मृत्यु

सर्पले टोक्दा १० महिने नाबालिकाको मृत्यु

सुनसरी । सुनसरीको इनरुवा नगरपालिका-८ डुम्राहामा गएराती सर्पको टोकाइबाट नाबालिकाको मृत्यु भएको छ । सर्पले टोक्दा स्थानीय दिनेश उरावकी १० महिनाकी छोरीको मृत्यु भएको हो । राती करिब साढे १० बजे उनलाई सर्पले टोकेको थियो । आफ्नै घरमा खेलिरहेका बेला मुसाको दुलोमा हात हाल्दा नाबालिकालाई सर्पले टोकेको बताइएको छ । सर्पले टोकेपछि उपचारका लागि जिल्ला अस्पताल इनरुवा लग्ने क्रममा बाटैमा उनको मृत्यु भएको जिल...
नोबेलमा मनाइयो नर्सिङ दिवस

नोबेलमा मनाइयो नर्सिङ दिवस

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा शुक्रबार २०३ औं अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइएको छ । नोबेल अस्पतालको नर्सिङ विभागले नर्सिङ दिवस विशेष कार्यक्रम गरेको हो । कार्यक्रममा नर्सिङ दिवसको शुभकामना आदानप्रदान गरी केक काटेर उत्सव मनाइएको छ । सो अवसरमा नोबेल शिक्षण अस्पतालका प्रबन्ध निर्देशक इन्दिरा शर्माले नर्सिङ दिवसको शुभकामना व्यक्त गर्दै बिरामीहरूको मन जित्ने गरी सेवा गर्न नर्सहरू...
error: Content is protected !!