छथर जोरपाटी गाउँपालिकाद्वारा आगलागी पीडितलाई सहयोग
धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका–४ स्थित पाथिभराका आगलागीपीडित दुई परिवारलाई गाउँपालिकाले राहत प्रदान गरेको छ । आगलागीपीडित नेत्रबहादुर विश्वकर्मा र कृष्ण विश्वकर्माको परिवारलाई नगद र सामग्री प्रदान गरिएको हो ।
गत बुधबार सामुदायिक वनबाट आएको डढेलो बस्तीमा पस्दा नेत्रबहादुर र कृष्णको घर गोठ जलेर नष्ट भएको थियो । दुवै परिवारलाई १५/१५ हजार नगद, लत्ताकपडा, खाद्यान्न, भाँडा लगायत सामग्री प्...































