
विराटनगर । झापाको दमक नगरपालिका-७ लालिगुराँस टोलमा मंगलबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक झापा कमल गाउँपालिका-६ का ३८ वर्षीय बिनोद राईको मृत्यु भएको हो । उनको घटनास्थलमै उनको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान गरिएको छ ।
हनुमान मन्दिरबाट रतुवापुलतर्फ जाँदै गरेको बागमती प्रदेश ०२-०१७ प ३३४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको पूर्वपट्टिको नालीमा खसेको प्रहरीले जनाएको छ ।
कानुनी प्रक्रिया पूरा गरेर शव पोस्टमार्टमका लागि भद्रपुरस्थित मेची प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

संगालोखबर 













