- संगालोखबर सम्बाददाता

काठमाडौं । बर्खायाममा मासिक ५० युनिट र हिउँदमा मासिक ३० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताहरूलाई निःशुल्क विद्युत उपलब्ध गराइने भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम मार्फत विद्युत सहुलियतको घोषणा गरेको हो ।

Advertisement

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् । त्यस्तै, विपन्न बर्गलाई विद्युत मिटर निःशुल्क दिइने भएको छ । ‘विपन्न वर्गलाई निःशुल्क विद्युत मिटर उपलब्ध गराइने छ । वर्षायाममा मासिक ५० युनिट र हिउँदयाममा मासिक ३० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्तालाई निःशुल्क विद्युत उपलब्ध गराइने छ,’ राष्ट्रपति पौडेलले भने ।

सरकारले २ वर्षभित्र सबै नागरिकको घरमा विद्युत सेवा पु¥याउने पनि घोषणा गरेको छ । खाना पकाउने ग्यासलाई विद्यु‍त‍्बाट प्रतिस्थापन गर्ने, हाइड्रोजन इन्धनको उत्पादन सम्भाव्यताको अध्ययन गर्ने पनि घोषणा गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!