
विराटनगर । विराटनगरमा आजबाट ‘विराट ट्रेड एक्स्पो’ सुरु हुँदै छ । विराटनगर-१ स्थित शान्ति चोकमा हुने एक्स्पोको उद्घाटन संघीय सरकारका अर्थमन्त्री रामेश्वर खनालले गर्नेछन् ।
एक्स्पोको उद्घाटन दिउँसो २ बजे हुने मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले जानकारी दिए । एक्स्पोमा २ सय बढी स्टलहरू रहने छन् ।
जसमा नेपालसहित भारत, बंगलादेश, पाकिस्तान लगायत देशका विभिन्न उत्पादन तथा कला-संस्कृति, पर्यटन, शिक्षा, आदीको प्रर्दशनी हुने अध्यक्ष राठीले बताए ।
११ दिनसम्म चल्ने एक्स्पोमा लगातार आठ दिनसम्म स्टार्टअप, महिला उद्यमशीलता, पर्यटन, एआई, सूचना प्रविधि लगायत विषयहरूमा थिमेटिक सेसन सञ्चालन गरिने छ ।

संगालोखबर 













