रथयात्राको पूर्वसन्ध्यामा विराटनगरमा वर्षा 

रथयात्राको पूर्वसन्ध्यामा विराटनगरमा वर्षा 

विराटनगर । विराटनगरमा रथयात्राको पूर्वसन्ध्यामा सामान्य वर्षा भएको छ । विराटनगरमा आज दिउँसो ३ बजे ऐतिहासिक रथयात्रा निकालिँदैछ । रथयात्रा अवलोकन गर्न आउने भक्तजनहरू अत्यधिक गर्मीका कारण बेहोस हुने लगायतका समस्या हुनेगरेकोमा वर्षा भएसँगै राहत मिल्ने अनुमान छ । अहिले विराटनगरमा वर्षा भइरहेको छ । तीनपैनी स्थित राधाकृष्ण मन्दिर परिसरबाट निकालिने रथयात्राले नगरका विभिन्न भागको परिक्रमा गर्दै पुनः म...
रथयात्रा धार्मिक, सांस्कृतिक र ऐतिहासिक गौरवको प्रतीक हो : मुख्यमन्त्री कार्की

रथयात्रा धार्मिक, सांस्कृतिक र ऐतिहासिक गौरवको प्रतीक हो : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विराटनगरमा हुने ऐतिहासिक रथयात्रा प्रदेशको धार्मिक, सांस्कृतिक र ऐतिहासिक गौरवको प्रतीक भएको बताएका छन् । रथयात्राको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले यस पर्वले प्रदेशको गौरव बढाउनुका साथै सामाजिक एकता, सहिष्णुता र साझा संस्कृतिको उदाहरण प्रस्तुत गरेको उल्लेख गरेका छन् । ‘कोशी प्रदेश विविधतायुक्त प्रदेश हो । य...
मोरङको मिक्लाजुङमा मोटरसाइकल रुखमा ठोक्किँदा चालकको मृत्यु

मोरङको मिक्लाजुङमा मोटरसाइकल रुखमा ठोक्किँदा चालकको मृत्यु

विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका-३ टाँडी-रमिते भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक उर्लाबारी नगरपालिका-४ का १७ वर्षीय आरब डाँगी छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि अरनीको अस्पताल उर्लाबारी लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा मोटरसाइकल पछाडि सवार सोही स्थानका १७ वर्षीय अनुप थापा घाइते भएका छन् ।...
आज विराटनगरमा राधाकृष्ण रथयात्रा निकालिँदै

आज विराटनगरमा राधाकृष्ण रथयात्रा निकालिँदै

विराटनगर । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने राधाकृष्ण रथयात्रा आज विराटनगरमा निकालिँदैछ । तीनपैनीस्थित राधाकृष्ण मन्दिर परिसरबाट दिउँसो ३ः३० बजे निकालिने रथले नगरको ९ किलोमिटर यात्रा तय गर्नेछ । विराटनगरको पहिचानसँग जोडिएको रथयात्रा नेपालसहित भारतका हजारौं भक्तजनहरू सहभागी हुन्छन् । यसपटक विगतका वर्षहरूको तुलनामा भक्तजनको संख्या बढ्ने रथयात्रा मूल समारोह समितिले जनाएको छ । ५८ औं संस्कर...
धनकुटामा रक्तदान, २७ पिन्ट रगत संकलन

धनकुटामा रक्तदान, २७ पिन्ट रगत संकलन

धनकुटा । नेपाल विद्युत प्राधिकरण धनकुटा वितरण केन्द्रले रक्तदान कार्यक्रम आयोजना गरेको छ । प्राधिकरणको ४० औं स्थापन दिवसको अवसरमा रक्तदान गरिएको हो । ‘विद्युत दुर्घटनाबाट बच्न सचेत रहौं, समृद्धिको लागि विद्युतको सदुपयोग गरौं’ भन्ने मुल नाराका साथ गरिएको रक्तदानमा २७ पिन्ट रगत संकलन भएको छ । प्राधिकरणका कर्मचारी तथा अन्य व्यक्तिहरूले रक्तदान गरेका कर्मचारी हेमचन्द्र थापाले बताए । रक्तदानका लागि...
विराट आँखा अस्पतालमा सामाजिक सुरक्षा कोष सेवा कक्ष

विराट आँखा अस्पतालमा सामाजिक सुरक्षा कोष सेवा कक्ष

विराटनगर । विराटनगरको विराट आँखा अस्पतालमा सामाजिक सुरक्षा कोष सेवा कक्ष स्थापना गरिएको छ । अस्पतालभित्र स्थापना गरिएको सेवा कक्षको आज कोशी प्रदेश सभा सदस्य भीम पराजुलीले उद्‌घाटन गरेका छन् । श्रमिक तथा निजी क्षेत्रका कामदारहरूलाई लक्षित गर्दै सामाजिक सुरक्षा कोष कक्ष स्थापना गरिएको अस्पतालले जनाएको छ । कार्यक्रममा बोल्दै सांसद पराजुलीले यसबाट श्रमिकहरूलाई ठूलो राहत मिल्ने बताए । उनले विराटनगर...
राधाकृष्णको नयाँ रथ मेयर कोइरालाद्वारा उद्‌घाटन

राधाकृष्णको नयाँ रथ मेयर कोइरालाद्वारा उद्‌घाटन

विराटनगर । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर राधाकृष्णको नयाँ रथ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्‌घाटन गरेका छन् । विराटनगर-१ स्थित राधाकृष्ण मन्दिर परिसरमा आज बिहान आयोजित कार्यक्रममा मेयर कोइरालाले नयाँ रथको पूजा गरी उद्‌घाटन गरेका हुन् । सो अवसरमा मेयर कोइरालाले राधाकृष्ण रथयात्रासँग सम्बन्धित म्युजिक भिडियोको विमोचन पनि गरेका छन् । विराटनगर महानगरपालिकाको ४४ लाख ७८ हजार लाग...
झुम्का कारागारबाट पर्खाल नाघेर भागेका कैदी बिर्तामोडबाट पक्राउ

झुम्का कारागारबाट पर्खाल नाघेर भागेका कैदी बिर्तामोडबाट पक्राउ

विराटनगर । सुनसरीको झुम्का कारागारबाट पर्खाल नाघेर भागेका कैदी झापाको बिर्तामोड नगरपालिका-१० विराट पोखरी नजिकबाट पक्राउ परेका छन् । साउन २८ गते कारागारको पर्खाल नाघेर भागेका खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका-२ का २८ वर्षीय रूपक पौडेल खत्री आज बिहान पक्राउ परेका हुन् । जबर्जस्ती करणी मुद्दाका कैद भुक्तान गरिरहेका पौडेललाई सुनसरी जिल्ला अदालतले जबर्जस्ती करणी मुद्दामा पौडेललाई १३ वर्ष कैद र ५...
मोरङको बुढीगंगामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

मोरङको बुढीगंगामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शुक्रबार राति फरक-फरक स्थानमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार बुढीगंगा-२ अमाही बोक्ला टोलस्थित भित्री सडकखण्डमा राति १०ः१५ बजेतिर भएको दुर्घटनामा बुढीगंगा-२ कै २५ वर्षीय विकासकुमार भगतको मृत्यु भएको हो । नेमुवाबाट अमाहीतर्फ जाँदै गरेको ...
उद्यम गर्ने महिलालाई स्थानीय र प्रदेश सरकारले साथ दिनुपर्छ : मुख्यमन्त्री कार्की 

उद्यम गर्ने महिलालाई स्थानीय र प्रदेश सरकारले साथ दिनुपर्छ : मुख्यमन्त्री कार्की 

धनकुटा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले समाजलाई आर्थिक रूपमा व्यवसायिक बनाउनुपर्ने बताएका छन् ।  आज अखिल नेपाल महिला सङ्घ जिल्ला कमिटी धनकुटाको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । कोशी प्रदेश सरकारले समाजलाई सबल बनाउँदै लैजाने बताउँदै उनले आर्थिक रूपमा ले व्यवसायिक बनाउनतर्फ लागिपरेको बताए । समाज र परिवार व्यवसायिक ...
कुवेतमा तीन दिनमा ९ नेपालीको मृत्यु

कुवेतमा तीन दिनमा ९ नेपालीको मृत्यु

विराटनगर । कुवेतमा तीन दिनमा ९ नेपालीको मृत्यु भएको छ । विषाक्त मदिरा सेवन गरेका कारण उनीहरूको मृत्यु भएको भनिएपनि यकिन कारण खुल्न बाँकी छ । केहीलाई डिस्चार्ज गरिएको छ भने केहीको उपचार भइरहेको नेपाली राजदूतावासलाई कुवेतस्थित अस्पतालले जानकारी दिएको छ । दुतावासका अनुसार मृत्यु हुनेहरूको विवरण सङ्कलन हुँदैछ । मेडिकल रिपोर्ट आएपछि मात्रै मृत्युको यकिन कारण खुल्ने जनाइएको छ । मेथानोल मदिराका कारण ...
रथयात्राको तयारी अन्तिम चरणमा पुग्यो : अध्यक्ष रेग्मी 

रथयात्राको तयारी अन्तिम चरणमा पुग्यो : अध्यक्ष रेग्मी 

विराटनगर । विराटनगरमा कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने ऐतिहासिक राधाकृष्ण रथयात्राको तयारी अन्तिम चरणमा पुगेको छ । यसपटक ५८ औं संस्करणको रथयात्रा भदौ १ गते निकालिँदैछ । विराटनगर-१ तीनपैनीस्थित राधाकृष्ण मन्दिरबाट दिउँसो ३ः३० बजे निकालिने रथयात्राले ट्राफिक चोक, रोडशेष, बरगाछी हुँदै मन्दिरसम्म आइपुग्दा ९ किलोमिटरको दुरी पार गर्नेछ । विस १९८८ सालबाट खटयात्रा सुरु गरिएको भएपनि विस २०२४ साथबाट...
भोजपुरमा घरेलु उद्योग दर्ता बर्सेनि घट्दै

भोजपुरमा घरेलु उद्योग दर्ता बर्सेनि घट्दै

भोजपुर । भोजपुरमा घरेलु उद्योग दर्ताको सङ्ख्या वर्षेनी घट्दै गएको छ । घरेलु उद्योग कार्यालयका अनुसार बर्सेनि घरेलु तथा साना उद्योग दर्ता घटेको हो । आर्थिक वर्ष २०७७/०७८ मा पाँच सय ९१ वटा उद्योग दर्ता भएकामा गत आर्थिक वर्षको असार मसान्तसम्म एक सय १० वटा मात्र उद्योग दर्ता भएका छन् । उद्योग दर्ता बर्सेनि घट्दो र खारेजीको सङ्ख्या बढ्दो क्रममा रहेको कार्यालयको भनाइ छ । कार्यालयको तथ्याङ्क अनुसार आ...
सुनसरीबाट नक्कली ‘व्याकुल माइला’ पक्राउ

सुनसरीबाट नक्कली ‘व्याकुल माइला’ पक्राउ

विराटनगर । सुनसरीबाट नक्कली ‘व्याकुल माइला’ पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुरको चौदण्डीगढी नगरपालिका-२ का ६० वर्षीय मिलन कुमार राई छन् । बिहीबार दिउँसो इटहरी उपमहानगरपालिका-६ बाट उनलाई पक्राउ गरिएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए । राष्ट्रिय गीत ‘सयौं थुङ्गा फूलका हामी...’ का असली सर्जक प्रदीपकुमार राई ‘व्याकुल माइला’ को नाममा ठगी गर्दै हिँडेको पाइएपछि उनलाई...
मोरङको पथरीमा ट्रकको ठक्करबाट महिलाको मृत्यु

मोरङको पथरीमा ट्रकको ठक्करबाट महिलाको मृत्यु

विराटनगर । मोरङको पथरी शनिश्चरे नगरपालिका-१ गोरखा डिपार्टमेन्ट अगाडि ट्रकले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु भएको छ । बिहीबार साँझ करिब ७ः१० बजे उर्लाबारीबाट बेलबारीतर्फ आउँदै गरेको को १ क ९७५१ नम्बरको ट्रकको ठक्करबाट महिलाको मृत्यु भएको हो । अन्दाजी ३० वर्षीया मृतक महिलाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी महिलालाई उपचारका लागि...
प्याब्सनका पूर्व केन्द्रीय अध्यक्ष पुरी ‘प्याब्सन रत्न’द्वारा सम्मानित

प्याब्सनका पूर्व केन्द्रीय अध्यक्ष पुरी ‘प्याब्सन रत्न’द्वारा सम्मानित

विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) का पूर्व अध्यक्ष टिकाराम पुरी ‘प्याब्सन रत्न’बाट सम्मानित भएका छन् । बुधबार काठमाडौंमा भएको एक कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले पुरीलाई सम्मान गरेका हुन् । विराटनगर-५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलका सञ्चालक तथा प्रिन्सिपल पुरीलाई शैक्षिक तथा सामाजिक क्षेत्रमा अतुलनीय योगदान पुर्याएको भन्दै सम्मान गरिएको हो । ...
बाल संगठनलाई पुनर्जीवित गराउनुपर्छ : मुख्यमन्त्री कार्की

बाल संगठनलाई पुनर्जीवित गराउनुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले नेपाल बाल संगठनलाई पुनर्जीवित गर्नुपर्ने बताएका छन् । आज विराटनगरमा नेपाल बाल संगठनले आयोजना गरेको कोशी प्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मुख्यमन्त्री कार्कीले बाल संगठनलाई नयाँ ढङ्गले पुनर्जीवित गरेर अगाडि बढाउन सके बालबालिकाको क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गर्न सकिने बताए । उनले न...
विराटनगरकी शान्तिदेवीले पाइन् ८९ वर्षको उमेरमा नागरिकता

विराटनगरकी शान्तिदेवीले पाइन् ८९ वर्षको उमेरमा नागरिकता

विराटनगर । विराटनगरकी एक वृद्धाले ८९ वर्षको उमेरमा नागरिकता पाएकी छिन् । विराटनगर महानगरपालिका-८ स्वागत चोककी शान्तिदेवी शर्माले ८९ वर्षमा नागरिकता पाएकी हुन् । शान्तिदेवीले नागरिकता पाएपछि उनका ३ छोरा र बुहारीहरूले पनि नागरिकता पाएका छन् । श्रीमान योगी शर्माको १७ वर्षअघि निधन भएपछि उनलाई नागरिकता बनाउन समस्या भएको थियो । नागरिकता पाएपछि उनलाई वृद्धभत्ता लिन सहज भएको वडाध्यक्ष राम पोखरेलले बता...
आज कोशीका ९ सहित ४० जिल्लामा बाढीको मध्यम जोखिम

आज कोशीका ९ सहित ४० जिल्लामा बाढीको मध्यम जोखिम

विराटनगर । आज कोशी प्रदेशका ९ सहित ४० जिल्लामा बाढीको मध्यम जोखिम रहेको छ । कोशीका इलाम, झापा, पाँचथर, मोरङ, तेह्रथुम, धनकुटा, ताप्लेजुङ, सङ्खुवासभा र उदयपुरमा बाढी आउन सक्ने सम्भावना छ । कोशी प्रदेशका इलाम, झापा, पाँचथर, मोरङ, तेह्रथुम, धनकुटा, ताप्लेजुङ, सङ्खुवासभा, उदयपुरमा बाढी आउन सक्ने सम्भावना छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशका डडेलधुरा, डोटी, बझाङ, बाजुरा, कैलाल...
धनकुटामा राष्ट्रिय युवा संघले गरेको रक्तदानमा ४८ पिन्ट रगत संकलन

धनकुटामा राष्ट्रिय युवा संघले गरेको रक्तदानमा ४८ पिन्ट रगत संकलन

धनकुटा । नेकपा एमाले निकट राष्ट्रिय युवा संघले आज धनकुटामा रक्तदान कार्यक्रम गरेको छ । नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा जिल्ला अस्पताल परिसरमा रक्तदान कार्यक्रम गरिएको हो । नेकपा एमालेका केन्द्रिय सदस्य एवं पूर्वमन्त्री राजेन्द्र कुमार राईले कार्यक्रम उद्‌घाटन गरेका छन् । सो अवसरमा बोल्दै नेता राईले रक्तदान गर्दा दान गर्ने व्यक्ति र रगत आवश्यक पर्ने दुवै पक्षलाई फाइदा हुने भन्दै वेला-व...
पाँचथरमा बाढी र पहिरोका कारण ६ वटा सडक अवरुद्व

पाँचथरमा बाढी र पहिरोका कारण ६ वटा सडक अवरुद्व

विराटनगर । पाँचथरमा अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण ६ वटा सडक अवरुद्ध भएका छन् । पाँचथरबाट विभिन्न स्थानलाई जोड्ने मुख्य सडकसहित भित्री सडक खण्ड अवरुद्ध भएका छन् । बाढीले डाइभर्सनमा क्षति पुऱ्याउँदा मेची राजमार्गको पाँचथर खण्ड, फिदिम फालोट सडक खण्ड र फालेलुङ-५ लुदिनटारको भित्रि सडक खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रूपेश तामाङले जानकारी दिए । यस्तै पहिरो...
इलाममा पहिरोले पुरिँदा वृद्धको मृत्यु

इलाममा पहिरोले पुरिँदा वृद्धको मृत्यु

इलाम । इलामको रोङ गाउँपालिका-४ मानाबुङमा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । बुधबार दिउँसो पहिरोमा पुरिएर सोही स्थानका ६० वर्षीय वीरबहादुर राईको मृत्यु भएको हो । प्रहरीका अनुसार कान कम सुन्ने र अविवाहित रहेका राई दिउँसो करिब १२ः३० बजे घरबाट पैदल हिँड्दै पश्चिमतर्फ जाँदै गर्दा पहिरोले पुरेको हो । घरबाट करिब ३ सय मिटर टाढा पुगेका वृद्धलाई नजिकैको खोल्साबाट लेदो र ढुंगामाटोसहितको पहिरोले पु...
विराटनगरमा बसको ठक्करबाट वृद्धको मृत्यु

विराटनगरमा बसको ठक्करबाट वृद्धको मृत्यु

विराटनगर । विराटनगर महानगरपालिका-४ पिपल चोकमा आज दिउँसो बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । विराटनगरबाट काकडभिट्टा जाँदै गरेको प्रदेश १-०१-००१ ख ४७०५ नम्बरको दिप यातायातको बसले दिउँसो करिब २ः३० बजे पैदलयात्रीलाई ठक्कर दिएको हो । ठक्करबाट विराटनगर-५ का ९२ वर्षीय दिलबहादुर खत्रीको मृत्यु भएको मोरङका ट्राफिक प्रहरी प्रमुख राजन लम्सालले संगालोखबरलाई जानकारी दिए । बसको ठक्करबाट बृद्ध खत्री गम...
विराटनगरको बालसुधार गृहमा झडप, प्रहरी घाइते

विराटनगरको बालसुधार गृहमा झडप, प्रहरी घाइते

विराटनगर । विराटनगरको बालसुधार गृहमा झडप भएको छ । आज केहीबेरअघि भएको झडपमा एक जना प्रहरी हबल्दार घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी हस्त सुनुवारले बालसुधार गृहमा झडप भएको पुष्टि गरे । उनले झडपमा प्रहरी पनि घाइते भएको जानकारी दिए । ‘झडप भएको हो । हामी अहिले यही छौं’, डीएसपी सुनुवारले संगालोखबरसँग भने, ‘अहिले अवस्था सामान्य भइसकेको छ । झडपको कारण खुल्न बाँकी छ ।’ अहिले मोरङ प...
यी हुन बाढी पहिरोका कारण पूर्णरूपमा अवरुद्ध ८ सडक

यी हुन बाढी पहिरोका कारण पूर्णरूपमा अवरुद्ध ८ सडक

विराटनगर । देशका विभिन्न स्थानमा बाढी र पहिरोका कारण आठ वटा सडक पूर्णरूपमा अवरुद्ध भएका छन् । सडक विभागका अनुसार एक सय ३९ वटा स्थानका सडक एकतर्फी सञ्चालनमा रहेका छन् । कोसी करिडोर अन्तर्गत संखुवासभाको बरुण नदीमा असार २९ गते आएको बाढीले डाइभर्सन बगाउँदा एक महिनादेखि सडक पूर्ण रूपमा अवरुद्ध रहेको विभागले जनाएको छ । नदीको बहाव घटेपछि मात्रै डाइभर्सन बनाइने जनाइएको छ । उक्त स्थानमा पुल निर्माण भइर...
सुनसरीको दुहबीमा ‘सेफ्टी ट्याङ्की’ भित्र भेटियो दुई जनाको शव

सुनसरीको दुहबीमा ‘सेफ्टी ट्याङ्की’ भित्र भेटियो दुई जनाको शव

विराटनगर । सुनसरीको दुहबी नगरपालिका-४ शिव मन्दिर चोकमा मा निर्माणाधीन घरको ‘सेफ्टी ट्याङ्की’ भित्र दुई जनाको शव फेला परेको छ । आज बिहान १० बजेतिर दुहबी-२ का ५० वर्षीय श्यामबहादुर तामाङ र ३२ वर्षीय रमेश राईको शव ‘सेफ्टी ट्याङ्की’ भित्र फेला परेको हो । प्रहरीका अनुसार तामाङ पेटी ठेकेदार र राई कामदार रहेको खुलेको छ । अहिले इलाका प्रहरी कार्यालय दुहबीबाट इन्स्पेक्टर नेतृत्वको टोली घटनास्थलमा खटिएक...
झुम्का कारागारबाट पर्खाल नाघेर भागे बलात्कार मुद्दाका कैदी 

झुम्का कारागारबाट पर्खाल नाघेर भागे बलात्कार मुद्दाका कैदी 

विराटनगर । सुनसरीको झुम्का कारागारबाट एक कैदी फरार भएका छन् । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका-२ घर भएका २८ वर्षीय रूपक पौडेल खत्री मंगलबार राति भागेका हुन् । कारागार प्रशासनका अनुसार उनी जबरजस्ती करणी मुद्दाका कैदी हुन् । सामूहिक बलात्कारको घटनामा संलग्न खत्रीलाई अदालतले पुर्पक्षका लागि २०८१ साउन २१ गते कारागार चलान गर्न आदेश दिएको थियो । जिल्ला अदालत सुनसरीले २०८१ चैत २५ गते खत्रीलाई १३ ...
नेपालले भारतलाई एक हजार मेगावाट बिजुली बेच्ने

नेपालले भारतलाई एक हजार मेगावाट बिजुली बेच्ने

विराटनगर । नेपालले भारतलाई एक हजार मेगावाट बिजुली बेच्ने भएको छ । नेपालले भारत र बङ्गलादेशमा गरी एक हजार ५० दशमलव ९ मेगावाट विद्युत निर्यातको अनुमति पाएको हो । पछिल्लो पटक अस्ति सोमवार थप दुई सय मेगावाट विद्युत निर्यातका लागि भारतले सहमति दिएपछि निर्यात अनुमति पाउने विद्युतको परिमाण एक हजार मेगावाट कटेको जनाइएको छ । यसअघि भारतमा ८ सय १० दशमलव ९ मेगावाट विद्युत निर्यातको अनुमति थियो । थपिएको दु...
झापामा खोलाले बगाउँदा ११ वर्षीय बालकको मृत्यु

झापामा खोलाले बगाउँदा ११ वर्षीय बालकको मृत्यु

झापा । झापाको दमक नगरपालिका-१० मा खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका इन्द्र प्रसाईँका ११ वर्षीय छोरा धर्मेन्द्र प्रसाईँ छन् । आज बिहान ७ बजे घर नजिकैको भालु खोलाले बालकलाई बगाएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनलाई खोलाले बगाइरहेको अवस्थामा उद्धार गरेर उपचारका लागि निम्स अस्पताल दमक लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ । शव तत्क...
उदयपुरमा जंगली च्याउ खाँदा एकै परिवारका ८ जना बिरामी

उदयपुरमा जंगली च्याउ खाँदा एकै परिवारका ८ जना बिरामी

विराटनगर । उदयपुरको चौदण्डीगढी नगरपालिका-९ अजगरामा जंगली च्याउ खाँदा एकै परिवारका आठ जना बिरामी परेका छन् । बिरामी पर्नेमा ८५ वर्षीया गवनी सदा, ६० वर्षीया गीता सदा, ३१ वर्षीया संजु सदा, २९ वर्षीया मन्जु सदा, २९ वर्षीया सरिता सदा, १० वर्षीया सन्ध्या सदा, ११ वर्षीया सन्जा सदा र वर्ष ५५ का लल्कु सदा छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार गवनी, गीता र सरितालाई थप उपचारका लागि बीपी कोइराला स्...
कृष्णप्रसाद सिग्देल पत्रकारिता पुरस्कार महेन्द्र विष्टलाई

कृष्णप्रसाद सिग्देल पत्रकारिता पुरस्कार महेन्द्र विष्टलाई

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङका पूर्वअध्यक्ष महेन्द्र विष्टलाई कृष्णप्रसाद सिग्देल स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । कृष्णप्रसाद सिग्देल स्मृति प्रतिष्ठानद्वारा आज विराटनगरमा आयोजित १६ औँ स्मृतिसभामा नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले विष्टलाई २१ हजार रुपैयाँ राशिको पुरस्कार प्रदान गरेका हुन् । उक्त समारोहलाई सम्बोधन गर्दै ज्ञवालीले राजनीतिक दलहरूले मुलुकको अर्थतन्त्र ...
error: Content is protected !!