संगालोखबर


विराटनगर । विराटनगरको अर्किड पब्लिक स्कुलले वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । सो अवसरमा स्कुलले एमबीबीएस तथा इन्जिनियरिङमा पूर्ण छात्रवृत्ति पाएका दुई विद्यार्थीलाई सम्मान गरेको छ ।

एमबिबिएसमा पूर्ण छात्रवृत्ति पाएका मञ्जिल दाहाल र इन्जिनियरिङमा पूर्ण छात्रवृत्ति पाएका अभिनव दत्तलाई सम्मान गरिएको हो । यस्तै विभिन्न विधामा उत्कृष्ट भएका विद्यार्थीहरूलाई समेत सम्मान गरिएको छ ।

कार्यक्रममा स्कुलका प्रिन्सिपल मनिष भट्टराईले विद्यालयले वार्षिकोत्सव कार्यक्रम मात्रै नभएर समर्पण, सहकार्य र सफलताको उत्सव मनाएको भएको बताए । शिक्षण पद्धतिलाई विद्यार्थी केन्द्रीत, प्रयोगात्मक र प्रविधिसँग जोडिएको बनाउने दिशामा निरन्तर प्रयास गरिरहेको उनको भनाइ थियो ।

शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख शालिकराम दाहालले विद्यार्थीलाई सीप संस्कारयुक्त शिक्षा दिनुपर्नेमा जोड दिए । विराटनगर १० का वडाध्यक्ष अर्जुन गिरीले विद्यार्थीलाई किताबी ज्ञानसँगै सीपयुक्त शिक्षा दिनुपर्ने उल्लेख गरे ।

विद्यालयका अध्यक्ष अमित ढकालले गुणस्तरीय शिक्षाकै कारण अर्किड स्कुल विद्यार्थी र अभिभावकको रोजाइमा पर्न सफल भएको बताए । विद्यालयका निर्देशक दिपेश बाँस्तोलाले विद्यार्थीहरूलाई उत्कृष्ट शैक्षिक वातावरण र गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालय सदैव कटिबद्ध रहेको उल्लेख गरे । कार्यक्रममा विद्यार्थीहरूले विभिन्न प्रतिभाहरू प्रस्तुत गरेका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!