सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तरगत धनकुटाका सबै मतदान केन्द्रमा कर्मचारी खटिएका छन् । निर्वाचन कर्मचारीहरू आवश्यक सामग्री बुझेर तोकिएको मतदान केन्द्रमा आजबाट खटिएका हुन् ।

मतदान प्रक्रियालाई व्यवस्थित र शान्तिपूर्ण बनाउन तालिम पश्चात् निर्वाचन आयोगको कार्यतालिका अनुसार कर्मचारीहरू केन्द्रमा खटिएका हुन् । मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा सहयोगी कर्मचारीहरूले मतपत्र, मतपेटिका, मतदान गोप्य कक्ष, छाप, मतदाता नामावली लगायतका ५१ प्रकार सामग्री बुझेका छन् ।

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि धनकुटामा १ लाख १८ हजार ४ सय २५ मतदाता छन् । धनकुटामा ५९ हजार ४ सय ८३ जना पुरुष र ५८ हजार ९ सय ४२ महिला मतदाता छन् । सात वटा स्थानीय तह रहेको धनकुटामा प्रतिनिधि सभा निर्वाचनका लागि एक मात्रै निर्वाचन क्षेत्र छ ।

निर्वाचनका लागि धनकुटामा एक सय १९ मतदान स्थलमा एक सय ६६ मतदान केन्द्र कायम गरिएको छ । यस्तै धनकुटामा २ वटा अस्थायी मतदान केन्द्र तोकिएका छन् । धनकुटामा निर्वाचनका लागि सुरक्षाकर्मी र निर्वाचन प्रहरी बाहेक एक हजार २ जना कर्मचारी खटिएका छन् ।

हरेक मतदान केन्द्रमा आज बेलुकासम्ममा कर्मचारी पुगिसकेका  जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिए । मतदातालाई तोकिएको समयमै मतदान केन्द्रमा उपस्थित भई आफ्नो मताधिकार प्रयोग गर्न समेत आग्रह गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!