धनकुटामा कवि उत्तम लिम्बूको एकल कविता कन्सर्ट

धनकुटामा कवि उत्तम लिम्बूको एकल कविता कन्सर्ट

धनकुटा । धनकुटामा युवा कवि उत्तम तुम्सा लिम्बूको एकल कविता कन्सर्ट भएको छ । स्वतन्त्र विद्यार्थी युनियन धनकुटा क्याम्पससँग समन्वय गरेर अग्रदीप साप्ताहिक धनकुटाले कविता कन्सर्ट आयोजना गरेको हो ।  कवि लिम्बूले ठूलीले जाँड बेच्न छाडिन्, मुलुक कहिले फर्किन्छस् ठुले, हजुरलाई एउटा प्रश्न, तस्बिरमा अल्झिएको सम्झनाको मफलर युगका स्वरहरू र म त्यहीँ हुनेछु लगायतका कविता प्रस्तुत गरेका थिए । यस्तै उनले भी...
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

विराटनगर । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । दुई दिनसम्म लगातार घटेको सुनको मूल्य आज प्रतितोला एक हजार तीन सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ९४ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला एक लाख ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा ३५ रुपैयाँले ...
विराटनगरमा ट्रकमा मोटरसाइकल ठोक्किँदा चौधरीको मृत्यु

विराटनगरमा ट्रकमा मोटरसाइकल ठोक्किँदा चौधरीको मृत्यु

विराटनगर । विराटनगर महानगरपालिका-४ दुधफारममा प्रहरीले चेकजाँचका लागि रोकेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक सुनसरीको बर्जु गाउँपालिका-६ का २८ वर्षीय पुष्पकुमार चौधरीको मृत्यु भएको हो । बुधबार राति करिब साढे ८ बजे कोशी राजमार्गको दुधफारम चोकमा नेमुवातर्फ जाँदै गरेको प्रदेश १-०२-००१ क ५१८९ नम्बरको मिनी ट्रकलाई प्रहरीले रोकेर चेक जाँच गर्ने क्रममा सोही...
शिक्षा विधेयकमा निजी विद्यालय सञ्चालकद्वारा आन्दोलन घोषणा, यस्ता छन् पाँच बुँदे माग

शिक्षा विधेयकमा निजी विद्यालय सञ्चालकद्वारा आन्दोलन घोषणा, यस्ता छन् पाँच बुँदे माग

काठमाडौं । निजी विद्यालयका सञ्चालकहरूले आन्दोलनको घोषणा गरेका छन् । नेशनल प्याब्सन र प्याब्सनले संयुक्त पत्रकार सम्मेलन गर्दै भोलिबाट आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् । सङ्घीय संसदबाट पारित गर्न लागिएको विद्यालय शिक्षा सम्बन्धी विधेयक २०८० मा आफ्ना मागहरू सम्बोधन नभएको भन्दै आन्दोलनको घोषणा गरिएको हो । भोलि बिहान ११ वजे देखि १ बजेसम्म माइतीघर मण्डलामा सम्पूर्ण प्रिन्सिपलहरू ब्यानर सहित नया...
इलामको पुवा खोलामा बेलिब्रिज सञ्चालन

इलामको पुवा खोलामा बेलिब्रिज सञ्चालन

विराटनगर । इलाम नगरपालिका-९ र ११ जोड्ने पुवा खोलामा बेलिब्रिज संचालनमा आएको छ । आज भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बेलिब्रिजको संयुक्त रूपमा उद्‌घाटन गरेका हुन् । भारत सरकारको सहयोगमा जडान भएको बेलिब्रिज सञ्चालनमा आएसँगै ताप्लेजुङ, पाँचथर र इलामका बासिन्दालाई झापासम्म आवत-जावत गर्न सहज भएको छ । बेलिब्रिज ४८.८ मिटर लामो रहेको सड...
मानव अधिकारको संरक्षणमा सबै पक्षको भूमिका बराबरी हुन्छ : मुख्यमन्त्री कार्की

मानव अधिकारको संरक्षणमा सबै पक्षको भूमिका बराबरी हुन्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मानव अधिकारको संरक्षण गर्नु राज्यको मात्र नभई सबैको साझा जिम्मेवारी भएको बताएका छन् । आज विराटनगरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले राज्य नै सबै हो भन्ने सोच राख्न नहुने बताउँदै मानव अधिकारको संरक्षणमा सबै पक्षको बराबरी भूमिका हुने बताएका हुन् । उनले सरकार नीतिनियम निर्माण र सहजिकरणका लागि जिम्मेवार रहने स्पष्ट पार्दै यसका लाग...
सुनसरीको झुम्का कारागारका एक कैदीको मृत्यु

सुनसरीको झुम्का कारागारका एक कैदीको मृत्यु

विराटनगर । सुनसरीको झुम्का कारागारका एक कैदीको मृत्यु भएको छ । लागूऔषध मुद्दामा धरौटी बुझाउ नसक्दा कारागार परेका २८ वर्षीय विकास राईको मृत्यु भएको हो । भोजपुरको हतुवागढी गाउँपालिका-८ घर भई धरान उपमहानगरपालिका-१२ बस्दै आएका राई आज बिहान एक्कासि बेहोस भएर ढलेपछि जिल्ला अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको झम्का कारागारका जेलर सुवास लामिछानेले जानकारी दिए । ‘बेलुका औषधी खाएर सुते...
सुनसरीबाट मलद्वारमा लुकाएर लागूऔषध ल्याउँदै गर्दा दुई जना पक्राउ

सुनसरीबाट मलद्वारमा लुकाएर लागूऔषध ल्याउँदै गर्दा दुई जना पक्राउ

सुनसरी । सुनसरीबाट मलद्वारमा लुकाएर लागूऔषध ल्याउँदै गर्दा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इटहरी-५ का ३२ वर्षीय विशाल लिम्बू र ३५ वर्षीय गणेश तामाङ छन् । सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार इनरुवा-४ स्थित बसपार्कमा चेकजाँचका क्रममा लागूऔषध ब्राउन सुगर बरामद भएको हो । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले मंगलबार राति पश्चिमबाट पूर्व आउँदै गरेको प्रदेश १-०२-०५१ ...
धरानमा छोराले चक्कु प्रहार गर्दा बुबा घाइते

धरानमा छोराले चक्कु प्रहार गर्दा बुबा घाइते

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-१ शुभलक्ष्मी मार्गमा छोराले चक्कु प्रहार गर्दा बुबा घाइते भएका छन् । मंगलबार दिउँसो ३२ वर्षीय छोरा सन्तोष राउतले चक्कु प्रहार गर्दा ६० वर्षीय बुबा मणिकुमार राउत घाइते भएका हुन् । सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार मणिकुमारको टाउकोमा चक्कु प्रहार भएको छ । उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचार भइरहेको छ । चक्कु प्रहा...
सुनको मूल्य दुई दिनमा २८ सय रुपैयाँ घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य दुई दिनमा २८ सय रुपैयाँ घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

विराटनगर । आज पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार ६ सय रुपैयाँले घटेको हो । आज सुन प्रतितोला एक लाख ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । मंगलबार सुन प्रतितोला एक हजार दुई सय रुपैयाँले घटेर एक लाख ९५ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज च...
पूर्वराष्ट्रपति भण्डारीले एमाले मोरङ पार्टी कार्यालय पुगेर के भनिन् ?

पूर्वराष्ट्रपति भण्डारीले एमाले मोरङ पार्टी कार्यालय पुगेर के भनिन् ?

विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज दिउँसो एमाले मोरङ पार्टी कार्यालय पुगेकी छन् । उनले मदन भण्डारी, मनमोहन अधिकारी र पुष्पलाल श्रेष्ठको सालिकमा माल्यार्पण गरिन भने कार्यकर्ताहरूलाई सम्बोधन पनि गरेकी छन् । पार्टी कार्यालय पुगेकी भण्डारीलाई एमाले जिल्ला कमिटी र महानगर कमिटीका नेताहरूले स्वागत गरे । कार्यकर्ताहरूलाई सम्बोधन गर्दै उनले भूकम्पपछि पहिलोपटक एमाले मोरङ पार्टी कार्यालय आएक...
उदयपुरबाट खोला किनारमा बेवारिसे राखिएको कारबाट गाँजा बरामद

उदयपुरबाट खोला किनारमा बेवारिसे राखिएको कारबाट गाँजा बरामद

विराटनगर । उदयपुरको बेलका नगरपालिका-२ स्थित जगना खोला किनारबाट प्रहरीले गाँजा बरामद गरेको छ । प्रहरीले कारभित्र र खोला किनारबाट २ सय ४० किलो गाँजा बरामद गरेको हो । सोमबार खोला किनारमा बेवारिसे अवस्थामा रहेको बा २१ च १८११ नम्बरको कारबाट दुई बोरा र खोला किनारबाट सात वटा बोरामा प्याक गरेर राखेको अवस्थामा गाँजा बरामद भएको प्रहरीले जनाएको छ । कार र गाँजा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा राखि...
पूर्वराष्ट्रपति भण्डारी १० वर्षपछि एमाले मोरङ पार्टी कार्यालय जाँदै 

पूर्वराष्ट्रपति भण्डारी १० वर्षपछि एमाले मोरङ पार्टी कार्यालय जाँदै 

विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी १० वर्षपछि नेकपा एमाले मोरङको पार्टी कार्यालय पाञ्चाली जाने भएकी छन् । सोमबार विराटनगर आएकी भण्डारी आज १ बजेपछि पार्टी कार्यालय जाने उनको सचिवालयले जनाएको छ । मोरङ एमाले पार्टी कार्यालय मदन आश्रित भवन पनि भएकाले भण्डारी त्यहाँ जान लागेकी बताइएको छ । पूर्वराष्ट्रपति भण्डारीले कार्यकर्ता भेटघाट कार्यक्रम गर्न लागेको भन्दै एमाले कोशी प्रदेश अध्यक्ष घन...
झापामा शरीरमा पेट्रोल छर्केर आगो लगाएकी महिलाको मृत्यु

झापामा शरीरमा पेट्रोल छर्केर आगो लगाएकी महिलाको मृत्यु

झापा । झापामा आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएकी महिलाको मृत्यु भएको छ । शरीरमा आगो लगाउने दमक नगरपालिका-१ भानु चोककी ३० वर्षीया शोभा साहको मृत्यु भएको हो । प्रहरीका अनुसार सोमबार दिउँसो घरमा एक्लै भएका बेला उनले पेट्रोल छर्केर आफ्नो शरीरमा आगो लगाएकी थिइन् । जलेर घाइते भएकी उनलाई दमक अस्पतालमा सामान्य उपचारपश्चात धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । तर त्य...
विराटनगरका मनिष अफगानिस्तानको गोलकिपर प्रशिक्षक नियुक्त

विराटनगरका मनिष अफगानिस्तानको गोलकिपर प्रशिक्षक नियुक्त

विराटनगर । विराटनगरका मनिष तिम्सिना अफगानिस्तानको राष्ट्रिय फुटबल टोलीको गोलकिपर प्रशिक्षक नियुक्त भएका छन् । एएफसी गोलकिपिङ ‘ए’ डिप्लोमा लाइसेन्स प्राप्त गर्ने पहिलो नेपाली प्रशिक्षक मनिष विदेशी राष्ट्रिय टोलीलाई प्रशिक्षण दिने पहिलो नेपाली प्रशिक्षक बनेका छन् । उनले आफू अफगानिस्तानको राष्ट्रिय फुटबल टोलीको गोलकिपर प्रशिक्षकका रूपमा काम शुरू गर्न लागेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ...
झापामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा पत्नीको मृत्यु, पति घाइते

झापामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा पत्नीको मृत्यु, पति घाइते

विराटनगर । झापाको दमक नगरपालिका-७ पशुडाँडामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा महिलाको मृत्यु भएको छ । दुर्घटनामा पुरुष घाइते भएका छन् । दुर्घटनामा मोटरसाइकल पछाडि सवार कमल गाउँपालिका-५ की ४२ वर्षीया मुना गौतमको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाइकल चालक ४३ वर्षीय शुकदेव गौतम घाइते भएका छन् । प्रहरीका अनुसार उनीहरू पति-पत्नी हुन् । आज बिहान करिब ८ बजे दमकबाट पाडाजुँगीतर्फ जाँदै गरेको प्र १-०२-००...
झापामा दुर्घटनामा परेर घाइते भएका व्यक्तिको सुनको सिक्री चोरी, दुई जना पक्राउ

झापामा दुर्घटनामा परेर घाइते भएका व्यक्तिको सुनको सिक्री चोरी, दुई जना पक्राउ

झापा । झापामा दुर्घटनामा परेर घाइते भएका व्यक्तिको सुनको सिक्री चोरी भएको छ । शिवसताक्षी नगरपालिका-८ स्थित झिलझिले बजारमा स्कुटर दुर्घटनामा परेर घाइते भएका व्यक्तिको सिक्री चोरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले चोरीमा संलग्न शिवसताक्षी-८ का २८ वर्षीय सुरज हलुवाई र २६ वर्षीय गोबिन हाङ लिम्बूलाई पक्राउ गरेको छ । गत साउन २९ गते कमल गाउँपालिका-६ का ३० वर्षीय मनोज लिम्बू दोमुखा...
सुनको मूल्य तोलामा १२ सय रुपैयाँ घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य तोलामा १२ सय रुपैयाँ घट्यो, कतिमा हुँदैछ कारोबार ?

विराटनगर । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार दुई सय रुपैयाँले घटेको हो । आज सुन प्रतितोला एक लाख ९५ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । सोमबार सुन प्रतितोला एक लाख ९६ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि घटेको महासङ्घले जनाएको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा १५ रु...
उदयपुरका कमल चौधरीको कोरियामा मृत्यु

उदयपुरका कमल चौधरीको कोरियामा मृत्यु

विराटनगर । रोजगारीका लागि दक्षिण कोरिया पुगेका उदयपुरको चौदण्डीगढी-५ बेल्हाका कमल चौधरीको मृत्यु भएको छ । डेढ महिनादेखि कोरियाको बुसानस्थित अस्पतालमा अचेत अवस्थामा रहेको चौधरीको मृत्यु भएको हो । एक्कासि ढलेर अचेत बनेका उनको उपचारकै क्रममा मृत्यु भएको जनाइएको छ । उनी के कारणले अचेत भए भन्ने खुल्न सकेको छैन । उनले अचेत हुनभन्दा एक महिना अगाडि काम गर्दै आएको कम्पनी छाडेर काम खोजिरहेको बुझिएको छ । ...
आज कोशी र बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

आज कोशी र बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

विराटनगर । आज देशभर साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड र तराईका केही स्थानहरूमा र मधेश प्रदेशको तराईका  एक/दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी र बागमती प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज राति कोशी र गण्डकी प्रदेश लगायत बाँ...
पार्टीको विधान र प्रक्रिया अनुसार सदस्यता नवीकरण भइसकेको  छ : पूर्वराष्ट्रपति भण्डारी

पार्टीको विधान र प्रक्रिया अनुसार सदस्यता नवीकरण भइसकेको  छ : पूर्वराष्ट्रपति भण्डारी

विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीको विधान र प्रक्रिया अनुसार आफ्नो सदस्यता नवीकरण भइसकेको जिकिर गरेकी छन् । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले राष्ट्रपतिको कार्यकाल सकिएपछि आफूले विधिवत रूपमा सदस्यता नवीकरण गरेको बताएकी हुन् । उनले आफूलाई गुट चलाउन नआउने भन्दै त्यसको प्रतिवाद गरेकी छन् । आफू एमालेको सङ्गठित सदस्य र कार्यकर्ता नै रहेको बताउँदै उनले ...
धनकुटाबाट लागूऔषधसहित एक जना पक्राउ

धनकुटाबाट लागूऔषधसहित एक जना पक्राउ

धनकुटा । धनकुटाबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहिदभूमि गाउँपालिका-६ का २७ वर्षीय अशोक राई छन् । धनकुटा नगरपालिका-१० उत्तरपानीमा डेरा गरेर बस्दै आएका राईको कोठामा खानतलासी गर्दा लागूऔषध र प्रतिबन्धित औषधी फेला परेको प्रहरीले जनाएको छ । धनकुटा प्रहरीका अनुसार उनको कोठाबाट ट्रामोल ६ सय १० पिस, प्रतिबन्धित औषधिहरू डेकोलिक पाँच सय ९० पिस,  स्पास्पेन ६० पिस, स्पाज्मो ९४ प...
३६ हजार साउदी रियालसहित सप्तरीबाट एक जना पक्राउ

३६ हजार साउदी रियालसहित सप्तरीबाट एक जना पक्राउ

सप्तरी । सप्तरीको राजविराज विमानस्थलबाट साउदी रियालसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको खडक नगरपालिका-११ का ३३ वर्षीय मोहमद खुर्सिद आलम रहेका छन् । सप्तरी प्रहरीका अनुसार बुद्ध एयरको जहाजबाट काठमाडौं जान लागेका आलमलाई विमानस्थलमा खटिएको प्रहरीले चेकजाँच गर्दा स्रोत नखुलेको साउदी रियाल ३५ हजार नौ सय ७६ बरामद गरेको हो । उनले रकमको श्रोत खुलाउन नसकेपछि पक्राउ गरेर आवश्यक कानुन...
कोशीमा पहिलो पटक प्रदेश राजस्व कार्यालय स्थापना

कोशीमा पहिलो पटक प्रदेश राजस्व कार्यालय स्थापना

विराटनगर । कोशी प्रदेश सरकारले पहिलोपटक प्रदेश राजस्व कार्यालय स्थापना गरेको छ ।  प्रदेशको राजस्व संकलनमा सहजीकरण गर्ने उद्देश्यले कार्यालय खोलिएको हो । प्रदेशको क्षेत्राधिकार क्षेत्रभित्र पर्ने विषयमा आवश्यक सहजीकरण गर्न र प्रदेशको राजस्वलाई वृद्धि गर्नको लागि आजदेखि सञ्चालनमा ल्याइएको हो । सुनसरीको इटहरीमा स्थापना गरिएको प्रदेश राजस्व कार्यालयको आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना ...
धरानमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

धरानमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

विराटनगर । सुनसरीको धरानमा स्कुटरले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । दुर्घटनामा धरान-१ की ५८ वर्षीया सरिता बिकको मृत्यु भएको हो । आइतबार दिउँसो ३ः४० बजे धरान-१ पुरानो बजार स्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको बागमती प्रदेश ०२-०१८ प ६५२४ नम्बरको स्कुटरले बिकलाई ठक्कर दिएको थियो । स्कुटरको ठक्करबाट गम्भीर घाइते भएकी बिकको विराट नर्सिङ होम विराटनगरमा साँझ ७ः३० बजे उपच...
उर्लाबारीमा कारबाट लागूऔषध बरामद, तीन जना पक्राउ

उर्लाबारीमा कारबाट लागूऔषध बरामद, तीन जना पक्राउ

विराटनगर । मोरङको उर्लाबारी-९ बाट कारमा ल्याइँदै गरेको अवस्थामा ठूलो मात्रामा लागूऔषध बरामद भएको छ । लागूऔषध बरामद भएसँगै प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार झापाको दमक नगरपालिका-४ का ४३ वर्षीय केदार ओझा, मोरङको उर्लाबारी नगरपालिका-४ की २२ वर्षीया एन्जिला दाहाल र उर्लाबारी-७ का ३२ वर्षीय सुजन सेन्दाङ पक्राउ परेका हुन् । गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई आ...
रथयात्रामा शंकास्पद र अवाञ्छित गतिविधि गर्ने ५७ जना प्रहरीको नियन्त्रणमा

रथयात्रामा शंकास्पद र अवाञ्छित गतिविधि गर्ने ५७ जना प्रहरीको नियन्त्रणमा

विराटनगर । ऐतिहासिक राधाकृष्ण रथयात्राका क्रममा प्रहरीले ५७ जनालाई नियन्त्रणमा लिएको छ । आइतबार विराटनगरमा निकालिएको रथयात्रामा मौका छोपेर शंकास्पद र अवाञ्छित गतिविधि गर्नेहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका मध्ये ४ जना महिला र ५३ जना पुरुष रहेका मोरङका प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालले जानकारी दिइन् । ४ जना महिलालाई भने आइतबार राति नै छाडिएको छ भने पुरुषहरूका विषयमा प...
विकास निर्माणका काममा जिल्लावासी सबैको सहयोग हुनुपर्छ : योगेश भट्टराई

विकास निर्माणका काममा जिल्लावासी सबैको सहयोग हुनुपर्छ : योगेश भट्टराई

ताप्लेजुङ । नेकपा एमालेका केन्द्रीय सचिव तथा प्रतिनिधि सभा सदस्य योगेश कुमार भट्टराईले निजी क्षेत्रले गरिरहेको विकासमा अवरोध पुर्याउन नहुने बताएका छन् । आज प्रेस चौतारी नेपाल ताप्लेजुङले सदरमुकाम फुङ्लिङमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै भट्टराईले यस्तो बताएका हुन् । उनले विकास निर्माणका काममा जिल्लावासी सबैको साथ सहयोग हुनुपर्ने बताए । विकासका गतिविधिहरूले पहिचानको विषयमा खेलबा...
सुनसरीको धरानबाट ७२ किलो गाँजासहित पाँच जना पक्राउ

सुनसरीको धरानबाट ७२ किलो गाँजासहित पाँच जना पक्राउ

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-२० ओशो पार्कस्थित जंगलबाट ७२ किलो गाँजासहित पाँच जना पक्राउ परेका छन् । आज बिहान ८ बजे अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई गाँजासहित नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा धरान-२० का ३० वर्षीय रूपेश राई, २० वर्षीय मिलन राई, २५ वर्षीय रंजित राई, धनकुटाको सहिदभूमि गाउँपालिका–३ घर भई इटहरी-१० बस्दै आएका ३४ वर्षीय प्रदिप राई र धरान-१३ का...
खोलाले मोटरसाइकल बगाउँदा बेपत्ता धरानकी अनिताको शव तीन दिनपछि फेला

खोलाले मोटरसाइकल बगाउँदा बेपत्ता धरानकी अनिताको शव तीन दिनपछि फेला

सुनसरी । सुनसरीको बराहक्षेत्र-१ को दुध खोलाले मोटरसाइकलसहित बगाउँदा बेपत्ता भएकी धरान-१६ की १९ वर्षीया अनिता राईको शव फेला परेको छ । उनको शव आज बिहान बराहक्षेत्र नगरपालिका-९ राजाबासस्थित सप्तकोसी नदी किनारमा फेला परेको हो । गत शुक्रबार मदन भण्डारी राजमार्गको दुध खोलाले बुबा-छोरीलाई बगाएको थियो । स्थानीय र प्रहरीको सहयोगमा बुवा जीवन राईलाई जीवितै उद्धार गरिए पनि अनिता भने बेपत्ता भएकी थिइन् । उ...
रथयात्रामा सादा पोशाकसहितका एक हजार बढी सुरक्षाकर्मी परिचालन  

रथयात्रामा सादा पोशाकसहितका एक हजार बढी सुरक्षाकर्मी परिचालन  

विराटनगर । विराटनगरमा आज ५८ औं संस्करणको राधाकृष्ण रथयात्रा निकालिँदैछ । दक्षिण एसियाकै दोस्रो ठूलो दाबी गरिएको रथयात्रामा नेपालसहित भारतबाट पनि हजारौंको संख्यामा भक्तजनहरू आउँछन् । रथयात्रालाई व्यवस्थित र मर्यादित बनाउन सुरक्षा व्यवस्था कडा पारिएको छ । रथयात्राका क्रममा चोरी तथा उच्छृङ्खल गतिविधि हुने सम्भावना बढी भएकाले त्यस गतिविधिमा संलग्नलाई तत्कालै नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्...
error: Content is protected !!