संगालोखबर
फाइल तस्बिर

धनकुटा । धनकुटा बजारमा लाग्दै आएको साप्ताहिक बिहीबारे हाट निर्वाचनका कारण बन्द हुने भएको छ । भोलि हुने प्रतिनिधि सभा निर्वाचनको मतदान केन्द्र निर्धारण भएकाले हटिया बन्द हुने भएको हो ।

धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईद्वारा जारी सूचनामा मतदान केन्द्र निर्धारण भएकाले हाट नलाग्ने उल्लेख गरिएको छ ।

धनकुटा नगरपालिका-५ कोप्चेस्थित ऐतिहासिक साप्ताहिक बिहीबारे हाट सय वर्षभन्दा पनि अघि सुरु भएको मानिन्छ । यस स्थानलाई जिल्लामा उत्पादन भएका कृषिजन्य उत्पादन बिक्री गर्ने मुख्य थलोका रूपमा लिइन्छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!