
विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच हजार छ सय रुपैयाँ बढेको हो ।
आज सुनको मूल्य प्रतितोला तीन लाख २६ हजार एक सय रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला तीन लाख २० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ३५ रुपैयाँ बढेर छ हजार २० रुपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रतितोला पाँच हजार नौ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।


संगालोखबर 















