
धनकुटा । केहिदिन अगाडिसम्म निकै भिडभाड र चहलपहल देखिने धनकुटा बजार सुनसान बनेको छ । धनकुटा बस्ने दलका नेता-कार्यकर्ता र विद्यार्थीहरू निर्वाचन नजिकिएसँगै भोट हाल्न गाउँ गएपछि बजार सुनसान बनेको हो ।
जिल्ला सदरमुकाम धनकुटामा कर्मचारी, विद्यार्थी र विभिन्न राजनीतिक दलका नेता-कार्यकर्ताहरू बस्छन् । अधिकांश विद्यार्थीहरू अन्यत्र जिल्ला तथा गाउँबाट अध्ययनका लागि धनकुटामा बस्ने गरेका छन् ।
यसैगरी बाहिरबाट व्यापार-व्यावसाय गर्न आउने व्यापारी पनि धनकुटा बजारमा बस्छन् । धनकुटामा पूर्वी पहाडी जिल्ला भोजपुर, सङ्खुवासभा, तेह्रथुम र तराईका केही जिल्लाबाट समेत अध्ययनका लागि आएका विद्यार्थीहरू बस्छन् । उनीहरू आफ्नै ठाउँमा फर्किएपछि सोमबारदेखि नै धनकुटा बजार सुनसान र चकमन्न बनेको छ ।

संगालोखबर 















