
विराटनगर । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि विराटनगरको रानीसहितका नेपाल-भारत सीमा नाका बन्द गरिएको छ । सोमबार राति १२ बजेदेखि देशभरका सीमा नाका बन्द गरिएको हो ।
सोमबार राति १२ बजेदेखि बन्द भएका सीमा नाका फागुन २१ गते राति १२ बजेसम्म बन्द हुनेछन् । निर्वाचनको सुरक्षाका लागि भारतीय सीमा क्षेत्रमा सीमा सुरक्षा बल (एसएसबी) र नेपालका सुरक्षा निकायले सीमा क्षेत्रमा संयुक्त रुपमा गस्ती पनि गरिरहेका छन् ।

संगालोखबर 















