
विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य पाँच सय रुपैयाँ घटेको हो ।
आज सुन प्रतितोला तीन लाख १४ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । बिहीबार सुन प्रतितोला तीन लाख १५ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य बढेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँ बढेर पाँच हजार सात सय ४० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला पाँच हजार सात सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 















