संगालोखबर


विराटनगर । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले विराटनगरको साख फर्काउने कामको नेतृत्व विनोद ढकालले मात्र गर्न सक्ने बताएका छन् । आज विराटनगरमा मोरङ-६ का एमाले उम्मेदवार ढकालको अन्तिम चुनावी सभालाई सम्बोधन गर्दै भट्टराईले यस्तो बताएका हुन् ।

विराटनगरलाई अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउन र यहाँका बासिन्दाको आत्मसम्मान बढाउने काम एमाले नेता ढकालले मात्रै गर्न सक्ने उनले दाबी गरे । मोरङ-६ ले ढकाल जस्तो योग्य र प्रतिभाशाली प्रतिनिधि खोजिरहेको उनले बताए ।

उम्मेदवार विनोद ढकालले मुलुकको राजनीतिक स्थायित्वका लागि एमालेलाई निर्णायक तहमा पुर्याउन आवश्यक रहेको बताए । विराटनगरले सही प्रतिनिधि पाउन नसकेका कारण हरेक क्षेत्रमा पछि पर्दै गएको उनले उल्लेख गरे ।

विराटनगर सहित क्षेत्र नं. ६ को शिक्षा, स्वास्थ्य लगायतको समग्र विकासका लागि अमूल्य मतदान गरि आफूलाई विजयी गराउन उनले आग्रह गरे । विराटनगर महानगरपालिकाको कार्यालयमा सुरु भएको र्‍याली महेन्द्र चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

चुनावी सभामा एमाले पूर्व उपाध्यक्ष गुरु बराल, पूर्वस्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री लालबाबु पण्डित, केन्द्रीय सदस्य पर्शुराम बस्नेत लगायतका नेता कार्यकर्ताहरू सहभागि थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!