संगालोखबर
तस्बिर : एआईको सहयोगमा

विराटनगर । सुनसरीको बर्जु गाउँपालिका-१ शुक्रबारेमा ट्रकले तीन जना सवार मोटरसाइकललाई ठक्कर दिँदा एक किशोरको मृत्यु भएको छ । दुर्घटनामा सुनसरीको इनरुवा नगरपालिका-१० का १६ वर्षीय कुन्दन पौदारको मृत्यु भएको हो ।

आइतबार साँझ ७ः३० बजेतिर भएको दुर्घटनामा गम्भीर घाइते भएका पौदारलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा सवार इनरुवा-१० का अन्दाजी ४५ वर्षीय महानन्द पौदार र अन्दाजी २० वर्षीय सन्तोष मेहता घाइते भएका छन् । घाइतेमध्ये महानन्दको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुवै घाइतेको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी चन्द्र खड्काले बताए ।

विराटनगरबाट चिमडीतर्फ जाँदै गरेको ना ६ ख २२५६ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको को ३१ प ५५४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

प्रहरीले ट्रक चालक सप्तरीको तिरहुत गाउँपालिका-५ का अन्दाजी ३३ वर्षीय विनोदकुमार मेहतालाई नियन्त्रणमा लिएको छ ।मोटरसाइकलको तीव्र गति तथा ट्रक चालकको असावधानीका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!