संगालोखबर


विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले यस वर्षको होली पर्वलाई निर्वाचन आचारसंहिताको संवेदनशीलतालाई मध्यनजर गर्दै आ–आफ्नो घर परिसरभित्रै सीमित भएर मनाउन आग्रह गरेको छ ।

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मौन अवधिमा होली पर्व परेकाले सुरक्षा र आचारसंहिता पालनाका लागि प्रशासनले सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाद्वारा जारी सूचनामा यस वर्षको होली घर बाहिरका सार्वजनिक स्थलहरूमा नमनाउन भनिएको छ ।

प्रशासनले सार्वजनिक स्थानमा आर्केस्ट्रा, डिजे वा चर्को स्वरमा सङ्गीत नबजाउन तथा कुनै पनि किसिमका सामूहिक भोजभतेर, सांस्कृतिक कार्यक्रम र प्रतियोगिताहरू आयोजना नगर्न समेत सूचित गरेको छ । निर्वाचनको मौन अवधिलाई लक्षित गरी भीडभाड र तडकभडक रोक्न यस्तो कदम चालिएको प्रशासनको भनाइ छ ।

प्रशासनले निर्वाचन आचारसंहिता विपरीतका कुनै पनि प्रकृतिमा कार्य नगर्न र नगराउन सचेत गराउँदै यदि कसैले सूचनाको उल्लङ्घन गरेको पाइएमा प्रचलित कानून अनुसार तत्काल कडा कारबाही गरिने चेतावनी दिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!