संगालोखबर


धनकुटा । प्रतिनिधि सभा निर्वाचन आउँन केहिदिन मात्रै बाँकी हुँदा धनकुटामा नेपाली सेनाले सुरक्षा गस्तीलाई तीव्र पारेको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण सम्पन्न गर्न जिल्लाभरी सेनाले सुरक्षा गस्तीलाई तीव्र पारेको हो ।

भीमदल गण सल्लेरीका अनुसार धनकुटामा रहेका १ सय १९ मतदान स्थल र १ सय ६६ मतदान केन्द्रमा सेनाको सुरक्षा टोलीले गस्ती गरिरहेको छ । एकीकृत निर्वाचन सुरक्षा योजनामा अनुसार जिल्लाका सातवटै पालिकामा आवश्यकता अनुरूप सेना परिचालन गरिएको गणले जनाएको छ ।

आपतकालीन अवस्था साथै निर्वाचन सामग्रीहरूको सुरक्षा र सम्भावित जोखिम न्यूनिकरण गर्ने उद्देश्यले सेनाले सुरक्षा गस्ती बढाएको हो । प्रतिनिधि सभा सदस्यका लागि एउटा मात्रै निर्वाचन क्षेत्र रहेको धनकुटामा १ लाख  १८ हजार ४ सय २५ मतदाता छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!