संगालोखबर
फाइल तस्बिर

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मोरङमा मदिराको बिक्री, वितरण तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले सूचना जारी गर्दै निर्वाचन अवधिभर सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको जानकारी दिएको हो । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि यस्तो निर्णय गरिएको जनाइएको छ ।

गृह मन्त्रालयको निर्णयअनुसार निर्वाचन हुनुभन्दा ७ दिन अगाडि अर्थात २०८२ फागुन १४ गतेदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्मका लागि यो प्रतिबन्ध लागूहुनेछ ।

यस अवधिमा मोरङ जिल्लाभर घरेलु मदिरा उत्पादन गर्न, सबै प्रकारका मादक पदार्थहरूको बिक्री वितरण गर्न र सेवन गर्न निषेध गरिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाद्वारा हस्ताक्षरित सूचनामा कसैले नियम उल्लंघन गरी मदिराजन्य क्रियाकलाप गरेको पाइएमा प्रचलित कानुन बमोजिम तत्काल कडा कानुनी कारबाही गरिने उल्लेख गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!