
विराटनगर । मोरङको कटहरी गाउँपालिका-३ बाट स्रोत नखुलेको रकमसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जहदा गाउँपालिका-२ का अन्दाजी २४ वर्षीय विशाल टुडू छन् ।
प्रदेश १-०२-००२ च ६६१० नम्बरको पिकअप गाडी नियन्त्रणमा लिएर खानतलासी गर्दा स्रोत नखुलेको ४ लाख ६२ हजार ५ सय नेपाली रुपैयाँ बरामद भएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी हरिनन्दन चौधरीले जानकारी दिए ।
विराटनगरबाट कटहरीतर्फ जाँदै गरेको गाडी प्रहरीले आज बिहानको राति १ः३५ बजेतिर नियन्त्रणमा लिएको हो । गाडी र रकमसहित चालकलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

संगालोखबर 















