- संगालोखबर सम्वाददाता

धनकुटा । मिसन ग्रासरुट अभियान अन्तर्गत मंगलबार धनकुटा नगरपालिकामा नेकपा एमालेले पालिका स्तरीय कार्यकर्ता भेला गरेको छ । पार्टी सुदृढीकरण तथा विस्तारका लागि नेकपा एमाले धनकुटा नगर कमिटीले भेला आयोजना गरेको हो ।

Advertisement

ग्रासरुट अभियानका लागि धनकुटा नगर क्षेत्रमा परिचालित हुने एमाले नेता कार्यकर्ता भेलामा सहभागि थिए । उनीहरूलाई नेकपा एमालेका केन्द्रिय सदस्य जीवन घिमिरेले प्रशिक्षण दिएका छन् ।

नेता, कार्यकर्तालाई प्रशिक्षण गर्दै नेता घिमिरेले एमालेलाई सुदृढीकरण र व्यवस्थित गर्दै जनस्तरसम्म अझ बढी प्रभावकारी रुपमा पुर्याउन देशव्यापी रुपमा ग्रासरुट अभियान सञ्चालन गरिएको बताए । एमाले मजबुत भएमात्र देश मजबुत हुनसक्ने भन्दै उनले पार्टीको अभियानमा जुट्न सबै नेता कार्यकर्तालाई आग्रह गरे ।

कार्यक्रममा एमाले जिल्ला अध्यक्ष इन्द्रमणी पराजुलीले मिसन ग्रासरुट अभियानमा खट्ने र नखट्नेहरुको पार्टीले मूल्यांकन गर्ने भन्दै व्यापक रुपमा अभियानमा परिचालित हुन नेता कार्यकर्तालाई निर्देशन दिए ।

भेलामा एमाले नगर कमिटी अध्यक्ष अर्जुन छाराहाङले दुई महिने कार्ययोजना पनि प्रस्तुत गरेको एमाले प्रचार विभाग प्रमुख सावित्रा राईले जानकारी दिइन् ।

उनका अनुसार गत स्थानीय, प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई बिजयी गराउँन महत्वपूर्ण भूमिका निर्वाह गरेबापत धनकुटा नगरका १० वटै वडा कमिटीलाई नगर कमिटीले सम्मान पनि गरेको छ ।

सो अवसरमा नेपाली कांग्रेस र राप्रपा परित्याग गरी केही व्यक्तिहरू एमालेमा प्रवेश गरेका छन् । 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!