धनकुटामा माझी समुदायले २२ वर्षपछि यसरी मनाए लदी पर्व (फोटो फिचरसहित)
धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–३ कुशेटारका माझी समुदायले २२ वर्षपछि मंगलबार लदी पर्व मनाएका छन् । सीमान्तकृत माझी समुदायले तमोर नदी किनारमा पुजा गरेर धुमधामपूर्वक लदी पर्व मनाएका हुन् ।
कोशी पुजा र लदी पुजा पनि भनिने यो पर्व माझी समुदायको सबैभन्दा ठूलो पर्व हो । कुशेटारमा नेपाल माझी उत्थान संघले यो पुजा आयोजना गरेको हो । तमोरको किनारमा बोकाको बली दिएर उनीहरूले डुंगा, माछा मार्ने जाल, फ...































