प्रा.डा. शर्मालाई बीपीको निमित्त उपकुलपतिको जिम्मेवारी

प्रा.डा. शर्मालाई बीपीको निमित्त उपकुलपतिको जिम्मेवारी

विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा निमित्त उपकुलपति तोकिएको छ । प्रतिष्ठानका प्रवक्ता प्रा.डा. अन्जु प्रधानका अनुसार प्रा. डा.संजिव कुमार शर्मालाई निमित्त उपकुलपतिको जिम्मेवारी तोकिएको हो । बैशाख ४ गते प्रधानमन्त्री तथा कुलपति स्तरीय निर्णयानुसार प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा. डा. शर्मालाई नयाँ उपकुलपति सिफारिस भएर नियुक्त नभएसम्मका लागि जिम्मेवारी तोकिएको बताइएको छ । ...
कोसी उच्च बाँध पीडित सङ्घर्ष समितिको अध्यक्षमा राई सर्वसम्मत

कोसी उच्च बाँध पीडित सङ्घर्ष समितिको अध्यक्षमा राई सर्वसम्मत

धनकुटा । कोसी उच्च बाँध पीडित सङ्घर्ष समितिको अध्यक्षमा धनकुटाको सहिदभूमि गाउँपालिका-२ का असिम राई सर्वसम्मत चयन भएका छन् । सहिदभूमि गाउँपालिका-१ सिम्लेमा समाजसेवी गणेश राईको अध्यक्षता तथा सप्तकोसी जनअधिकार मञ्चका केन्द्रीय अध्यक्ष बलबहादुर राईको प्रमुख आतिथ्यमा भएको भेलाले अध्यक्षमा राईलाई सर्वसम्मत गर्दै ७१ सदस्यीय समिति चयन गरेको हो । उपाध्यक्षमा उदयपुरका लोकेन्द्र राई, सचिवमा सहिदभूमि-१ का...
कोकाहा दर्शन गर्न गएका इटहरीका मामा-भान्जा सप्तकोसीमा डुबेर बेपत्ता

कोकाहा दर्शन गर्न गएका इटहरीका मामा-भान्जा सप्तकोसीमा डुबेर बेपत्ता

विराटनगर । सुनसरीको बराहक्षेत्र मन्दिर नजिकै रहेको कोकाहा दर्शन गर्न गएका मामा भान्जा सप्तकोसीमा डुबेर बेपत्ता भएका छन् । आज बिहान मन्दिर दर्शन गर्न गएका उनीहरू नदीमा डुबेर बेपत्ता भएका हुन् । इटहरी बालग्रामका ४८ वर्षीय नवराज बास्तोला र उनका भान्जा १६ वर्षीय जेनिस आचार्य बेपत्ता भएका प्रहरीले जनाएको छ । ‘पारिवारिकरुपमा कोकाहा नुहाउन जानुभएको रहेछ । जसमध्ये मामा-भान्जा बेपत्ता हुनुभयो’, सुनसरीक...
ताप्लेजुङ दुर्घटना : मुख्यमन्त्री कार्कीद्वारा दोषीलाई कानुनी दायरामा ल्याउन निर्देशन

ताप्लेजुङ दुर्घटना : मुख्यमन्त्री कार्कीद्वारा दोषीलाई कानुनी दायरामा ल्याउन निर्देशन

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ताप्लेजुङमा भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । आज बिहान गुडिरहेको यात्रुबाहक जिपमा विजुलीको तार झरेर चार जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै उनले दोषीलाई कानुनी दायरामा ल्याउन निर्देशन दिएका छन् । उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घटनाको सत्यतथ्य छानबिन गरेर अविलम्ब दोषीलाई कानुनी दायरामा ल्याउन जिल्ला प्र...
पाथीभरा मन्दिर जाँदै गरेको जिपमा करेन्ट लाग्दा एकै परिवारका तीनसहित चार जनाको मृत्यु

पाथीभरा मन्दिर जाँदै गरेको जिपमा करेन्ट लाग्दा एकै परिवारका तीनसहित चार जनाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा मन्दिर दर्शनका लागि जाँदै गरेका तीर्थयात्री सवार जिपमा विजुलीको लत्रिएको तारबाट करेन्ट लाग्दा एकै परिवारका तीनसहित चार जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् । फुङलिङबाट दर्शनार्थी लिएर जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जिपमा फुङलिङ–१० सेवारो चोकमा लत्रिएको विजुलीको तारबाट आइतबार बिहान करिब ५ बजे करेन्ट प्रवाह भएर आगो लागेको हो । करेन्ट लागेर ...
मोरङको मिक्लाजुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

मोरङको मिक्लाजुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका-९ मा ट्याक्टर दुर्घटना हुँदा एक् जनाको मृत्यु भएको छ । आज दिउँसो मधुमल्ला-उर्लाबारी सडक खण्डमा भएको दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । उर्लाबारी नगरपालिका-४ का अन्दाजी २० वर्षीय लाजेहाङ लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा गम्भिर घाइते भएका उनलाई उपचारका लागि मदन भण्डारी ट्रमा सेन्टर लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका ...
भोजपुरबाट इटहरी आउँदै गरेको इभी धनकुटामा दुर्घटना

भोजपुरबाट इटहरी आउँदै गरेको इभी धनकुटामा दुर्घटना

विराटनगर । भोजपुरबाट इटहरी आउँदै गरेको इभी गाडी दुर्घटना भएको छ । आज दिउँसो करिब १६ः३५ बजे प्रदेश १-०२-००१ ज ४६२९ नम्बरको इभी धनकुटाको पाख्रीबास नगरपालिका-५ देवीथानमा दुर्घटना भएको हो । दुर्घटनामा सात जना घाइते भएका धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । उनका अनुसार भोजपुरको रामप्रसाद राई गाउँपालिका-१ की ६५ वर्षीया बीरमाया तामाङ, टेम्केमैयुङ गाउँपालिका-७ की २९ वर्षीय बेगन...
विराटनगरमा ‘लक्ष्य ग्लोबल नेटवर्क’को शुभारम्भ

विराटनगरमा ‘लक्ष्य ग्लोबल नेटवर्क’को शुभारम्भ

विराटनगर । विराटनगरमा ‘लक्ष्य ग्लोबल नेटवर्क’को शुभारम्भ गरिएको छ । विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीका लागि लक्षित गरेर यसको शुभारम्भ गरिएको जनाइएको छ । संस्थाको उद्‌घाटन नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य वसिम आलमले गरे । कार्यक्रममा बोल्दै नेता आलमले शिक्षालाई सेवा र विश्वासको विषय मानेर काम गर्ने संस्था आजको आवश्यकता भएको उल्लेख गरे । विद्यार्थीको भविष्यसँग प्रत्यक्ष ...
संखुवासभाबाट अफिमसहित तीन जना पक्राउ

संखुवासभाबाट अफिमसहित तीन जना पक्राउ

विराटनगर । संखुवासभाको धर्मदेवी नगरपालिका-४ बाट अफिमसहित तीन जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धर्मदेवी नगरपालिका–४ का राम बहादुर अधिकारी, केशव घिमिरे र मादी नगरपालिका-६ का देवेन्द्र थापा छन् । उनीहरूको साथबाट १२ ग्राम ३ सय ९० मिलिग्राम अफिम बरामद गरेको प्रहरीले जनाएको छ । यसैगरी विराटनगर-१५ बाट सुन्दरहरैँचा नगरपालिका-...
सुनसरीको दुहबीमा कारबाट एक सय १६ किलो गाँजा बरामद

सुनसरीको दुहबीमा कारबाट एक सय १६ किलो गाँजा बरामद

विराटनगर । सुनसरीबाट ठूलो मात्रामा गाँजा बरामद भएको छ । दुहबी नगरपालिका-४ मालहट्टीबाट प्रहरीले गाँजा बरामद गरेको हो । शनिबार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बा ७ च ९२६३ नम्बरको कारको डिकीमा गाँजा फेला पारेको थियो । प्रहरीका अनुसार चार वटा जेब्रा झोलामा गाँजा राखिएको थियो । गाँजा कहाँबाट ल्याएको र कहाँ लैजान लागिएको भन्ने खुल्न बाँकी छ । कार चालक भने फरार छन् । उनको खोजी कार्य तथा आवश...
धनकुटाको कान्तिपुर ट्राभल्स मनी ट्रान्सफरमा चोरी

धनकुटाको कान्तिपुर ट्राभल्स मनी ट्रान्सफरमा चोरी

धनकुटा । धनकुटा नगरपालिका-६ शिव पार्क नजिकै रहेको कान्तिपुर ट्राभल्स मनी ट्रान्सफरमा चोरी भएको छ । कृष्ण प्रसाद दाहालले जमुना श्रेष्ठको घरमा सटर भाडा लिएर सञ्चालन गर्दै आएको मनी ट्रान्सफरमा चोरी भएको हो । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार आज बिहान ९ बजेतिर चोरी भएको भनेर खबर आएको थियो । सटरको चाबी अड्काउने ठाउँमा फोडेर भित्र पसी सिसी क्यामेराको डीभीआर बक्स र...
मोरङको सुन्दरहरैँचामा आगलागी, वृद्धा घाइते

मोरङको सुन्दरहरैँचामा आगलागी, वृद्धा घाइते

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका-७ सृजना टोलमा आगलागी भएको छ । शनिबार राति भएको आगलागीमा परेर ८० वर्षीया तुलामाया गुरुङ घाइते भएका छन् । प्रहरीका अनुसार उनको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको छ । उनको जस्तापाताको छानो भएको एक तले पक्की घरमा राति ११ः३० बजेतिर आगलागी भएको थियो । आगलागीबाट घरसहित घरभित्र रहेका लत्ताकपडा, भाँडावर्तन, खाद्यान्न, काठपात...
मोरङको उर्लाबारीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

मोरङको उर्लाबारीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका-८ जरुवापानीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार प्र १-०२-४० प ७८८१ नम्बरको स्कुटर दुर्घटना हुँदा चालक सोही स्थानका ५० वर्षीय नरकुमार लिम्बुको मृत्यु भएको हो । प्रहरीका अनुसार भित्री ग्राभेल सडकखण्डको कल्भटमा स्कुटर झरेर दुर्घटना भएको थियो । उनी स्कुटरले थिचेको अवस्थामा मृत फेला परेका थिए । सडकको अवस्था ठीक नभएका कारण दुर्घटना भएको प्...
इटहरीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना घाइते

इटहरीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना घाइते

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका-२० पानीपिया जंगलमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गएराति भएको दुर्घटनामा तीन जना घाइते भएका छन् । दुर्घटनामा परेर कारमा सवार इटहरी-१ का ४० वर्षीय विष्णु राउतको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा कार चालक सुनसरीको रामधुनी नगरपालिका...
एमाले महालक्ष्मी नगरको अध्यक्षमा कमल कार्की विजयी

एमाले महालक्ष्मी नगरको अध्यक्षमा कमल कार्की विजयी

धनकुटा । नेकपा एमाले महालक्ष्मी नगर कमिटीको अध्यक्षमा कमल कार्की निर्वाचित भएका छन् । नगरको दोस्रो अधिवेशनमा आज भएको मतदानबाट ११७ मत प्राप्त गर्दै कार्की अध्यक्षमा निर्वाचित भएका हुन् । उनले विष्णुप्रसाद दाहाललाई २२ मतान्तरले पराजित गरेका छन् । दाहालले ९५ मत पाएका छन् । सहमति जुट्न नसकेपछि अध्यक्ष र सचिव पदमा मतदान गरिएको थियो । ७५ सदस्यीय नगर कमिटीमा तीन पदाधिकारीसहित ७३ पद सर्वसम्मत चयन गरिएक...
धनकुटाका पत्रकारसँग बीमा सम्बन्धी अन्तरक्रिया

धनकुटाका पत्रकारसँग बीमा सम्बन्धी अन्तरक्रिया

धनकुटा । धनकुटाका पत्रकारहरूसँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको छ । नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय विराटनगरले बीमा क्षेत्रका समस्याहरू बुझेर समाधान खोज्न पत्रकारहरूसँग अन्तरक्रिया गरेको हो । कार्यक्रममा सहभागि पत्रकारहरूले जीवन बीमा र निर्जीवन बीमा क्षेत्रमा देखिएका समस्याहरू जानकारी गराउँदै समाधानका उपायका विषयमा सुझाव दिएका छन् । सो अवसरमा बीमा प्राधिकरणका कोशी प्रदेश प्...
धनकुटाको जोरपाटीमा बालकलाई ठक्कर दिई भ्यान फरार

धनकुटाको जोरपाटीमा बालकलाई ठक्कर दिई भ्यान फरार

विराटनगर । धनकुटा छथर जोरपाटी गाउँपालिका-२ जोरपाटीस्थित कोशी लोकमार्गमा एक बालकलाई ठक्कर दिएर भ्यान फरार भएको छ । आज साँझ अन्दाजी ६ः४५ बजे सिधुवाबाट हिलेतर्फ जाँदै गरेको, ‘मातृभाग्स एग्रोभेट’ लेखिएको खरानी रङको, ४८५ नम्बर खुलेको तर अन्य विवरण अज्ञात रहेको भ्यानले बाटोमा हिँडिरहेका अन्दाजी ४ वर्षीय रियो मगरलाई ठक्कर दिएको थियो । बालकको टाउको र खुट्टामा गम्भीर चोट लागेका कारण उनलाई तत्काल उपचारक...
धनकुटामा सुरु भयो भलिबल उत्सव तथा रमाइलो मेला

धनकुटामा सुरु भयो भलिबल उत्सव तथा रमाइलो मेला

धनकुटा । धनकुटामा भलिबल उत्सव तथा रमाइलो मेला सुरु भएको छ । जिल्ला भलिबल संघको आयोजनामा धनकुटाको तल्लो टुँडिखेलमा शुक्रबारदेखि उत्सव सुरु भएको हो । पूर्व राज्यमन्त्री एवं प्रदेश सभा सदस्य निरन राईले रेफ्रीलाई बल हस्तान्तरण गरेर भलिबल उत्सव उद्‌घाटन गरेका छन् । महिला भलिबल तर्फको उद्‌घाटन खेलमा पाख्रीवासलाई २५-१० र २५-११ को सोझो सेटमा पराजित गर्दै सहिदभूमि गाउँपालिका विजयी भएको छ । १५ दिन अर्था...
खोटाङको वराहपोखरीमा बसाइँ सरेर आउनेले पाउँछन् प्रोत्साहन स्वरुप एक लाख

खोटाङको वराहपोखरीमा बसाइँ सरेर आउनेले पाउँछन् प्रोत्साहन स्वरुप एक लाख

विराटनगर । खोटाङको वराहपोखरी गाउँपालिकाले बसाइँ सरेर गाउँमा आएको एक परिवारलाई प्रोत्साहन स्वरुप एक लाख दिएको छ । १८ वर्षपछि गाउँमै फर्किएका बेदबहादुर खड्काको परिवारलाई गाउँपालिकाले एक लाख दिएको हो । २०६३ सालमा सोही स्थानबाट सप्तरी बसाइ सरेको खड्काको परिवार स्थायी रूपमा बस्नेगरि पुनः गाउँ फर्किएपछि प्रोत्साहन गरेको गाउँपालिकाले जनाएको छ । पछिल्लो समय बसाइँसराइले गाउँ खाली हुँदै गएपछि गाउँपालिका...
विराटनगरबाट स्रोत नखुलेको सात लाखसहित भारतीय नागरिक पक्राउ

विराटनगरबाट स्रोत नखुलेको सात लाखसहित भारतीय नागरिक पक्राउ

विराटनगर । विराटनगर-१५ बाट श्रोत नखुलेको नेपाली रुपैयाँसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । आज दिउँसो जोगबनी घर भएका ५० वर्षीय सुधीर श्रीवास्तव सात लाख नेपाली रुपैयाँसहित पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले को १८ प ४१७९ नम्बरको मोटरसाइकलमा सवार उनलाई पक्राउ गरेको छ । उनलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ । उनले उक्त नोट ...
कोशीमा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिभा खोजी गरिँदै

कोशीमा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिभा खोजी गरिँदै

विराटनगर । कोशी प्रदेशमा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिभा खोजी गरिने भएको छ । ‘कोशी प्रदेशको सान, प्रतिभावान् अपाङ्गता भएका व्यक्तिहरूको पहिचान, कलाको व्यवसायिकताले बढाउनेछ आय र आत्मसम्मान’ भन्ने मूल नाराका प्रतिभा खोजी कार्यक्रम गर्न लागिएको हो । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल, कोशी प्रदेशको आयोजना तथा करुणा फाउन्डेसन नेपाल र कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय तथा विभिन्न सरोकारवाला न...
सुनसरीमा लामखुट्टे भगाउने धुपबाट सल्किएको आगोबाट १० घर खरानी

सुनसरीमा लामखुट्टे भगाउने धुपबाट सल्किएको आगोबाट १० घर खरानी

विराटनगर । सुनसरीको कोशी गाउँपालिका-६ मा आगलागी भएको छ । बिहीबार अपरान्ह भएको आगलागीबाट १० घर ध्वस्त भएका छन् । प्रहरीका अनुसार पाँच परिवारको १० घर जल्दा अन्दाजी ६० लाख बराबरको क्षति भएको छ । झिँगा र लामखुट्टे भगाउने धुपबाट घरमा आगो सल्किएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बाबुनन्द गोइतको घरबाट सुरु भएको आगोले रमानन्दराम यादव, मनोज यादव, खुसीलाल गोइत र विजय गोइतको घर जलेर खरानी भएको हो । ...
सुनसरीको दुहबीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

सुनसरीको दुहबीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

विराटनगर । सुनसरीको दुहबी नगरपालिका-३ फुटानी चोकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बिहीबार राति भएको दुर्घटनामा दुहबी-३ का ३७ वर्षीय सुधाकरण माझीको मृत्यु भएको हो । प्रहरीका अनुसार फुटानी चोक-वसनपुर भित्री सडक खण्डमा को ३९ प ९१७५ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो । दुर्घटनामा चालक माझी गम्भिर घाइते भएका थिए । उनको विराट शिक्षण अस्पताल बुढीगंगामा उपचारका क्रममा राति ११ः३० ब...
एमाले विराटनगर महानगरमा गिरीको प्यानल नै निर्वाचित

एमाले विराटनगर महानगरमा गिरीको प्यानल नै निर्वाचित

विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीको दोस्रो अधिवेशनबाट अध्यक्षमा बलराम गिरीसहित प्यानलै विजयी भएको छ । आज बिहानको राति सार्वजनिक गरिएको अन्तिम मतपरिणाम अनुसार १७३ मतका साथ अध्यक्षमा गिरी निर्वाचित भएका हुन् । अध्यक्षका अर्का उम्मेदवार रोहित कोइरालाले १२१ मत प्राप्त गरे । उपाध्यक्षमा सुवासप्रसाद न्यौपाने १४५ मतसहित निर्वाचित हुँदा अर्का उम्मेदवार राम पोखरेलले १३६ मत प्राप्त गरे । सचि...
चुनकुमारी मृत्यु प्रकरण : पतिकै योजनामा हत्या, ६ जना पक्राउ

चुनकुमारी मृत्यु प्रकरण : पतिकै योजनामा हत्या, ६ जना पक्राउ

विराटनगर । धनकुटाको महालक्ष्मी नगरपालिका-२ घर भएकी ३४ वर्षीया चुनकुमारी बुढाथोकीको हत्या पतिकै योजनामा भएको खुलेको छ । गत चैत २५ गते सुनसरीको धरान-६ पाँचकन्या सामुदायिक वनमा अर्धनग्न अवस्थामा मृत फेला परेकी उनको हत्या कोरियामा बस्दै आएका पतिको योजनामा भएको खुलेको हो । हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका ६ जनालाई इलाका प्रहरी कार्यालय धराने बिहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । ...
मोरङको सुन्दरहरैँचामा ट्रान्सफर्मर चोरी

मोरङको सुन्दरहरैँचामा ट्रान्सफर्मर चोरी

विराटनगर । मोरङमा बिजुली गएको मौका छोपेर ट्रान्सफर्मर चोरी भएको छ । सुन्दरहरैँचा नगरपालिका-२ जोगियारेमा बुधबार राती ट्रान्सफर्मर चोरी भएको हो । बुधबार राति तीन घण्टा बढी बिजुली गएको मौका पारेर चोरको समूहले सिंगो ट्रान्सफर्मर नै चोरेर लगेका हुन् । ‘अहिले अर्को ट्रान्सफर्मर जडान गरेर विद्युत सुचारु भएको छ’, वडा नम्बर २ का वडाध्यक्ष विवश प्रधानले संगालोखबरसँग भने, ‘प्रहरीले पनि चोरी गर्ने समूहलाई...
माओवादी केन्द्र विराटनगरको दोस्रो सम्मेलन बैशाख ७ गते 

माओवादी केन्द्र विराटनगरको दोस्रो सम्मेलन बैशाख ७ गते 

विराटनगर । नेकपा माओवादी केन्द्र विराटनगर समितिले वैशाख ७ गते दोस्रो नगर सम्मेलन गर्ने भएको छ । विराटनगर महानगर समितिले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै बैशाख ७ र ८ गते सम्मेलन हुने जानकारी दिएको हो । सम्मेलनमा पूर्व प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउने छन् । सम्मेलनमा तीन सय ५६ जना प्रतिनिधि, ३५ जना पर्यवेक्षक र २५ जना स्वयंसेवक रहने नगर समितिका अध्यक्ष नवीन पौडेलको...
मोरङको रंगेलीमा गाईले हानेर घाइते वृद्धको मृत्यु

मोरङको रंगेलीमा गाईले हानेर घाइते वृद्धको मृत्यु

विराटनगर । मोरङको रंगेली नगरपालिका-९ दोहमनामा गाईले हानेर घाइते भएका वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार बुधबार छिमेकीको गाइले हानेर अन्दाजी ९० वर्षीय रामप्रसाद शिवाकोटी घाइते भएका थिए । टाउको, छातीलगायत शरीरका विभिन्न भागमा चोट लागेका वृद्धको रंगेली अस्पतालमा उपचार सम्भव नभएपछि विराटनगर स्थित नोवेल अस्पतालमा ल्याइएको थियो । नोवेलमा पनि उपचार सम्भव नभएपछि घर फर्काउने क्रममा आज बाटोमा नै उन...
सुनसरीबाट २४ किलो गाँजासहित एक जना पक्राउ

सुनसरीबाट २४ किलो गाँजासहित एक जना पक्राउ

विराटनगर । सुनसरीको हरिनगर गाउँपालिका-४ बाट गाँजासहित एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार बराहक्षेत्र नगरपालिका-६ का २४ वर्षीय राजेश मुखिया पक्राउ परेका हुन् । दुई वटा झोलामा राखेको २४ किलो गाँजासहित उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । यस्तै विराटनगर महानगरपालिका-१६ बाट ६ ग्राम ५ मिलिग्राम ब्राउन सुगरसहित सुन्दरहरैँचा-७ का २२ वर्षीय जिवस तामाङ र ३८ वर्षीय भिमकुमार तामाङ पक्राउ पर...
सोलुखुम्बुमा छोरीलाई खुकुरी हानेर बाबु फरार, उपचारका लागि काठमाडौं लगियो

सोलुखुम्बुमा छोरीलाई खुकुरी हानेर बाबु फरार, उपचारका लागि काठमाडौं लगियो

विराटनगर । सोलुखुम्बुमा बालिका छोरीलाई खुकुरी हानेर बाबु फरार भएका छन् । थुलुङ दूधकोशी गाउँपालिका-९ गोपेका ३२ वर्षीय चामकुमार तामाङले आफ्नै ५ वर्षीया छोरी पवित्रालाई आज बिहान खुकुरी हानेका हुन् । खुकुरी प्रहारबाट बालिका गम्भीर घाइते भएकी छन् । सोलुखुम्बुमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ । उनको कान, निधारलगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको प्...
पर्यटकको पर्खाइमा धनकुटाको चौबिसे

पर्यटकको पर्खाइमा धनकुटाको चौबिसे

धनकुटा । धनकुटा जिल्ला पूर्वी नेपालको मुख्य पर्यटकीय गन्तव्य मध्येमा पर्दछ । यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरूको आवागमन बाक्लो हुने गरेको छ । जिल्लाका विभिन्न पर्यटकीय स्थल चर्चामा रहेपनि केही स्थानका पर्यटकीय स्थल भने ओझेलमा परेका छन् । चौबिसे गाउँपालिकामा पर्यटकीय गन्तव्यको सम्भावना बोकेका थुप्रै स्थानहरू छन् । तर पर्याप्त प्रचार-प्रसारको अभावमा ओझेलमा परेका छन् । भेडेटार-रवि-रा...
error: Content is protected !!