
विराटनगर । नेकपा एमालेबाट मोरङ क्षेत्र नम्बर ६ को उम्मेदवार बनेका विनोद ढकाल पितृशोकपछि चुनावी अभियानमा फर्किएका छन् । पितृशोकको १३ दिने काम सकेर आजबाट ढकाल चुनावी अभियानमा फर्किएका हुन् ।
चुनावी अभियानकै क्रममा माघ २९ गते १०१ वर्षीय बुवा विष्णुप्रसाद ढकालको निधन भएपछि कोरामा बसेका उनी १३ दिने काम सकेको भोलिपल्टै सेतो कपडामा चुनावी अभियानमा निस्किएका छन् ।
उनले कोरामा बसेकै बेला फागुन ३ गते आफ्नो क्षेत्रको विकासका लागि ३० बुँदे प्रतिबद्धता सार्वजनिक गरेका थिए । आज उनले एकैदिन विराटनगर-४, ५, ६ र ११ का १७ स्थानमा कार्यक्रम तय गरेका छन् । उनी आज बिहानै देखि मतदातासँग भेटघाट गरिरहेका छन् ।

संगालोखबर 















