
विराटनगर । उदयपुरको उदयपुरगढी गाउँपालिका-७ अधेरीमा बस दुर्घटना भएको छ । कटारीबाट गाइघाटतर्फ आउँदै गरेको बा २ ख ६२५७ नम्बरको बस आज बिहान ११ः५० बजे दुर्घटना भएको हो ।
दुर्घटनामा १५ जना घाइते भएका उदयपुर प्रहरीका प्रवक्ता डीएसपी केदारमान दोङले जानकारी दिए । घाइतेमध्ये ४ जनाको अवस्था मध्यम र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ ।
बस आफैं अनियन्त्रित भएर सडकबाट करिब ५० मिटर तल खसेको छ । बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

संगालोखबर 















