संगालोखबर


झापा । नेकपा एमालेका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य निर्वाचन झापा-५ का उम्मेदवार केपी शर्मा ओलीले अब कुनै पनि संरचना नजल्ने बताएका छन् ।

आज झापा-५ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नो पार्टीले नेशनल युथ फोर्स गठन गरेकाले अब कुनै पनि सर्वोच्च संरचना जल्न नदिने बताएका हुन् । जेनजी आन्दोलन हुँदा आफ्नो पार्टीले नेशनल युथ फोर्स गठन नगरेकाले देशका सर्वोच्च संस्थाहरू जलेको ओलीको भनाइ छ ।

‘देश जल्यो । जल्दो रहेछ । एउटा मात्रै कारण हो हामीले नेशनल युथ फोर्स बनाएका थिएनौँ । अब कहीँ केही जल्न पाउँदैन’, ओलीले भने, ‘अब हामी कसैलाई पनि सिंहदरबार जलाउने छुट दिने छैनौँ ।’

फोर्स एमालेको जनवर्गीय संगठन भएको र यसले पार्टीका कार्यक्रम साकार पार्न काम गर्ने उनले उल्लेख गरे । एमालेले देशमा शान्ति चाहेको बताउँदै उनले फोर्सले अनुशासित ढंगले काम गर्ने विश्वास व्यक्त गरे ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!