
विराटनगर । अमेरिकाको भर्जिनिया निवासी साहित्यकार तथा समाजसेवी पशुपति घिमिरेले रंगेलीको त्रिभुवन माध्यमिक विद्यालयलाई खेलकुद सामग्री प्रदान गरेका छन् ।
उनले विद्यार्थीको चाहना अनुसार चार थान भलिबल र दुई थान नेट विद्यालयलाई हस्तान्तरण गरेका हुन् । विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूसित शैक्षिक गुणस्तर र खेलकुद विषयमा छलफल समेत गरेका छन् ।
उनले विद्यालयको आर्थिक र भौतिक संरचना अत्यन्तै कमजोर भएको भन्दै दुःख व्यक्त गरे । गुणस्तरीय शिक्षा तथा खेलकुद क्षेत्रमा विद्यालयले गरेको प्रगतिको उनले खुलेरै प्रशंसा गरे ।
विगत १८ वर्षदेखि अमेरिका बसोबास गर्दै आएका उनले भविष्यमा विद्यालयको चौतर्फी विकासको लागि सहयोग गर्ने प्रतिबद्धता जनाए ।विद्यालयमा पिउने पानीको समेत शुद्धता तथा गुणस्तर प्रति उनले दुःख व्यक्त गरे ।
विद्यालयका प्रधानाध्यापक केशरबहादुर बानियाँ, सहायक प्रधानाध्यापक टंकबहादुर खत्री तथा शिक्षक, कर्मचारी र विद्यार्थीहरूले घिमिरेलाई सम्मान गरेका थिए ।

संगालोखबर 















