ताप्लेजुङमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु
विराटनगर । ताप्लेजुङमा बोलेरो गाडी दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
फक्ताङलुङ गाउँपालिका-५ याङशिला चोकमा बुधबार दिउँसो भएको दुर्घटनामा चालक पाँचथरको फिदिम नगरपालिका-३ का २५ वर्षीय सरोज श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा आधारभूत स्वास्थ्य चौकी तापेथोकमा मृत्यु भएको हो । दुर्घटनामा फिदिम-३ का स...




























