
विराटनगर । इलामको सूर्याेदय नगरपालिका-७ पाल्टाङगेमा ट्रकले किच्दा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । आज बिहान भएको दुर्घटनामा मोटरसाइकलमा सवार झापाको बिर्तामोड-५ का ५० वर्षीय मनोज चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।
प्रहरीका अनुसार बिर्तामोडबाट इलाम जाँदै गरेको प्र १-०१-०१८ प १५२० नम्बरको मोटरसाइकलमा सवार चौधरी सडकमा लडेका थिए । सोही समयमा विपरीत दिशातर्फ जाँदै गरेको मे १ ख १९९८ नम्बरको ट्रकको पछाडिको चक्काले उनको टाउकोमा किचेको थियो ।
मोटरसाइकल चालक ३१ वर्षीय तिङ्कु साहुको फिक्कल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्रक चालक पाँचथरको हिलिहाङ गाउँपालिका-७ का ३० वर्षीय हरी नारायण सुवेदीलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

संगालोखबर 















