मोरङका ६ वटै निर्वाचन क्षेत्रका मतदान केन्द्रमा खटिए कर्मचारी
विराटनगर । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मोरङका ६ वटै निर्वाचन क्षेत्रका मतदान स्थलहरूमा कर्मचारीहरू पुगेका छन् । निर्वाचनका लागि आवश्यक पर्ने सबै सामग्री लिएर आज कर्मचारीहरू सबै मतदान स्थलहरूमा पुगेका हुन् ।
कोशी प्रदेश निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी तीर्थराज अधिकारीका अनुसार कर्मचारीहरूले १ नम्बर क्षेत्रका लागि उर्लाबारी, २ नम्बर क्षेत्रका लागि सिजुवा र ३ ...































