संगालोखबर


विराटनगर । विराटनगर-११ जनपथ टोलबाट सडकमा पार्किङ गरेर राखेको मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको धरान-१५ का ४१ वर्षीय दिपेश रेग्मी छन् ।

प्र १-०२-०४८ प २०६३ नम्बरको पल्सर मोटरसाइकल चोरी गरेर भाग्दै गर्दा रेग्मीलाई पक्राउ गरिएको मोरङ प्रहरीका सूचना अधिकारी हरिनन्दन चौधरीले जानकारी दिए ।

उनलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ । उनका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!