१० सदस्यीय बन्यो कोशी प्रदेश मन्त्रिपरिषद्
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । नवनियुक्त ७ मन्त्री र २ राज्यमन्त्रीहरुलाई आजै शपथ ग्रहण गराउने तयारी गरिएको छ ।
कोशी सरकारका आर्थिक मामिला तथा योजना मन्त्रालयमा रामबहादुर मगर नियुक्त भएका छन् । उनी हालसम्म बिना विभागीय मन्त्रीका रुपमा थिए । यस्तै, भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी यसअघि बिना विभागीय मन्त्रीका रुपमा नियुक्त...






























