संगालोखबर


विराटनगर । जिल्ला खेलकुद विकास समिति मोरङको अध्यक्षमा इन्द्रकुमार योन्जन तामाङको पुनर्बहाली भएको छ । उच्च अदालत विराटनगरका न्यायाधीश विपुल न्यौपाने र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजालशले तामाङलाई अध्यक्षमा पुनर्बहाली गर्न आदेश दिएको हो । 

२०८० चैत २३ गते तामाङ खेलकुद विकास समितिको अध्यक्षमा नियुक्त भएका थिए । कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेतले भदौ ६ गते तामाङलाई अध्यक्षबाट निलम्बन गरेका थिए । 

Advertisement

निलम्बित भएपछि तामाङले प्रदेश खेलकुद विकास बोर्डलाई विपक्षी बनाएर उच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । लामो समयदेखि कराँतेमा सक्रिय रहेका  तामाङ सितोरियो कराँतेका राष्ट्रिय कोच तथा थर्ड डन रहेका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!