संगालोखबर

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–१८ मा जनस्तरको पहलमा हिरासत भवन बनेको छ । इलाका प्रहरी कार्यालय धरानको पुरानो हिरासत भवन साँघुरो हुँदा थुनुवा राख्न समस्या भएको थियो ।

Advertisement

नयाँ हिरासत भवन निर्माण भएपछि उक्त समस्या समाधान भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । दुई करोड ९ लाख २६ हजारको लागतमा भवन निर्माण भएको समितिका कोषाध्यक्ष सविता राईले जानकारी दिइन् ।

कोशी प्रदेश सरकारबाट ५० लाख, धरान उपमहानगरपालिकाबाट २३ लाख र प्रतिनिधिसभाका पूर्वसांसद् जयकुमार राईको सांसद् विकास कोषबाट १० लाख, धरान युके समाजको १० लाख र देश विदेशमा रहेका विभिन्न सङ्घसंस्था र दाताहरूबाट प्राप्त रकम थप गरी हिरासत भवन निर्माण गरिएको उनको भनाइ छ ।

दुई तलाको हिरासत भवनमा आठवटा कोठा छन् । त्यहाँ दुई सयभन्दा बढी थुनुवा राख्न सकिने जनाइएको छ । हिरासत भवन प्रदेशकै सुविधा सम्पन्न एवं नमूना बनेको भवन निर्माण समितिका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका पूर्व प्रमुख मीनबहादुर सुब्बाले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!