संगालोखबर

झापा । किरात याक्थुङ चुम्लुङ लिम्बुवान समितिले प्रथम अन्तर्राष्ट्रिय केलाङ प्रतियोगिता आयोजना गर्ने भएको छ । लिम्बू समुदायको महान् चाड चासोक तङ्नाम (उधौली) को अवसरमा केलाङ प्रतियोगिता आयोजना गर्न लागिएको चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्ष मधुराज केरुङले जानकारी दिए ।

Advertisement

झापाको लाट्टेआर्टमा आइतबार सम्पन्न समितिको छैटौँ पूर्ण बैठकले उक्त निर्णय गरेको केरुङले जानकारी दिए । मङ्सिर अन्तिम साता झापाको आदिवासी रङ्गशालामा प्रतियोगिता आयोजना गरिने भएको हो ।

प्रतियोगितामा नेपालसहित भारतका दार्जिलिङ, सिक्किम सहित, हङकङ लगायत क्षेत्रबाट सहभागी हुने उनले बताए । प्रतियोगिताका विजेताले एक लाख रुपैयाँभन्दा बढी पुरस्कार दिने योजना भइरहेको आयोजकले जानकारी दिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!