संघीय सरकारबाट आउने अनुदान घटेपछि बजेटको आकार घट्योः मन्त्री मगर
विराटनगर । संघीय सरकारबाट प्राप्त हुने अनुदान रकम घटेपछि कोशी प्रदेशमा बजेटको आकार घटेको आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले बताएका छन् । आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री मगरले चालु आर्थिक वर्षको भन्दा आगामी आर्थिक वर्षको बजेट ४ प्रतिशतले कम रहेको बताए ।
उनले आगामी वर्षको बजेटमा पर्यटन र पूर्वाधारको क्षेत्रलाई विशेष प्राथमिकता दिएको बताए । उनले भने, ‘अन्य क्षेत्रला...
































