तमोर करिडोर सडक कालोपत्रे गर्न सुरू

तमोर करिडोर सडक कालोपत्रे गर्न सुरू

धनकुटा । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनसरीको चतरादेखि धनकुटाको मूलघाट हुँदै पाँचथरको गणेश चोकसम्मको सडक कालोपत्रे गर्न थालिएको छ । तमोर करिडोरअन्तर्गत धनकुटाको चौबिसे गाउँपालिका–४ स्थित फलामेटार सडकखण्डमा कालोपत्रेको काम सुरु भएको हो । कालोपत्रेसहित सडक व्यवस्थित गर्नका लागि तत्काल ३० करोड रुपैयाँ विनियोजन भएको जनाइएको छ । उक्त सडक खण्डअन्तर्गत पहिलो चरणमा चौबिसे गाउँपालिका–४ स्थित फ...
पहिरोले ताप्लेजुङमा एकै घरका चारजनाको मृत्यु

पहिरोले ताप्लेजुङमा एकै घरका चारजनाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिममा पहिरोमा परी एकै घरका चारजनाको मृत्यु भएको छ । बिहिवार राति झरेको पहिरोसँगै घर बग्दा उनीहरुको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष रविन साम्राका बुबा ७० वर्षीय रामबहादुर साम्रा, उनकी श्रीमती ५० वर्षीया जसमाया लिम्बु, तथा छोरीहरु गंगा र जमुनाको मृत्यु भएक...
कोशी सरकारविरुद्धको मुद्दामा अर्को सुनवाइ असार ९ गते

कोशी सरकारविरुद्धको मुद्दामा अर्को सुनवाइ असार ९ गते

विराटनगर । कोशी प्रदेश सरकारविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमाथि असार ९ गते अर्को सुनुवाइ हुने भएको छ । बिहिवार सर्वाेच्च अदालतको पूर्ण इजलासले उक्त रिट अन्तर्गतको मुद्दालाई ‘हेर्दाहेर्दै’ मा राखेको छ । न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको पूर्ण इजलासले उक्त मुद्दालाई हेर्दाहेर्दैमा राखेको हो । अदालतका न्यायाधीश बिदामा हुने भएकाले अब अर्काे...
बालिका बलात्कारका अभियुक्तलाई १२ वर्ष कैदको फैसला

बालिका बलात्कारका अभियुक्तलाई १२ वर्ष कैदको फैसला

इलाम । १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेका एक युवकलाई दोषी ठहराउँदै अदालतले १२ वर्षको कैद फैसला सुनाएको छ । इलाम जिल्ला अदालतले सूर्याेदय नगरपालिका–४ का २७ वर्षीय मिलन घिमिरेलाई कैद सजाय सुनाएको हो । जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले उनलाई पाँच लाख रुपैयाँ जरिवाना गराउन समेत आदेश दिएको छ । गत भदौ १२ मा इलाम सदरमुकामस्थित एक होटलमा उनले बालिकालाई बलात्कार गरेको पुष्टि भएको...
विराट मेडिकल कलेजको लापरबाहीले बच्चाको मृत्यु भएको आफन्तको आरोप

विराट मेडिकल कलेजको लापरबाहीले बच्चाको मृत्यु भएको आफन्तको आरोप

विराटनगर । मोरङको बुढीगंगास्थित विराट मेडिकल कलेजमा डाक्टरको लापरबाहीका कारण शिशुको मृत्यु भएको आरोप आफन्तले लगाएका छन् । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ का रोशन साहले मंगलबार बेलुका प्रसूति गराउन पत्नीलाई विराटमा भर्ना गराएका थिए । मंगलबार राति नै अप्रेसन गरेर प्रसूति गराइएको थियो । बिहीबार बिहान शिशुको मृत्यु भएपछि आफन्त आक्रोशित भएका हुन् । साहले डाक्टरको लापरबाहीका कारण बच्चाको मृत्यु भएको...
टेबलटेनिसको राष्ट्रिय प्रतियोगितामा विराटनगरका सुशान्त दोस्रो

टेबलटेनिसको राष्ट्रिय प्रतियोगितामा विराटनगरका सुशान्त दोस्रो

विराटनगर । विराटनगरका सुशान्त मेहता पोखरामा जारी राष्ट्रिय खेलकुद प्रतियोगितामा दोस्रो भएका छन् । एभरेष्ट स्कुलमा अध्ययनरत् मेहता कोशी प्रदेशको प्रतिनिधित्व गर्दै अन्डर–१५ राष्ट्रिय विद्यालय खेलकुद प्रतियोगिताअन्तर्गत टेबलटेनिसको ब्वाइज सिंगल्समा दोस्रो भएका हुन् । ब्वाइज सिंगल्सको फाइनल खेलमा बागमती प्रदेशका जयस्नु महर्जनसँग उनी ८–११, ११–५, ११–७, ११–६ को स्कोरले पराजित भए । सोही इभेन्टमा कोशी ...
बाढीपहिरोले संखुवासभाका १२५ परिवार विस्थापित, दर्जनौं घरमा क्षति

बाढीपहिरोले संखुवासभाका १२५ परिवार विस्थापित, दर्जनौं घरमा क्षति

संखुवासभा । संखुवासभाका विभिन्न स्थानमा बाढीपहिरोका कारण १२५ भन्दा बढी परिवार विस्थापित भएका छन् । पहिरोले खाँदबारी नगरपालिका–११ आङ्ला गाउँका स्थानीय बासिन्दाको तीनवटा घर बगाएको छ । अन्य दर्जनौं घरमा क्षति पुगेको छ । बुधबार राति अविरल वर्षासँगै झरेको पहिरोले कोक्तिमा स्थानीय मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर पहिरोले प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार ...
अरुण नदीमा पानीको बहाव बढेपछि फेरी सञ्चालन अनिश्चितकालीन बन्द

अरुण नदीमा पानीको बहाव बढेपछि फेरी सञ्चालन अनिश्चितकालीन बन्द

भोजपुर । भोजपुर र संखुवासभा जोड्ने अरुण नदीको सतिघाटमा सञ्चालित फेरी बिहिवारदेखि बन्द भएको छ । अरुण नदीमा पानीको बहाव बढेकाले जोखिम हुन सक्ने भन्दा फेरी सञ्चालन बन्द गरिएको हो । भोजपुरको षडानन्द नगरपालिका–६ र खाँदबारी–९ मा पर्ने सतिघाटस्थित अरुण नदीमा फेरी सञ्चालनमा थियो । पक्की पुल नहुँदा फेरीको मद्दतले सवारी साधनका साथै दैनिक उपभोग्य वस्तु एवं यात्रुहरुलाई तार्ने गरिएको थियो । षडानन्द नगरपाल...
चट्याङले लागेर संखुवासभामा महिलाको मृत्यु

चट्याङले लागेर संखुवासभामा महिलाको मृत्यु

संखुवासभा । चट्याङ लागेर संखुवासभाको चिचिलामा एक महिलाको मृत्यु भएको छ । चिचिला गाउँपालिका–२ आले भन्ने स्थानमा चट्याङले लागेर स्थानीय ४१ वर्षीया साबित्रा गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । खाना खाएर आगो तापिरहेको अवस्थामा बुधबार राति पानीसँगै परेको चट्याङले लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी अधिकृत सहितको टोली खटिएर आवश्यक कानुनी...
मोरङको जहदामा आगलागी हुँदा लाखौंको क्षति

मोरङको जहदामा आगलागी हुँदा लाखौंको क्षति

विराटनगर । मोरङको जहदामा बिहीबार बिहान भएको आगालागीमा लाखौं रुपैयाँको क्षति भएको छ । जहदा गाउँपालिका–७ भीमपुरका सुरेशप्रसाद सिंहको गोदाममा भएको आगलागीमा धान र जुट जलेर नष्ट भएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार आगलागीका कारण करिब ४५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । गोदाममा रहेको करिब साढे तीन सय क्वीन्टल जुट तथा ९५० क्वीन्टल धान जलेको प्रहरीले जनाएको छ । ब...
बेपत्ता भएका मोरङको बेलबारीका बालक मृत फेला

बेपत्ता भएका मोरङको बेलबारीका बालक मृत फेला

विराटनगर । बुधबार बेलुकादेखि बेपत्ता भएका मोरङको बेलबारीका एक बालक मृत अवस्थामा फेला परेका छन् । बेलबारी नगरपालिका–६ स्थित नहरमा बिहिवार बिहान उनी मृत अवस्थामा भेटिएका हुन् । बेलबारी–६ निवासी विनोद वनका ६ वर्षीय छोरा विवश वन सम्पर्कबिहीन भएपछि प्रहरी, आफन्त र स्थानीय बासिन्दा मिलेर खोजी गरेका थिए । त्यही क्रममा नहरमा उनलाई फेला पारिएको हो । प्रहरीका अनुसार बालकको शव नहरमा डुबेको अवस्थामा फेला ...
धनकुटाको पाख्रीबासमा बृद्ध मृत अवस्थामा भेटिए

धनकुटाको पाख्रीबासमा बृद्ध मृत अवस्थामा भेटिए

धनकुटा । धनकुटाको पाख्रीबासका एकजना वृद्ध मृत अवस्थामा फेला परेका छन् । पाख्रीबास नगरपालिका–८ खातीडाँडा बस्ने ६५ वर्षीय मानबहादुर दर्जी बिहिवार बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । पाख्रीबास नगरपालिका–४ स्थित चिलिम खोल्सानजिक सडक छेउमा उनी मृत अवस्थामा भेटिएका थिए । घटनाबारे जानकारी पाएपछि पुगेको प्रहरी टोलीले आवश्यक प्रक्रिया पूरा गरी शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाएको जि...
संखुवासभामा खोलाले बगाएर एकजनाको मृत्यु

संखुवासभामा खोलाले बगाएर एकजनाको मृत्यु

संखुवासभा । संखुवासभाको सभाखोला गाउँपालिका–१ लेब्राङमा सभाखोलाले बगाएर एकजनाको मृत्यु भएको छ । पाँचखपन नगरपालिका–३ का ३३ वर्षीय भेषराज काल्पा मगरको बगेर बुधबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । खोलामा गाई तार्ने क्रममा उनी बगेका थिए । बगेर बेपत्ता भएका उनको खोजी गरिएको थियो । त्यस क्रममा बगाएको स्थानबाट करिब चार किलोमिटर तल रिपेनी घाटमा उनको शव फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय संखुव...
पहिरोले संखुवासभामा तीनवटा घर बगायो

पहिरोले संखुवासभामा तीनवटा घर बगायो

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–११ आङ्लामा पहिरोले तीनवटा घर बगाएको छ । बुधबार रातिदेखि भएको अबिरल वर्षापछि झरेको पहिरोले तीनवटा घर बगाएको हो । घटनामा एकजना घाइते भएका छन् । प्रहरीका अनुसार पहिरोले स्थानीय मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर बगाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार पहिरोमा परेर मणिप्रसाद राई घाइते भएका छन् । उनको स्...
बाढीले ताप्लेजुङको फक्ताङलुङमा पुल बगायो

बाढीले ताप्लेजुङको फक्ताङलुङमा पुल बगायो

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–५ स्थित सिसेवा खोलामा आएको बाढीले पुल बगाएको छ । रातिदेखि भएको वर्षापछि बिहिवार बिहान आएको बाढीले पुल बगाएको हो । तापेथोक प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक सुरज सिंजालीका अनुसार बाढीले त्यस क्षेत्रका केही अस्थायी पुल बगाएको खबर आएको छ । यसबारे बुझ्न प्रहरी टोली त्यस क्षेत्रतर्फ गएको जनाइएको छ । टोली पुगेपछि विस्तृत जानकारी आउने उनले बताए । उक्त खो...
झापाका अग्रज पत्रकार नेत्र पाठकको निधन

झापाका अग्रज पत्रकार नेत्र पाठकको निधन

झापा । अग्रज पत्रकार नेत्र पाठकको बिहिवार बिहान निधन भएको छ । ७२ वर्षीय पाठकको आफ्नै निवासमा निधन भएको हो । पूर्वशिक्षक समेत रहेका पत्रकार पाठक प्रेस चौतारी झापाको संस्थापक अध्यक्ष हुन् । केही वर्षयता उनी दम, निमोनिया र प्रोस्टेट क्यान्सर लगायत समस्याले बिरामी थिए । पछिल्लो समय उनी घरमै उपचारसहित आराम गर्दै आएका थिए । लामो समय शिक्षण पेशामा आबद्ध पाठक नेपाल शिक्षक संगठनको नेतृत्वदायी भूमिका पन...
खैरो हेरोइनसहित विराटनगरबाट चारजना पक्राउ

खैरो हेरोइनसहित विराटनगरबाट चारजना पक्राउ

विराटनगर । विराटनगरबाट खैरो हेरोइनसहित प्रहरीले चारजनालाई पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोलीले विराटनगर–१५ बाट मोरङको सुन्दरहरैँचाका २१ वर्षीय मदन चौधरी र भोजपुरका २० वर्षीय विनोद शिवालाई बुधबार बेलुका पक्राउ गरेको हो । उनीहरुको साथबाट ४१.३३ ग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ । यसैगरी, सुनसरीको दुहबी नगरपालिका–४ का २० वर्षीय पारस चौधरी र झापाको गौरा...
ओखलढुंगाको मोलुङ–५ का वडाध्यक्ष कार्कीको निधन

ओखलढुंगाको मोलुङ–५ का वडाध्यक्ष कार्कीको निधन

ओखलढुंगा । ओखलढुंगाको मोलुङ गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष गोपीकृष्ण कार्कीको निधन भएको छ । ५० वर्षीय कार्कीको बुधबार बेलुका काठमाडौंमा निधन भएको हो । हड्डीको क्यान्सरबाट पीडित भएपछि उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको थियो । कार्कीका श्रीमती, एक छोरा र एक छोरी छन् । गत स्थानीय निर्वाचनमा उनी नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेर वडाध्यक्षमा निर्वाचित भएका थिए । वडाध्यक्ष कार्की...
कोशी सरकारबारे मुद्दामा पूर्ण इजलासमा सुनुवाइ

कोशी सरकारबारे मुद्दामा पूर्ण इजलासमा सुनुवाइ

विराटनगर । कोशी प्रदेश सरकार विवादसम्बन्धी मुद्दामा बिहिवार सुनुवाइ हुने भएको छ । उक्त मुद्दाको पेशी न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको पूर्ण इजलासमा तोकिएको छ । यसअघि दुईजना न्यायाधीशको संयुक्त इजलासले सुनुवाइका लागि पूर्ण इजलासमा पठाएको थियो । कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री केदार कार्की आफू मुख्यमन्त्री हुँदाहुँदै अर्का मुख्यमन्त्री तोकिनु असंवैधानिक भन्दै सर...
स्थानीय उत्पादनको बजारीकरण गरिदिन धनकुटाको चौबिसेका उद्यमीको माग

स्थानीय उत्पादनको बजारीकरण गरिदिन धनकुटाको चौबिसेका उद्यमीको माग

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाका उद्यमीले उत्पादन गरेका वस्तु बजारीकरणमा समस्या भएको गुनासो गरेका छन् । घरेलु तथा साना उद्योग कार्यालय धनकुटाले चौबिसे गाउँपालिकामा गरेको अन्तरक्रिया कार्यक्रममा उद्यमीहरुले यस्तो गुनासो गरेका हुन् । धनकुटाको चौबिसे र साँगुरीगढी गाउँपालिका क्षेत्रमा उद्योगहरुको सम्भावना र अवसर विषयमा उद्यमीहरुसँग बुधबार अन्तरक्रिया गरिएको थियो । सहभागी उद्यमीले स्थानीय उत्पा...
नयाँ स्वरुपमा विराटनगरको वीरेन्द्र सभागृह

नयाँ स्वरुपमा विराटनगरको वीरेन्द्र सभागृह

विराटनगर । विराटनगरको वीरेन्द्र सभागृह पुनःनिर्माणको काम अन्तिम चरणमा पुगेको छ । सभागृहको पहिलाकै संरचनालाई पुनःनिर्माण गरेर सुविधासम्पन्न बनाइएको हो । सभागृहभित्र ४२० वटा सामान्य सिट बनाइएको छ भने १२ वटा ‘भीआइपी सिट’ निर्माण गरिएको छ । यस्तै, सभागृहमा मिडिया सेन्टर, थिएटर, भीआइपी कक्ष, मिटिङ हल, भीआइपी वेटिङ रुम, चेन्जिङ रुमलगायत सुविधा छन् । २०७८ बैशाखमा ठेक्का सम्झौता भएपछि समानान्तर जोशी, ...
पत्रकार महासंघ धनकुटा शाखाको ताला खुलाउन माग

पत्रकार महासंघ धनकुटा शाखाको ताला खुलाउन माग

धनकुटा । नेपाल पत्रकार महासंघको धनकुटा शाखामा दुई सातादेखि तालाबन्दी जारी रहँदा शाखाको काम प्रभावित भएको भन्दै पत्रकारका अन्य चारवटा संस्थाले ध्यानाकर्षण भएको जनाएका छन् । महासंघको केन्द्रिय समितिले सदस्यता शुद्धीकरणको आधिकारिक नामावली सार्वजनिक नै नगरेको अवस्थामा नेपाल प्रेस युनियन धनकुटा शाखा र केही व्यक्तिहरुले नामावलीको विषयलाई लिएर बेग्लाबेग्लै ताला लगाएर शाखाको काम कारबाही प्रभावित गरेकोप...
मोरङको विराटचोकमा मोटरसाइकल चोरीमा संलग्न दुईजना पक्राउ

मोरङको विराटचोकमा मोटरसाइकल चोरीमा संलग्न दुईजना पक्राउ

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ विराटचोकबाट मोटरसाइकल चोरीमा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । विराटचोकको बजरंगबली रिकन्डिसन सेन्टरबाट बिना कागजातको चोरीको मोटरसाइकल को ३५ प २२०२ नम्बरको पल्सर मोटरसाइकल खरिद बिक्री गर्ने स्थानीय ४० वर्षीय शंकर दाहाल र धनपालथान गाउँपालि...
संखुवासभाको शारदा माविका तत्कालीन प्रधानाध्यापकसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा

संखुवासभाको शारदा माविका तत्कालीन प्रधानाध्यापकसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा

संखुवासभा । संखुवासभाको धर्मदेवी नगरपालिका–४ हुम्लिङमा रहेको शारदा माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक कृष्णहरि भट्टराईसहित चारजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । विद्यालयको खानेपानी योजना निर्माणमा भ्रष्टाचार गरेको भन्दै भ्रष्टाचार मुद्दा दायर गरिएको हो । आयोगले विद्यालयको खानेपानी र पुस्तकालय निर्माणका लागि विनियोजित बजेट अनियमितता गरेको भन्दै...
विराटनगरको आरोहण गुरुकुलमा ‘चौथो अध्याय’

विराटनगरको आरोहण गुरुकुलमा ‘चौथो अध्याय’

विराटनगर । विराटनगरको आरोहण गुरुकुल सुशीला कोइराला नाटक घरमा नाटक ‘चौथो अध्याय’ मञ्चन सुरु भएको छ । रविन चिमरिया र दिक्षा चौधरीले निर्देशन गरेको चौथो अध्याय नामको नाटक शुक्रबारसम्म मञ्चन हुने जनाइएको छ । जीवनको उत्तरार्धमा देखापर्न सक्ने मनोसामाजिक अवस्थामा केन्द्रित रहेको नाटक हरेक दिन बेलुका ५ः३० बजे मञ्चन हुँदैछ । एउटी नारीले सामाजिक रुपमा भोग्नुपर्ने मानसिक तथा शारीरिक पीडालाई प्रायोगिक एवम...
बलात्कार आरोपमा भोजपुरका युवक पक्राउ

बलात्कार आरोपमा भोजपुरका युवक पक्राउ

भोजपुर । बालिका बलात्कारमा संलग्न रहेको आरोपमा भोजपुरको हतुवागढीबाट प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हतुवागढी गाउँपालिका–९ का २५ वषीृय रिठ्ठे भनिने विशाल मगर छन् । मगरले स्थानीय १४ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोप प्रहरीको छ । बालिकाको घर नजिकैको गोठमा उनले वैशाख ७ गते साँझ बलात्कार गरेको र गर्भ समेत रहेको जाहेरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपु...
लेदोले पुरिएर ताप्लेजुङमा एकजनाको मृत्यु

लेदोले पुरिएर ताप्लेजुङमा एकजनाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको सिरिजंगा गाउँपालिकामा निर्माणाधीन काबेली–३ जलविद्युत आयोजनामा लेदोले पुरिएर एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लेदोले पुरिएर ट्याक्टरका सहचालक पाँचथरको फिदिम–१४ का सविन राईको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल लुंगेलीका अनुसार गिट्टी पुर्याएर फर्कने क्रममा बाटोमा ट्याक्टर फसेको थियो । निकाल्ने क्रममा ट्याक्टर पल्टिएको थियो । त्यही क्रममा ब...
संखुवासभामा पहिरोले पुरिएर एकजनाको मृत्यु, २ घाइते

संखुवासभामा पहिरोले पुरिएर एकजनाको मृत्यु, २ घाइते

संखुवासभा । संखुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । पहिरोमा परी दुईजना घाइते भएका छन् । मंगलबार राति खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत आयोजनाका मजदुर बर्दियाका गङ्गाराम थारुको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार मकवानपुरका उमेश कार्की र गोविन्द थारू सामान्य घाइते भएका छन् । ...
मोरङको सुन्दरहरैँचामा हात्तीको छावा मृत भेटियो

मोरङको सुन्दरहरैँचामा हात्तीको छावा मृत भेटियो

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–६ मा हात्तीको छावा मृत अवस्थामा भेटिएको छ । सब डिभिजन कार्यालयका अनुसार बुधबार बिहान स्थानीय बासिन्दाको केराको बगानभित्र छावा मृत अवस्थामा भेटिएको हो । छावाको कसरी मृत्यु भएको भन्ने खुलेको छैन । सुँड छेउमा सामान्य चोट देखिएको वन कार्यालयले जनाएको छ । सुनसरीस्थित कोशी टप्पु वन्यजन्तु आरक्षबाट विज्ञ प्राविधिकको टोली आएर अध्ययन गरेपछि विस्तृत कुरा थाहा हुने...
न्यायिक समितिमा जग्गा, पैनी विवाद र घरेलु हिंसाका मुद्दा बढी

न्यायिक समितिमा जग्गा, पैनी विवाद र घरेलु हिंसाका मुद्दा बढी

विराटनगर । स्थानीय तहको न्यायिक समितिमा जग्गा किचलो, कुलो पैनीको विवाद एवं घरेलु हिंसाका मुद्दा बढी आउने गरेको पाइएको छ । पूर्वाञ्चल विश्वविद्यालयले कोशी प्रदेशका १२ वटा स्थानीय तहमा सञ्चालन गरेको ‘कानूनको व्यावहारिक शिक्षा’ कार्यक्रमको अध्ययनका क्रममा यस्तो पाइएको हो । ग्रामीण क्षेत्रमा लागुऔषधको समस्या पनि बढ्दै गएको पाइएको छ । ग्रामीण क्षेत्रका युवायुवती लागुऔषधको कुलतमा फस्दै गएको सो कार्यक...
प्रेस चौतारी अध्यक्ष रबिन कटेल बने एमाले धनकुटाको प्रचार विभाग प्रमुख

प्रेस चौतारी अध्यक्ष रबिन कटेल बने एमाले धनकुटाको प्रचार विभाग प्रमुख

धनकुटा । नेकपा एमाले जिल्ला कमिटी सदस्यमा निर्वाचित भएका प्रेस चौतारी धनकुटाका अध्यक्ष रबिन कटेल एमाले धनकुटाको प्रचार तथा प्रकाशन विभाग प्रमुख बनेका छन् । एमाले धनकुटा जिल्ला कमिटीको बैठकले कटेललाई प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी प्रदान गरेको हो । विगत १५ वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रहेका कटेल गत जेठ १४ गते सम्पन्न एमाले धनकुटाको ८ औं जिल्ला अधिवेशनमा खुला कोटाबाट भारी...
error: Content is protected !!