
धनकुटा । धनकुटामा एक वृद्ध व्यक्तिकाे शव फेला परेकाे छ । आज दिउँसाे करिब ४ बजे साँगुरीगढी गाउँपालिका-९ चाँदी बजार स्थित सदुवा खाेलाकाे ओढारमा शव फेला परेकाे हाे ।
अन्दाजी ७० वर्षका वृद्ध व्यक्तिको पहिचान खुल्न बाँकी रहेकाे जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
उनकाे शव पाेष्टमार्टमका लागि धरानस्थित बीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घाेपा पठाइएकाे डीएसपी खनालले बताए । शवकाे पहिचानका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएकाे र घटनाका सम्बन्धमा थप अनुसन्धान सुरू गरिएकाे जनाइएकाे छ ।