विराटनगर । सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भिर घाइते भएका छन् । दुर्घटनामा मोटरसाइकल चालक कञ्चनपुर नगरपालिका-१२ रुपनगरका २७ वर्षीय बिक्रम बञ्जाराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।
गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराटनगरको नोबेल अस्पतालमा आज बिहान मृत्यु भएको हो । सप्तरीको रुपनी गाउँपालिका-४ का ३४ वर्षीय सन्तोष ईसर गम्भीर घाइते भएका छन् । उनको नोबेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बुधबार राति पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको कञ्चनपुर नगरपालिका-१० बदगामास्थित प्र ०२-०१६ प १२५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो । प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।