‘अधिवेशनलाई प्रभावित गर्न हामीमाथि कारबाही’
विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटी अध्यक्षबाट निलम्बनमा परेका सागर थापासहितका नेताले अधिवेशनलाई प्रभाव पार्ने हिसाबले आफूहरूमाथि कारबाही गरेको बताएका छन् ।
विराटनगरमा सोमबार पत्रकार सम्मेलन गर्दै एमाले मोरङ र विराटनगर महानगर कमिटीको अधिवेशन नजिकिएका बेला गलत सन्देश दिन आफूहरूलाई कारबाही गरिएको बताएका हुन् ।
‘केही महिनाभित्रै अधिवेशन हुने भएकाले अधिवेशनमा प्रभाव पार्ने र पार्टी नेतृत्...































