हाजिरी नपुगेको भन्दै ६ विद्यार्थी वार्षिक परीक्षा दिनबाट बञ्चित
धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका-२ मुडेवास स्थित संयुक्त माध्यमिक विद्यालय टोक्रोम्बामा अध्ययनरत ६ जना विद्यार्थीलाई विद्यालयले वार्षिक परीक्षा दिनबाट बञ्चित गरेको छ । विद्यालय प्रशासनले न्यूनतम ७५ प्रतिशत उपस्थितिको मापदण्ड नपुगेको भन्दै उनीहरूलाई परीक्षाबाट बञ्चित गरेको हो ।
चैत्र १४ गतेदेखि सञ्चालनमा आएको वार्षिक परीक्षाबाट कक्षा ४ देखि ९ सम्मका विद्यार्थी प्रभावित भएका छन् । परीक्षा दिन ...






























