सुनसरी । इटहरीको मुख्य चोकमा रहेको सेन्ट्रल प्लाजामा भीषण आगलागी भएको छ । आज बिहान करिब ९ः३० बजेबाट सुरु भएको आगो अझै नियन्त्रण हुन सकेको छैन ।
आगो निभाउन आधा दर्जन बढी दमकलहरू खटिएका छन् । दमकलसँगै प्रहरी र स्थानीयवासीले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । ठूलो भवन भएकाले भित्रभित्रै आगो फैलँदा निभाउन समस्या भइरहेको छ ।
नौं तले सो भवनको पाँचौँ तलाबाट आगलागी सुरु भएको अनुमान गरिएको छ । छैटौँ, सातौँ तलामा पनि आगो फैलिएको छ ।
सो भवनमा बरन्डा होटल, क्यूएफेक्स फिल्म हल, सनराइज बैङ्कसहित विभिन्न पसलहरू छन् । आगलागीको कारण खुलेको छैन ।