धनकुटा । धनकुटा नगरपालिका-७ जिरो पोइन्टमा आगलागी भएको छ । आज दिउँसो स्थानीय बालकृष्ण श्रेष्ठको टिनको छानो र बाँसको टाटी भएको गोठमा आगलागी भएको हो ।
प्रहरीले विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरेपनि कारण खुल्न सकेको छैन । धनकुटा नगरपालिकाका दुई वटा दमकल र स्थानीयको सहयोगमा प्रहरीले पूर्णरूपमा आगो नियन्त्रणमा लिइसकेको धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
‘आगलागीबाट एउटा गोठसँगै भान्साघर, लत्ताकपडा, भाँडावर्तन र फर्निचर जलेर पूर्णरूपमा नष्ट भएका छन्’, डीएसपी खनालले संगालोखबरसँग भने, ‘अन्दाजी तीन लाख बराबरको क्षति भएको छ ।’
आगलागीबाट मानवीय तथा चौपाया क्षति भएको छैन । आगलागीको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको खनालले जानकारी दिए ।